६ फागुन, काठमाडौं । काठमाडौको कीर्तिपुरस्थित आर. जे. सप्लायर्सका सञ्चालक दिपेश महर्जनलाई पेट्रोल कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । उनले अवैधरुपमा घरभित्रै पेट्रोल पम्प सञ्चालन गरेर इन्धनको कालोबजारी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ का महर्जनले घरभित्र १६ हजार लिटर क्षमताको अन्डर ग्राउण्ड ट्यांकीमा डिजेल जम्मा गरेर पेट्रोल पम्पकै शैलीमा नोजल राखेर डिजेलको कालोबजारी गरेको खुलेको छ ।
महानगरीय अपराध महाशाखाले महर्जनलाई ११ सय लिटर डिजेलसहित पक्राउ गरेको छ । महर्जनले भारतले नाकाबन्दी लगाएलगत्तै रातारात धनी बन्न पानी ट्यांकीमा डिजेल भरेर कालोबजारी गरेको महाशाखाका प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले बताए ।
उनका अनुसार चर्को अभावका बेला प्रतिलिटर ५ सय रुपैयाँका दरले डिजेल बेचेका महर्जनलाई बुधबार बेलुकी १ सय ४० रुपैयाँ प्रतिलिटरका दरले डिजेल बेचिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाले कालोबजारी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउन महर्जनलाई काठमाडौं प्रहरी परिसरमा बुझाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment