मुम्बई । जाट समुदायको आरक्षणको माग गर्दै भारतमा भएको आन्दोलनमा हरियाणा, दिल्लीसहित उत्तर भारतको केही राज्यमा आन्दोलन भड्किएको छ ।
यसैबिच अभिनेता रणदिप हुड्डाले सर्वसाधारणलाई अपिल गर्दै प्रश्न समेत गरेका छन् ‘आफ्नै घरमा आगो लगाएर के फाईदा छ ?’
राज्यको प्रशासनिक निकायमा आफ्नो पँहुच नपुगेको अनुभव गर्ने जाट समुदायको बलिउडमा भने राम्रै प्रभाव छ । बलिउड प्रवेश गरेका केही जाट समुदायका कलाकार निकै लोकपि्रय छन् । जसलाई कहिल्यै आरक्षणको जरुरी परेन । हेरौं को को रहेछन् जाट स्टारहरुः
धर्मेन्द्रः धर्मेन्द्रको जन्म ८ डिसेम्बर सन १९३५ मा पञ्जाबमा भएको थियो । उनका बुबा केवल किसान सिंह देवल एक विद्यालयका प्रधानाध्यापक थिए । उनकी आमा शुद्ध गृहणी थिइन् ।
फिल्मका सौखिन धर्मेन्द्रले सन १९५८ मा ‘दिल भी तेरा हम भी तेरे’वाट बलिउड प्रवेश गरेका थिए । सत्यकाम, शोले, चुपके-चुपके, हकीकत लगायतका फिल्ममा उनले अभिनय गरेका छन् । उनको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो भने दोस्रो विवाह हेमा मालिनीसँग गरेका थिए ।
महेष भट्टको फिल्म ‘मर्डर’वाट ब्यापक चर्चा पाएकी थिइन् । फिल्म भन्दा पनि धेरै आफ्नो बोल्ड स्टेटमेन्टवाट उनी चर्चामा आएकी थिइन् ।
दारा सिंह रंधवाः दारा सिंह रंधावाको जन्म ९ नोभेम्बर सन १९२८ मा भएको थियो । धरमुचक अमृतसर -पञ्जाब) मा उनको जन्म भएको थियो । इण्डियन रेसलिङ टुर्नामेन्टस् मा दारा सिंहको नाम हर समय उच्चस्थानमा रह्यो । ६०/७० को दशकमा बलिउडमा एक्सन किंग भनेर चिनिए उनी ।
सिकन्दर ए आजम, डाकु मंगल सिंह मेरा नाम जोकर सहित करिब १०० फिल्ममा काम गरेका छन् उनले । रामायणमा निर्वाह गरेको हनुमानको चरित्रले उनको भारतीय दर्शकमा विषेश प्रभाव छ ।
सिमी ग्रेवालः सिमीको जन्म १७ अक्टुवर १९७४ मा लुधियाना पञ्जाबमा भएको थियो । मेरा नाम जोकर, दो बदन, साथी और कर्ज लगायत केही फिल्ममा उनले अभिनय गरेकी छिन् । केही टेलिभिजन कार्यक्रम पनि सञ्चालन गरेकी थिईन् उनले ।
मल्लिका शेरावतः मल्लिकाको जन्म २४ अक्टुवर १९७६ मा हरियाणामा भएको थियो । उनको खास नाम रीमा लाम्बा हो । उनले सन २००२ मा बनेको ‘जीना सिर्फ मेरे लिए’ वाट करिअर सुरु गरेकी थिइन् ।
महिमा चौधरीः महिमा चौधरीको जन्म १३ सेप्टेम्बर सन १९७३ मा भएको थियो । दार्जिलिङको वेष्ट बंगालमा जन्मिएकी महिमाको खास नाम रितु चौधरि थियो । मोडलिङवाट करिअर सुरु गरेकी महिमाले ‘परदेश’वाट फिल्ममा डेब्यु गरेकी थिइन् । दाग, लज्जा, दिल है तुम्हारा जस्ता हिट फिल्ममा काम गरेकी महिमा पछिल्लो समय अभिनयमा सक्रिय छैनन् ।
जिमी शेरगिलः जिमीको पुरा नाम जसजीत सिंह गिल हो । उनको जन्म गोरखपुरमा भएको थियो । प्रसिद्ध पेन्टर अमृता शेरगिल उनको टाढाको नातेदार थिए ।
कलेजको पढाई सकाएर जब उनी हिरो बन्नका लागि मुम्बई आए उनका एकजना नातेदारले बलिउडसँग जोडिदिए । उनले बलिउडका केही हिट फिल्ममा अभिनय गरेका छन् पञ्जाबी फिल्मका प्रसिद्ध हिरो हुन् उनी ।
रणदीप हुड्डाः रणदिप सिंह हुड्डाको जन्म २० अगस्त १९७६ मा हरियाणामा भएको थियो । उनका पीता रणबीर हुड्डा डक्टर थिए भने आमा सामाजिक कार्यकर्ता ।
अभिनयका अतिरिक्त रणदीपले स्वीमिङ र स्पोष्ट्समा केही राष्ट्रिय स्तरमा मेडल जितेका छन् । हिन्दी फिल्म ‘मनसुन वेडिङ’ वाट करिअर सुरु गरेका रणदीपले हाईवे, रंग रसिया, जन्नत-२ लगायतका फिल्ममा अभिनय गरेका छन् ।
चित्रांगदा सिंहः चित्रांगदाको जन्म २८ मार्च १९७६ मा राजस्थानको जोधपुरमा भएको थियो । सुधिर मिश्राको फिल्म ‘हजारो ख्वाहिशे ऐसी’ वाट करिअर सुरु गरेकी चित्रांगदा सरी भाई, ये साली जिन्दगी लगायतका फिल्ममा अभिनय गरेका छन् ।
माही गिलः माहीको असली नाम रिम्पी कौर गिल हो । उनको जन्म १९ डिसेम्बर १९७५ मा चण्डीगढ -पञ्जाब) मा भएको थियो । पञ्जाब युनिवर्सिटी पढेकी माहीले हवाए, देब डी लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।
मिनीषा लाम्बाः मिनीषाको जन्म १८ जनावरी १९८५ मा दिल्लीमा भएको थियो । केही फिल्ममा अभिनय गर्नुको अतिरिक्त केही विज्ञापनमा अभिनय गरेकी मिनीषा अहिले फिल्मवाट टाढा छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment