Sunday, February 28, 2016

सीएनएन हिरोकै बालगृह अवैध !  

१७ फागुन, काठमाडौं । सीएनएन हिरो अमेरिकन नागरिक म्यागी डोयनले सुर्खेतमा सञ्चालन गरेको बालगृह अबैधानिक रहेको पाइएको छ ।

महिला तथा बालबालिका कार्यालय सुर्खेतको अनुगमनका क्रममा डोयनको बालगृह अवैधानिक पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

टुहुरा बालबालिकालाई राखिएको भनिएको बालगृह सञ्चालनका लागि कुनै पनि निकायबाट स्वीकृति नलिइएको अनुगमनका क्रममा पाइएको छ । ‘अनुगमनका क्रममा बालगृह दर्ता नै नगरी सञ्चालन गरेको पाइयो’ महिला तथा बालबालिका कार्यालय सुर्खेतकी महिला विकास प्रमुख जमुना पौडेलले भनिन्, ‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भीरतापूर्वक छानविन भइरहेको छ ।’

जिल्ला बालकल्याण समितिले गरेको स्थलगत अवलोकनका क्रममा बालगृहमा बाबुआमा नभएका तीनजना बालबालिका मात्रै पाइएको छ । यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३ र बुबा आमाबारे थाहै नभएका दुई बालबालिका रहेको बालगृहको रेकर्डमा उल्लेख छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment