Sunday, February 28, 2016

केन्द्रीय कारागारमा अब कलेज पनि !    

१७ फागुन, काठमाडौं । केन्द्रीय कारागारभित्र चालू आर्थिक वर्षदेखि प्लस टुसम्मको नियमित पढाइ सुरु भएको छ ।

जेलका कैदी-बन्दीले प्राइभेट तर्फबाट कलेज पढ्न पाउँथे । तर, कलेजमै गएर पढ्न पाइने सुविधा नभएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विश्वविद्यालयले जेलभित्रै परीक्षा लिने गर्दथ्यो । अब भने नियमित रुपमै कक्षा लिएर उनीहरुले पढ्न पाउने भएका छन् ।
कैदी बन्दीलाई सुधार गर्ने नीतिअुसार कारागारभित्र स्कुल पनि सञ्चालनमा छन् । जहाँ सरकारको स्थायी दरबन्दी समेत छन् ।

बाहिरी शिक्षकका सार्थ कैदी बन्दीसमेतले शिक्षकका रुपमा पढाउँछन् । केन्द्रीय कारागारस्थित जथन्नाथ उमाविमा २३४, भद्रजेलको बन्दी विकास निमाविमा ८८ तथा महिला बन्दी विकास प्राविमा ८४ जना विद्यार्थी अध्ययनरत छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment