‘हाउ फन्नी’ फिल्मको पत्रकार सम्मेलनमा एक पत्रकारले प्रियंका कार्की र केकी अधिकारीलाई सोधे, ‘तपाईंहरु रियल लाइफमा कती जासुसी गर्नुहुन्छ ?’ यो प्रश्न सोधिनुको कारण थियो, हाउ फन्नीमा उनीहरुले निभाएको भूमिका ।
फिल्म स्रोतले जानकारी दिए अनुसार दुवैले यसमा जासुस युवतीको भूमिका निर्वाह गरेका छन् ।
प्रियंकाले जवाफ दिइन्, ‘केटीहरु त जन्मजात नै जासुस हुन्छन् । उनीहरुलाई हरेक कुराको जासुसी गर्नुपर्छ । कसले के गर्यो, को कता गयो भन्नेदेखि विभिन्न कुरामा जासुसी गर्नु केटीहरुको जन्मजात स्वभाव हो ।’
केकीले पनि ‘हो हो’ भन्दै प्रियंकालाई समर्थन जनाइन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment