Thursday, February 18, 2016

प्रधानमन्त्री ओली नयाँदिल्ली जाँदै, भेटघाट भोलिबाट गर्ने

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी ओली छ दिने औपचारिक भ्रमणका लागि आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत भ्रमणमा जान लाग्नु भएको हो । दुई देशबीचको चिसोपन कम गराउन भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीले बताइ सक्नुभएको छ ।

नेपालमा संविधान जारी भएपछि नेपाल र भारतबीच तिक्ततापूर्ण सम्बन्ध भएको थियो । तराईमा आन्दोलनरत मधेसी मोर्चालाई अगाडि सारेर भारतले नेपालमाथि नाकाबन्दी गरेपछि दुई देशबीचको सम्बन्ध झनै चिसिएको थियो ।

प्रधानमन्त्री ओलीले भोलि शनिबारबाट उच्च भेटघाट र वार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओली श्रीमतीसहित ५२ सदस्यीय प्रतिनिधिमण्डल लिएर भारतको राजकीय भ्रमणमा जान लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा दुईपटक गरेर २९ व्यवसायी पनि सहभागी हुनेछन् । मन्त्रिपरिषद्ले ४६ सदस्यको भ्रमण स्वीकृत गरे पनि ६ जना थपिएर बुधबार साँझसम्म ५२ जनाको नाम आएको नयाादिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।

प्रधानमन्त्रीको टोलीमा १७ जना भारत पुग्नेछन् । ९ फागुनमा अन्य १२ जना जानेछन् । व्यवसायी र सरकारी प्रतिनिधिमण्डल गरी प्रतिनिधिमण्डलको संख्या अहिले नै ८१ पुगेको छ ।

उता जानेको संख्या थपिने क्रम जारी छ । भारतले ओलीको भ्रमण राजकीय रहेको औपचारिक पुष्टि गर्दै बुधवार सााझ उनको विस्तृत कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment