Sunday, February 28, 2016

मन पराएको केटासँग विवाह गर्न नपाएपछि दीपुले लगाइन आफ्नै शरीरमा आगो

१६ फागुन । सर्लाहीमा एक युवतीले आफूले मन पराएको केटासँग विवाह गर्न नपाएपछि आइतबार आफ्नै शरीरमा आगो लगाएकी छिन् ।

सर्लाहीको चन्द्रनगर–८ का रामदरेश राउतकी १७ वर्षकी छोरी दीपु राउतले आफूले मन पराएको केटासँग विवाह गर्न नाएपछि आइतबार मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी हुन् ।

घाइते अवस्थामा रहेकी दीपुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएकी उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

केही दिन अघि आफ्नो प्रेमी सरोज चौधरीसँग भागेर काठमाडौं पुगेकी दीपुलाई सरोजका आफन्तले छुटाएर उनको बुबा आमाको जिम्मा लगाएका थिए । तत् पश्चात दीपुको बुबाआमाले सोमबार भारतको सीतामढीका अर्कै युवकसँग विवाह गर्ने तयारी गरेपछि यसको अघिल्लो दिन आइतबार उनले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment