रविन भट्टराई
७ फागुन, ताप्लेजुङ । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेसवादी दललाई उपयोग गरेर भारतले लगाएको नाकाबन्दीका कारण अत्यावश्यक वस्तु तथा सेवामा मौलाएको कालाबजारी र तस्करीको जिम्मा मधेसकेन्द्रित दलले लिनुपर्ने बताएका छन् ।
नेकपा एमालेले २५ बर्ष सम्म लगातार संसदीय निर्वाचनमा बिजय हासिल गरेको ताप्लेजुुङ क्षेत्र नं २ को रजय जयन्तीको कार्यक्रम उद्घाटन गर्न शुुक्रवार आएका नेता नेपालले प्रेस चौतारीको पत्रकार सम्मेलनमा नाकाबन्दी जस्ता पीडाबाट पाठ सिक्दै नेपालले एकदेशीय निर्भरतालाई तेाडेर छिमेकी सबै देशसंग सम्वन्ध सुुदृढ पार्नु पर्नेमा जोड दिए ।
नेता नेपालले सहमितको राजनीतिलाई देशका मुख्य दलले मुख्य एजेण्डा बनाउने हो भने संबिधानको कार्यान्वयन कुनै जटिल बिषय नहुने दावि गरे ।
उनले संबिधान निमार्णका क्रममा एक ठांउमा रहेका दलहरु संबिधान कार्यान्वयनका सबै चरण सम्म एकसाथ रहनुुपर्ने उनले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणकबारे बोल्दै नेता नेपालले यस बेला दुुरगामी प्रभाव पार्ने कुनै नयाँ एजेण्डामा सहमति नहुुने र दुुई देश बीचको बिगि्रएको सबंवन्ध पूरानै ठाँउमा ल्याउन सद्भावपुर्ण कुराकानी हुने बताउनुभयो ।
२०४८, ०५१ र र ०५६ को संसदिय निर्वाचन तथा २०६४ र ०७० को संबिधानसभा निर्वाचनमा अपराजित रहेको एमालेले यो अवसरमा आजबाट एक महिने रजत जयन्ती महोत्सव मनाउदै छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment