Sunday, February 28, 2016

‘ड्राइभर दाइ’ को गीतमा ४० जनाको कोरस

चलचित्र ‘ड्राइभर दाइ’ मा समावेश एक रोमान्टिक गीतको छायांकन रोचक तरिकाले गरिएको छ । हेटौडामा गरिएको छायांकनमा नृत्य निर्देशक बब्बु थापाले ४० जनाको कोरस राखेका छन् ।

संगीतकार टंक बुढाथोकीको संगीतमा टंक र सरु गौतमको आवाज, रवि अधिकारीको शब्द रहेको गीतलाई भव्य तरिकाले खिचिएको हो ।

हेटौडामा भएको छायांकनमा चलचित्रका मुख्य कलाकार किशोर खतिवडा र सीमा केसीले कम्मर मर्काएका छन् । गीतमा समिर तन्डुकारको छायांकन छ । वी.एस बलामीले यो चलचित्रलाई निर्देशन गरिरहेका छन् । चलचित्रमा किशोर, सीमाका साथमा प्रज्वल गिरी, धु्रव कोइराला मुख्य भूमिकामा देखिनेछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment