भरतपुर–विलासीपूर्ण जीवन व्यतित गर्ने सबैको चाहना हुन्छ । त्यस्तै रोजगारी नपाएर युवाहरु भौतारिदैँ विदेसिएका छन् । हरेक दिन सबेरै फोहोरसित खेल्दै आफ्नौ दैनिकी बिताइरहेका श्याम केसीको संघर्ष उदाहरणीय छ । पाल्पा रामपुरबाट करिब १७ वर्ष पहिले चितवन झरेका श्याम फ्याँकिएका वस्तुहरुलाई संकलन गरी पैसा जोहो गर्न थाले ।
बाटोमा भेटिने प्लाष्टिक, कागजलाई जम्मा गरी उनले आफ्नो परिवार पाल्दै आएका थिए । पछि कमलनगरमा सानो कबाड संकलन केन्द्रसमेत चलाए । उनको पसलमा नियमित रुपमा नकुहिने फोहरलाई बेच्न आउने करिब ६० जना थिए । थुपारेको कागज पानीले भिजाइदिने गर्दा उनको उकालो लाग्दै गरेको व्यवसाय धरासयी बन्न सुरु भयो ।
छोराको उपचारमा पनि उनले धेरै खर्च गरे । उनको दाई नारायणगढ आनन्दमार्गमा कबाड सामग्री संकलन केन्द्र चलाइरहेका छन् । उनका भाई भरतपुर मेडिकल कलेजमा उनी जस्तै काम गर्छन् । श्याम आफ्नी जीवन संगिनीसित भरतपुर अस्पतालका नकुहिने फोहोर व्यवस्थापनमा व्यस्त छन् । उनकी श्रीमती फूलमाया दिनभर नै श्यामसँगै स्वरोजगार बन्न व्यस्त बन्छिन् । ‘चोरेर होइन, दुःख गरेर कमाउने हो’, उनले भने, ‘काम सानोतिनो हुँदैन, मिहेनत गरे स्वदेशमै कमाउन सकिन्छ ।’
उनी नारायणगढस्थित बेलचोकमा मासिक १ हजार ५ सय रुपैयाँ भाडातिरेर बस्दै आएका छन् । उनको आफ्नै घर छैन । घरजग्गा नभएपनि उनलाई चिन्ता छैन् । दुःख गरी ठूलो छोरालाई बोर्डिङसमेत पढाए । उनको १४, १२ र २ वर्षीय तीन छोरा छन् । छोराले पढ्न छाडेपछि डाक्टर बनाउने उनको सपनामा तुषारापात भयो । अन्य दुई छोराहरु पनि स्कूल जाँदैनन् । श्रीमान्श्री/मती दिनभर भरतपुर अस्पतालको फोहोर केलाउँछन् । बिरामीका सुई, स्लाइन बोतल, खानेपानी बोतल, पञ्जालगायतका अस्पताजन्य फोहोरभित्र पैसा खोजिरहेका भेटिन्छन् ।
उनीहरुले कबाड सामग्री बेचेवापत अस्पताललाई मासिक १५ हजार पैसा बुझाउँछन् । महिनामा उनीहरुले १० देखि २० हजारसम्म कमाउँछन् । ‘पुरानो ऋण केही छैन, तिरेर सकेँ’, उनले भने, ‘फोहरमा खेलिरहेपनि दिक्दारी आएको छैन, कमाउने चिन्ता नै छ ।’ २ महिना पहिले अस्पतालमा बिरामीको उपचारका क्रममा निस्कने पीप, रगतजस्ता फोहोर, शरीरका अंग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भागहरु सबै एकै ठाउँमा हुदा पुनः प्रयोग गर्नमिल्ने सामानहरु छान्न समेत मुस्किल पथ्र्यो । वार्डबाटै कुहिने÷नकुहिने फोहोरको वर्गीकरण भएर आउन थालेपछि उनीहरुलाई केहीसहजसमेत भएको छ ।
‘दिनभरि फोहोरमा खेल्दा रोगको डर त हुन्छ’, फुलमायाले भनिन्, ‘आफ्नो सरसफाईमा बढी ध्यान दिनुपर्छ, नत्र बिरामी नै परिन्छ ।’ बिहानै अस्पतालको उत्तरतर्फ रहेको फोहोर संकलन घरमा भेटिने उनीहरुलाई आफूले गरेको काम सानो लाग्दैन । ‘मिहेनत गरेका छौं, दुःखसुख जीवन बिताउने माध्यम बनेको छ’, उनले भने, ‘स्वदेशमै थुप्रै काम छन्, जहाँ पैसा खोज्न सकिन्छ ।’ फोहोरमा पैसा खोज्दै वर्षौं बिताएकोमा उनीहरुलाई अरुले के भन्लान् भन्ने चिन्ता छैन । आफन्तहरु पनि पौरखमा जीवन बिताएकोमा खुसी हुने गरेको सुनाउँछन् । फोहोरमा दिन बिताउनु चुनौतीपूर्ण रहेपनि स्वास्थ्यमा ख्याल गर्न हेलचक्राईं गर्न नहुने बताउँछन् ।
भरतपुर अस्पतालमा दैनिक साढे दुई क्वीन्टल फोहोर निस्कन्छ । जैविकरुपमा नष्ट हुने रगत लागेका कपडा, मानव अंगका टुक्राहरु, सुत्केरीका सालनाल आदि सुरक्षितरुपमा नष्ट गर्ने छुट्टै व्यवस्था छ । बोतल, प्लाष्टिक, साना भाँडा तथा सिरिन्जहरुलाई उनीहरुले नै व्यवस्थापन गर्ने गर्छन् । सिरिन्जलाई निर्मलीकरण गरेर मेसिनले काटी व्यवस्थापन गर्ने गरिएको छ । उनीजस्तै कैयन अरु अन्य अस्पतालहरुमा उत्पादित फोहोरबाट जीविकोपार्जनको माध्यम बनाउँदै आइरहेका छन् । उनीहरुको स्वास्थ्यलाई प्रतिकुल प्रभाव पर्न नदिन सचेतना कार्यक्रमहरुलाई अस्पतालले जोड दिनु आवश्यक छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment