Sunday, February 28, 2016

मेसुविहीन भरतपुर अस्पताल

चितवन,फागुन १७-

भरतपुर अस्पतालमा अझै मेडिकल सुपरिटेण्डेण्ट नियुक्त हुन सकेका छैनन् । डा. केशवराज भुर्तेल निलम्बनमा परेपछि निमित्त मेसुका रुपमा डा. प्रकाश खतिवडाले सामान्य दैनिक प्रशासन चलाए पनि ठूला निर्णय र काममा असर परेको छ ।

भुर्तेलविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका थिए । हाल अस्पतालमा डा. कृष्ण पौडेल र रुद्र मरासीनीको नाम चर्चामा छ । त्यस्तै, मन्त्रालयबाट पनि कोही व्यक्ति आउन सक्ने कर्मचारीहरु बताउँछन् ।

पूर्वमेसु भुर्तेल अख्तियारको अनुसन्धान घेरामा परेपछि अन्य कर्मचारीमा पनि सन्त्रास फैलिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment