काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन अब ३ दिन मात्रै बाँकी रहँदा सभापतिका उम्मेदवारले सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् ।
सभापतिका आकंक्षीहरूले नजिकका नेता र आफ्ना अभिव्यक्तिसँगै उम्मेदवार हुँ भने पनि औपचारिक रुपमा केही बताएका छैनन् ।
संस्थापनबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी रहेको भन्दै प्रचार–प्रसार गरेका छन् । पौडेलले आफ्नै निवास बोहराटारमा भेट्न आउनेसँग सभापतिमा मत माग्ने गरेका छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आफू कोइराला परिवारको व्यक्ति रहेको भन्दै सभापतिमा उम्मेदवारीको दाबेदारी प्रस्तुत गरिसकेका छन् । देउवालाई भेट्न पनि कांग्रेसका नेता तथा कार्यकर्ता बुढानीलकण्ठ पुग्ने गरेका छन् ।
यी दुबै सभापतिका आकंक्षीले प्यानल बनाइ उम्मेदवारी घोषणा गर्ने भनिए पनि आज त्यसले पूर्णता पाउने सम्भावना अत्यन्तै न्यून रहेको छ । आन्तरिक व्यवस्थापनमा समस्या भएको भन्दै अझै प्यानल घोषणको विषय लम्बिने स्रोतको भनाइ छ ।
देउवा समूहबाट सस्थापन छाडेर गएका अर्जुन नरसिंह केसीले उम्मेदवारी दिने भनिए पनि देउवा समूहभित्रै बिबाद हुँदा त्यसले अन्तिम टुङ्गो पाइ सकेको छैन । बाहिर भनिए जस्तो देउवा समूहभित्र पनि पद व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।
संस्थापनका पौडेलले कोइराला परिवारबाट बिपी पुत्र शशांक कोइरालालाई महामन्त्री बनाउने मुडमा देखिएका छन् । तर कोइराला परिवारका अन्य नेताहरूले पनि आकंक्षालाई पालेर बसेकाले संस्थापन समूहमा अलि धेरै समस्या देखिएको एक नेताले बताए ।
दुबै समूहले टिम बनाउने विषयमा एकअर्कालाई हेरेर बसेका छन् । टिम बनाउँदा नेताहरू रिसाउने डरले तत्काल पौडेल र देउवाले प्यान घोषणा गर्ने सम्भावना अत्यन्तै न्यून रहेको स्रोतको भनाइ छ ।
उता, बार्गेनिङ गरेर बसेका महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवार हुँभन्दै भोट् माग्ने गरेका छन् । उनको उम्मेदवारीले संस्थापनलाई बेफाइदा र देउवालाई फाइदा पुग्ने कांग्रेस कार्यकर्ताहरूको बुझाइ छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment