बाँदरको आक्रमणमा परि एक वृद्धा गम्भीर घाइते
६ फागुन, गुल्मी । गुल्मी अमर अर्बाथोक ३ रानाटोला निवासी एक एकल महिला बाँदरको आक्रमणमा परि गम्भीर घाइते भएकी छन् ।
७१ बर्षीया बृद्धा सुमित्रा रानालाई घरमै बसिरहेको अवस्थामा एक हुल बाँदर प्रबेश गरी आक्रमण गरेको स्थानीयले जानकारी दिए ।
उनको दायाँ हात र ढाडमा गम्भीर चोट लागेको छ । कान नसुन्ने र दमरोगबाट पीडित एकल महिला रानालाई स्थानीयले उद्धारका साथै आवश्यक खर्च उठाएर जिल्ला अस्पतालमा उपचार गराएको अर्वाथोकका स्वास्थ्यकर्मी रामकृष्ण कँडेलले जानकारी दिनुभयो ।
घाइते बृद्धा रानाका श्रीमान नरबहादुरको केहिदिन अघिमात्रै मृत्यु भएको थियो । उनका छोराछोरी छैनन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment