१७ फागुन, काठमाडौं । आज फेब्रुअरी २९, सामान्यतय अंग्रेजी क्यालेण्डर अनुसार फेब्रुअरी महिना २८ तारिखको हुन्छ । तर हरेक चार बर्षमा फेब्रुअरी महिनामा एक दिन थपिन्छ ।
हरेक चार बर्षमा एक दिन बोनस आउँछ । त्यो आजको दिन हो । यसलाई अधीक वर्ष भनिन्छ । अधिकबर्ष ३६६ दिनको हुन्छ ।
वास्तवमा पृथ्वीले सुर्यलाई परिक्रमा लगाउन ३६५ दिन र ६ घण्टा लाग्छ । हरेक बर्ष ३६५ दिनको हुँदा प्रत्येक बर्ष ६ घण्टाका दरले हरेक चार बर्षमा एक दिन थपिन पुग्छ । अंग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनामा त्यो दिन थपिन्छ ।
नेपाली क्यालेण्डर अनुसार पनि हरेक चार बर्षमा अधीक वर्ष आउँछ । तर अंग्रेजी क्यालेण्डर जस्तो हरेक निश्चित महिनामा एक दिन थपिन्छ भन्ने हुँदैन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment