Sunday, February 28, 2016

‘तिमी आउँछौ भनेर आमाले कोठा सफा गरेकी थिइन्, अब के गर्नु ?’

आरपी सुवेदी

१६ फागुन, नेपालगन्ज । एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपानेको आइतबार हिन्दु परपम्पराअनुसार अन्त्येष्टि गरिएको छ । कालिकोटको चिलखाया-२ मा विमान दुर्घटनामा निधन भएका क्याप्टेन न्यौपानेको बाँकेको सिधन्नियाँ घाटको राप्ती किनारमा अन्तिम संस्कार गर्दा पिता मानदत्त न्यौपानेले दागवत्ती दिए ।

घटनाको दिनदेखि नै विक्षिप्त बनेका बुवा मानदत्त छोराको अन्तिम विदाइमा निक्कैबेर भक्कानिए । अबिरल अश्रुधारा बगाउँदै उनले भने, ‘बाबु तिमी मसँग धेरै सुत्न पाएनौ, आज तिमीसँगै सत्न मन छ ।’ उनले फेरि भने, ‘बाबु तिमी आउँछौ भनेर आमाले कोठा सफा गरेकी थिइन् अब के गर्नु त्यो कोठालाई ?’

Capten-dinesh-Neupane-2
उनको विलौनाले अन्तिम विदाइमा भेला भएकाहरु पनि भक्कानिदै श्रद्धाञ्जली दिए । अविरल आँसुका धाराका साथ दिदी अर्चनाले र दाजु रमेश पनि प्यारो भाइलाई अन्तिम विदाइ गरे ।

गत शुक्रबार कालिकोटमा भएको दुुर्घटनामा क्याप्टेन न्यौपाने र को-पाइलट सन्तोष रानाले आफ्नो ज्यान गुमाउदै विमानमा सवार ९ यात्रुलाई बचाएका थिए ।

नेपालगन्ज-१६ कोरीयनपुरमा रहेको घरबाट राप्ती घाटसम्म उनको पार्थिव शरीरलाई पुर्‍याउँदा प्रहरीले स्कर्टिङ गरेको थियो ।

Capten-dinesh-Neupane-5Capten-dinesh-Neupane-4


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment