‘पिउसोमा हैन, क्विन र बिशपमा जोड दिनोस्’
७ फागुन, काठमाडौं । हाम्रा प्रधानमन्त्री केपी ओली वाक् चातुर्यमा निकै अगाडि मानिन्छन् । यही मेसोमा भारतीय पूर्वराजदूत राकेश सुदले ‘चाइना कार्ड’ बारे उठाएको सन्दर्भमा प्रधानमन्त्री भनेका थिए कि आफू जुवा-तास खेल्नका लागि भारत जान लागेको होइन ।
नेपाल-भारत सम्बन्धमा कार्ड (तास) को प्रशंग बहसमा आएसँगै नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले चाँहि प्रधानमन्त्री ओलीलाई ‘तास’ को साटो ‘चेस’ खेलबारे सार्वजनिकरुपमै पाठ सिकाउने प्रयास गरेका छन् ।
भारतीय पूर्वराजदूत राकेश सूदले दुई दिनअघि एउटा लेखमार्फत ओलीमाथि ‘चाइना कार्ड’ खेल्न खोजेको तर, नसकेको आरोप लगाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आफूले जुवा तास नखेल्ने भन्दै ‘कार्ड’ खेल्न भारत नआउने टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओली आजै भारत भ्रमणमा जाँदैछन् ।
कार्डको प्रशंग आएसँगै प्राध्यापक एसडी मुनीले ट्विट गर्दै प्रधानमन्त्री ओलीलाई तास नभई चेस सिक्न सुझाव दिएका छन् । उनले भनेका छन्- ओलीजी तास हैन, चेस खेल्न सिक्नुहोस् ।
प्राध्यापक मुनीले प्रधानमन्त्री ओलीलाई चेस खेल्ने सुझावमात्रै हैन कि चेसको नियमसमेत सिकाउने प्रयास गरेका छन् । चेस खेल्दा पिउसो मात्रै चाल्ने हैन, क्विन र विशपमा ध्यान केन्दि्रत गर्नुपर्ने प्रधानमन्त्री ओलीलाई एसडी मुनीको सुझाव छ ।
प्राध्यापक मुनीले ट्वीटरमा ओलीलाई चेसको नियम सिकाउँदै लेखेका छन्, क्षेत्रीय मामिलामा आफ्नो दीर्घकालीन ‘इन्ट्रेस्ट’ लाई अघि बढाउन रानी र विशप -ऊँट) मा केन्दि्रत हुनोस्, प्यादा -पिउसो) मा होइन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment