Thursday, February 18, 2016

भूकम्पका कारण बढे मानसिक रोगी !

७ फागुन, काठमाडौं । गत बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि नेपालमा चार प्रकारका मानसिक रोगीहरुको संख्या बढेको पाइएको छ ।

शक्तिशाली भूकम्प र त्यसपछिको लगातार गएका पराकम्पनका कारण डराउने, आत्तिने, निन्द्रा नलाग्ने तथा डिप्रेसनका रोगी उपचारका लागि अस्पताल आउनेको संख्या बढेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझाले जानकारी दिएको अाजको राजधानी दैनिकमा समाचार छ ।

‘भूकम्पपछि यस्ता रोगीको संख्या बढेपनि तिनीहरुको उपचारको व्यवस्था कसरी गर्ने भन्नेबारे राज्यसँग कुनै रणनीति छैन’, मनोचिकित्सक संघका अध्यक्षसमेत रहेका प्रा डा. ओझाले भने, ‘स्वास्थ्य क्षेत्रमाल पर्याप्त बजेटको समेत अभाव छ ।’

जापानमा सन् २०११ म गएको शक्तिशाली भूकम्पपछि पनि मानसिक रोगीहरुको संख्या बढेको पाइएको थियो । नेपालमा चेतनाको अभावमा मानसिक स्वास्थ्य समस्या भएकाहरु अस्पताल जान हिच्किचाउने गरेको पाइएको छ ।

मानसिक स्वास्थ्य समसया देखिएमा समाजमा बौलाएको वा पागल भएको हल्ला चल्ने डरले अधिकांश रागीलाई घरमै राख्ने गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment