Sunday, February 28, 2016

अस्करमा प्रियंका र गागाले लगाइन् ८८ करोडको गहना

न्युयोर्क – ओस्कार भन्ने बित्तिकै धेरैको आँखा स्टारहरुको ग्ल्यामरस पहिरनमा जान्छ । तर, यसपटक त्यसलाई गायिका तथा नायिका लेडी गागा र बलिउडबाट हलिउडमा प्रवेश गरेकी प्रियंका चोपडाको गहनाले ओझेल पारेको छ ।
८८ औं एकाडेमी अवार्डको रेड कार्पेटमा दुवै स्टारहरुले लाएका गहना यति बहुमुल्य थियो, त्यसलाई किन्ने पैसाले एउटा सानो गाउँ नै किन्न सकिन्थ्यो ।

31AAA63D00000578-0-image-m-229_1456713055743सँधै क्लासिक हलिउड ग्ल्यामर अवतारमा देखिने २९ वर्षीया गागा यसपटक पनि मार्लिन मोनरो स्टाइलमा देखिएकी थिइन् । यद्यपि, यसपटक उनको पहिरनभन्दा पनि उनको ८ मिलियन डलर (लगभग नेपाली ८८ करोड) रुपैयाँ बराबरको कानको गहाना आकर्षणको केन्द्र रह्यो । लोरेन स्वार्ज को ९० क्यारेटको हिरा पहिरिएर उनी रेड कार्पेटमा देखिएकी थिइन् । उनले आफ्नो हुने वाला पतिले दिएको मुटु आकारको औंठी पनि लागएकी थिइन् ।

पूर्व मिस वल्र्ड ३३ वर्षीया प्रियंकाले पनि लोरेन स्वार्जकै हिराको गहना लगाएकी थिइन् । उनको ५० क्यारेटको हिराको कानको झुम्का ३.२ मिलियन डलर रहेको थियो भने १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको र ८ क्यारेटको अर्को औंठीको ३ लाख अमेरिकी डलरको रहेको थियो । उनको अर्को २२ क्यारेटको एक औंठी ३.४ मिलियन डलरको रहेको थियो । 31AA1E6900000578-0-image-a-233_1456713251034


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment