Sunday, February 28, 2016

पशुपतिमा विद्युतीय शवदाह सञ्चालनमा आएको छोटो समयमै जनविश्वास बढ्दै

शुरु नभएसम्म के होला र कसो होला भन्ने द्धिविधामा रहेको पशुपति आर्यघाटमा सुरु गरिएको विद्युतीय शवदाह गृहप्रति छोटो समयमै मानिसहरुको आकर्षण बढेको छ । जसका कारण शवदाह गर्ने विद्युतीय यन्त्रको अझै आवश्यकता रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले टेण्डर प्रक्रियाको आह्वान समेत गरेको छ ।

प्रत्येक दिन सयौं व्यक्तिको अन्तिम संस्कार सम्पन गरिनुपर्ने भएकाले आर्यघाटमा विद्युतीय यन्त्र थप आवश्यकता महसुस गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषले चार बर्षको योजनामा निर्माण गरी सञ्चालनमा ल्याएको विद्युतीय शवदाह कार्यान्वयनमा आएको छोटो समयमै प्रभावकारी बनेपछि यसको माग बढेको छ । त्यसैले अझ बढी बिद्युतीय यन्त्र थप्नुपर्ने भन्दै पशुपति क्षेत्र विकास कोषले टेण्डर प्रक्रियाको आह्वान गरेको हो ।

विद्युतीय शवदाहबाट समयमै काम सम्पन्न हुने र बातावरणमा समेत कुनै असर नपर्ने भएकाले सबैको ध्यान यतातर्फ गएको विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताउनुभयो ।

उँहाले माघ महिनाबाट संचालनमा आएको शवदाह गर्ने विद्युतीय यन्त्रलाई छ महिनापछि बढाउने आफूहरुको योजना रहेपनि तीन महिना भित्रै अर्काे विद्युतीय यन्त्र आउने गरी टेण्डर प्रक्रिया अघि बढाउँनुपरेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment