Thursday, February 18, 2016

टेलिकम एप्स अनियमितता : प्रवक्ता र सहप्रवक्ताकै कुरा बाझियो

काठमाडौं– ‘१५ लाखको एप्सलाई सात करोड खर्च’ शीर्षाकृत समाचार गत फागुन २ गते रातोपाटीमार्फत प्रकाशमा आएपछि नेपाल टेलिकममा खैलाबैला मच्चिएको थियो । इन्जिनियरको मिलेमतोमा करोडौं रुपैयाँ अनियमितता भएको र उसले निर्माण गरेको एप्स मीटमा अनावश्यक रकम खर्च भएको समाचार प्रकाशमा आएपछि सरोकारवाला निकायले समेत यसबारे सूक्ष्म अध्ययन थालेको बुझिएको छ ।एप्स प्रकरणबारे के भनिन् प्रवक्ताले ?

नेपाल टेलिकम प्रवक्ता प्रतिमा वैद्यले ग्लोबल टेन्डर प्रक्रियाबाटै काम भएको र एप्स निर्माता कम्पनीले गर्नुपर्ने सबै काम गरेको दाबी गरेकी छन् । प्रवक्ता वैद्यले एप्स लाइभ गर्नुअघि गरिनुपर्नेे ‘सिष्टम सेक्युरिटी अडिट’ र ‘बिजनेस लजिक अडिट’ बारे आफूलाई थाहा नभएको बताएकी छन् । सुरक्षासम्बन्धी परीक्षण ‘सिष्टम सेक्युरिटी अडिट’ र कारोबार ठीक छ छैन भन्ने परीक्षण ‘बिजनेस लजिक अडिट’ किन गरिएन भन्ने राटोपाटीको प्रश्नको उत्तरमा उनले टेलिकमले इन्टरनल र एक्सटर्नल अडिट गरेको बताएकी छन् । ‘इन्टरनल अडिट’ अर्थात् आन्तरिक लेखापरीक्षण र ‘एक्सटर्नल अडिट’ अर्थात् बाह्य लेखापरीक्षण कम्पनीको लेखासम्बन्धी परीक्षण हो । यसले कम्पनीका प्रवक्तालाई प्रविधिको खासै ज्ञान नभएकोसमेत देखाएको छ । नेपाल टेलिकमले अनाधिकृत रूपमा आउने एसएमएसलाई रोक्न एसएमएस फायरवाल सिष्टम प्रयोग गरेको बताइन् । उक्त सिष्टम ठीक छ छैन भन्ने परीक्षण कसले गरिरहेको छ भन्ने जिज्ञासामा उनले आफूलाई यसबारे केही थाहा नभएको प्रतिक्रिया दिइन् ।

टेलिकमद्वारा निर्मित एप्स सार्वजनिक गर्नुअघि एक नेपाली कम्पनीले यसबारे अध्ययन गरेको र एप्समा धेरै समस्या भएको प्रतिवेदन बुझाएकोसमेत आफूलाई थाहा नभएको उनको भनाइ छ । उनका अनुसार एप्स निर्माण कम्पनीलाई सम्पूर्ण रकम भुक्तान गर्न बाँकी छ । यसैगरी, सहप्रवक्ता डिल्ली अधिकारीले एप्स निर्माण कम्पनी दोषी देखिए भुक्तानी रोक्न सकिने बताएका छन् ।

प्रवक्ता र सहप्रवक्ताकै कुरा बाझियो

समाचारको खण्डन गर्दै प्रवक्ता वैद्यले नेपाल टेलिकमको गेटवे प्रयोग गरी आउन सक्ने एसएमएसलाई नियन्त्रण गर्न एसएमएस फायरवाल सिष्टम प्रयोग गरिएको र २०१५ डिसेम्बर १ देखि नै यस्ता एसएमएसमा नियन्त्रणमा आइसकेको उल्लेख गरेकी छन् । तर, प्रवक्ताले दाबी गरेको मितिपछि पनि यस्ता एसएमएस आएकोबारे राटोपाटीकर्मीको प्रश्नको उत्तर दिँदै टेलिकमकै सहप्रवक्ता डिल्ली अधिकारीले भने त्यस्ता एसएमएस पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको स्वीकारेका छन् । उनले टेलिकमको गेटवे प्रयोग गरी आउने अनाधिकृत एसएमएस नियन्त्रणमा ल्याउन एसएमएस फायरवाल सिष्टम प्रयोग भएको भए पनि सबै एसएमएसलाई फिल्टर गर्न नसक्दा केही यस्ता एसएमएस अझै आउने गरेको बताएका छन् । यस्तै केही एसएमएस नेपाल भित्र्याएर ग्राहक ठगी गर्न राम्रै कमिसन खेलबारे जान्न खोज्दा आफूलाई थाहा नभएको बताए ।

छानबिनमा सहयोग गर्छौं

सहप्रवक्ताले नेपाल टेलिकममा हुने गरेका अनियमितताबारे समाचार सार्वजनिक भएपछि राटोपार्टीसँग कुराकानी गर्दै टेलिकम सहप्रवक्ता अधिकारीले सरकारको आधिकारिक निकायबाट छानबिन सुरु भए आफूहरूले सहयोग गर्ने जिकिर गरे । अख्तियारले छानबिन गर्न खोज्यो भने सहयोग गर्नुहुन्छ ? भन्ने जिज्ञासा राख्दा उनले भने, ‘गर्छौं । त्यो हाम्रो दायित्व हो ।’ मीट एप्स बजारमा ल्याउनमात्र होइन, यसको कुल लागतमा विभिन्न हार्डवेयरको समेत खरिद भएको बताउँदै उनले यस सम्बन्धमा नेपाल सरकारको स्वीकृतिमा कसैले यसबारे अनुसन्धान गरे आफूहरूले यस विषयमा सहयोग गर्ने दाबी गरे ।

एसएमएस डेलिभर्डमा समस्या आएको साँचो हो : प्रवक्ता
मीटमार्फत पठाइएका ग्रुप एसएमएसमध्ये कतिपय डेलिभर्ड नहुने समस्या भएको स्वीकार्दै टेलिकम प्रवक्ता वैद्यले प्रमाणसहित टेलिकममा उजुरी परे एसएमएसको पैसा ‘एडजस्ट’ गर्न सकिने बताएकी छन् । तर, यसरी पैसा काटिएको कुरा धेरैले ख्याल गर्दैनन् । यस्तै डेलिभर्ड नभएका एसएमएसको पैसा टेलिकमभित्रकै कर्मचारीले भागबन्डा गरिन्छन् रे भन्ने सुन्नमा आएको छ नि ? भन्ने प्रश्नमा उनले यसबारे समेत आफूलाई थाहा नभएको दाबी गरेकी छन् । एसएमएस डेलिभर्ड नहुँदा पैसा काटिन्छ वा काटिँदैन भन्ने कसरी ग्यारेन्टी गर्ने भन्ने प्रश्नको छोटो उत्तर दिँदै उनले भनिन्, ‘यसबारे हाम्रा आईटी इन्जिनियरलाई सोध्नुपर्छ ।’

प्रबन्ध निर्देशकले नै झुक्याए
टेलिकम प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले रातोपाटीकर्मीलाई भेट्न समय दिएर उनी कार्यालय नगई घरमै बसेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment