Thursday, February 18, 2016

विरामीको पेट चिरिसकेपछि बिजुली जाँदा

एजेन्सीः नेपालमा लोडसेडिङ बढिरहेको छ । लोडसेडिङ कै बहानामा विभिन्न कार्यालयमा कामकाज ठप्प पारिन्छ । कुनै काम गर्नका लागि बत्ती नभएको बहाना गरिन्छ । यस्तो बहानालाई दह्रो झड्का दिने गरी चारजना डाक्टरको टोलीले जवाफ दिएको छ ।

उनीहरुले मोबाइलको उज्यालोबाटै बिरामीको शल्यक्रिया गरेका छन् । आफ्नो पेशाप्रति प्रतिबद्ध चिकित्सकहरुको टोलीले आपतकालीन अवस्थामा बिजुली गएपछि मोबाइलकै उज्यालोमा शल्यक्रिया गरेका हुन् ।

समयमै जेनेरेटर सञ्चालन हुन नसकेपछि उनीहरुले तत्काल मोबाइल बालेर शल्यक्रिया गर्ने निर्णय गरेपछि ३४ वर्षका एक बिरामीको ज्यान बचेको छ ।

भारतको असरवामा बस्ने दिनेश पाटनीको लिभरमा समस्या थियो । उनको पेटमा कसैले छुरा रोपेको थियो । छुरा हानिएपछि शरीरबाट धेरै रगत बगेको अवस्थामा उनी अस्पताल पुगेका थिए ।

यस्तो अवस्थामा रहेका उनलाई नयाँ बनेको सिभिल अस्पतालमा लगिएको थियो । अस्पतालका मुख्य अधिकारीहरुले दिनेशको उपचार सुरु गरे ।

उनको शरीरमा तीन सेन्टिमिटर गहिरो घाउ लागेको थियो । उनलाई तत्काल शल्यक्रिया गर्दा ज्यान बच्ने खबर मेडिकल अधिकारीहरुले सर्जरी विभागलाई जानकारी गराए र सर्जरी कक्षमा लगियो ।

शल्यक्रिया शुरु गर्नुअघि उनलाई बेहोस बनाइयो । डाक्टरहरु पार्थ दलाल, आसु जैन, ध्रुव बारु र एम मरिराजको टोलीले उनको शल्यक्रिया सुरु गर्यो ।

लिवरमा चोट लागेका बिरामीको अवस्था गम्भीर थियो । उनीहरुले शल्यक्रिया सुरु गर्नेबित्तिकै बिजुली गयो । जेनटर चलाउन गरेको प्रयास विफल भएपछि डाक्टरहरु हैरान भए ।

उनीहरुले बिरामीको पेट चिरिसकेका थिए । उज्यालोबिना अपरेशन गर्न गाह्रो थियो भने छोड्दा पनि बिरामीको ज्यान जाने थियो । त्यो अवस्थामा उनीहरुको साथमा रहेको मोबाइलले गजबको काम गर्यो ।

‘हामीले धेरै पर्खेनौँ बिजुली वा जेनेरेटर पर्खेको भए बिरामीको ज्यान जान सक्ने थियो । हामीले मोवाइलको लाइट बालेर काम सुरु गर्यौं’, अपरेशनमा संलग्न चिकित्क दलालले भने, ‘हामी यस्तो अवस्थामा थियौं कि एक सेकेन्ड समय खेर फाल्नु बिरामीका लागि घातक थियो । त्यसैले मोबाइलमा बत्ती बालेर समयमै अपरेशन सक्यौं ।’

एक घण्टा लगाएर गरिएको अपरेशनका क्रममा बिरामीका पेटमा १७ टाँका गरिएको थियो । उनलाई पाँच दिनपछि अस्पतालबाट बिदा गरिएको छ । चार चिकित्सकहरुले बिरामीलाई बचाउन जुन प्रयास र अभ्यास गरे त्यो तारिफको कुरा हो ।

‘दिनेश भाग्यमानी रहेछन् बचे । बिजुलीका कारण शल्यक्रियाको लागि केही गलत निर्णय भएको भए बिरामीको ज्यान जान सक्थ्यो’, अस्पतालका कर्मचारीहरुले भनेका छन्, ‘यस्ता समस्या अस्पतालले धेरै पटक झेलेको छ ।’

अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर एमएम प्रभाकरले पनि डाक्टरको त्यो बेलाको निर्णय सह्राहनीय रहेको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment