काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहलाई नेपाली जनता दलले कारबाहीको अन्तिम तयारी गरेको छ ।
नेपाली जनता दलका केन्द्रीय सदस्य सिंहले पार्टीको संगठनिक गतिविधिमा सक्रियता नदेखाएपछि कारबाहीको तयारी भएको स्रोतले जनाएको छ । जनता दलका सिंहदरबारमा दुई दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सिंहले पार्टीलाई पुगाएको योगदानका विषयमा पनि समीक्षा भएको थियो ।
नेपाली जनता दलका अध्यक्ष एवम् सांसद हरिचरण साहले आफ्नो पार्टीका केन्द्रीय सदस्य सिंह राजनीतिक र सांगठनिक विषयमा निस्क्रिय रहेको बताउनुभयो । ‘हाम्रा केन्द्रीय सदस्य राजबहादुर सिंहलाई पार्टी संगठनमा सक्रिय हुन पटक पटक आग्रह गरिएको छ’, उहाँले भन्नुभयो, ‘पार्टीका बैठकहरूमा पनि आउनु हुँदैन ।’
पार्टीको विधान अनुसार प्रक्रिया पुगाएर सिंहलाई कारबाही गरिने स्रोतले उल्लेख्य गरेको छ ।
हुन त नेपाली जनता दलको केन्द्रीय कार्यसमितिको बैठक नबसेको पनि लामो समय भएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयले उपलब्ध गराएको एउटा कोठाबाट पार्टी सञ्चालन हुँदै आएको छ । अध्यक्ष साहले सोही कोठाबाट आफ्नो राजनीतिक गतिविधि गर्नुका साथै कार्यकर्ता र शुभेच्छुकका काम गर्दै आउनु भएको छ ।
स्रोतका अनुसार पार्टी संगठनमा सक्रिय नभएपछि कारबाहीको माग उठेपछि सिंहलाई कारबाही गर्ने तयारी भएको हो ।
सिंह आफ्ना नजिकका चार जना साथीसहित नेपाली जनता दलमा ५ वर्षअघि प्रवेश गरेका हुन् ।
उनलाई नेपाली जनता दलका अध्यक्ष साहले बैद्यखानास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा अविर र माला लगाएर भित्र्याएका थिए ।
पूर्व राजा शाहका ज्वाइँ सिंह व्यवसायी अजय सुमार्गीका नजिकका साथी पनि हुन् । काठमाडौंको छाउनीस्थित सिंह पत्नी प्रेरणा शाह सिंहसहित बस्दै आएका छन् । उनी बस्दै आएको घर पूर्वराजा शाहले दाइजोमा दिएका हुन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment