Thursday, March 31, 2016

पृथ्वीनारायण शाहको मृत्यु

– संजीवन महर्जन

नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् । उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए । त्यहीँ उनको मृत्यु सामान्य ज्वरोका कारण भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् । 

ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ ।

यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघ (त्रिशूली क्षेत्र बाघको प्राकृतिक बासस्थान होइन, चितुवा हुनसक्छ ।)को आक्रमणबाट भएको उल्लेख गरिएको छ । पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे ।

उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो । बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो । त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए । बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो ।

अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जब शारापोवा र चेल्सियासँगै नाङ्गै देखिँदा…(तस्बिरसहित)

लसएञ्जलस । डोप टेस्टमा फेल भएपछि निलम्बनको सामना गरिरहेकी रूसी टेनिस खेलाडी मारिया शारापोवा पछिल्लो पटक मेक्सिोकोमा देखिएकी छिन् ।

समुन्द्री तटमा शारापोवा पेन्टी र ब्रामा देखिएको समाचारमा जनाइएको छ ।

मेक्सिकोको समुन्द्रको तटमा अमेरिकन अभिनेत्री एवं कमेडियन चेल्सिया हैंडलरसँग बिकनीमा देखिएकी हुन् । तस्बिरमा मारिया र चेल्सिीया खुसी मुडमा देखिएकी छिन् ।

मेक्सिकोको लस काबोसको समुन्द्री तटमा आइतबार शारापोवा र चेल्सिया मस्ती गर्दै गरेको अवस्थामा देखिएका थिए ।

चेल्सियाले आफूले समुन्द्री तटमा जाने बेला स्वीमसूट लैजान भुलेका कारण आफूहरूले ब्रा र पेन्टी लगाएर समुन्द्रमा नुहाउनु परेको बताएकी छिन् । एजेन्सी

maria-1[1]
mar_0[1]
Maria6[1]

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कैलाली सिडियो कार्यालयमा हंगामा: एकै दिन दुईपटक निरीक्षण, गृहको कडा निर्देशन

– हेमन्त पौडेल

धनगढी, १९ चैत । कैलाली जिल्लाका सबै सरकारी निकायलाई नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय आफै अस्तब्यस्त बन्नपुगेको छ ।

जनताको कामलाई प्राथमिकतामा राखेर चुस्तदुरुस्त प्रशासन चलाउने जिम्मेवारी पाएको प्रशासन कार्यालय आफै चुस्त नहुँदा सेवाग्राहीले समस्या झेल्नु परेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट हुने कामहरु समयमा नहुँदा जनताले समस्या भोग्नुपरेको छ । नागरिकताको लागि सदरमुकाम पुगेका सेवाग्राहीले समयमा काम नहुँदा निकै समस्या भोग्नुपरेको सेवाग्राहीको गुुनासो छ ।

जिल्लाका विभिन्न ठाँउबाट नागरिकताका लागि बिहीवार धनगढी पुगेका सेवाग्राहीले घण्टौ कुर्दा पनि सेवा पाउन सकेका थिएनन् । नागरिकता फाँटमा कर्मचारी नभएको र भएका कर्मचारीहरुले पनि फेसबुक चलाएर बसेकाले सेवाग्राहीको काम छिटो हुनसकेको थिएन । सेवाग्राहीले नागरिकता छिटो बनाईदिन आग्रह गरेपनि त्याहा बसेका एकजना कर्मचारीले अर्को फाँटमा मान्छे नभएकाले केही समय लाग्छ भन्दै कुराएका थिए भने अर्का कर्मचारी भने फेसबुकचलाएर बसेका थिए ।

नयाँ नागरिकताका लागि यूवायुवतीहरुको भीड थियो भने प्रतिलिपिका लागि बृद्धहरुको भीड लागेको थियो । आफनै कार्यकक्षको तल्लो तलामा सेवग्राहीले भोगेको समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी मोहमत अफताव आलम खाँ अनभिज्ञ हुनुुहुन्थ्यो । सेवाग्राहीले प्रजिअसंग पहुँच नभएका कारण घण्टौदेखि चौरमा बसेर समय विताएका थिए । नागरिकता फाँटमा काम नभएकाले सेवाग्राही समस्यामा परेको कुरा सञ्चारकर्मीले जानकारी गराएपछि प्रजिअ खाँले प्रशाशकिय अधिकृत कमलसिंह महरालाई फाँटमा पठाउनुभएको थियो ।

कर्मचारीको अभावका कारण काममा समस्या भएको प्रशाशकीय महराले बताउनुभयो । तर कर्मचारी टेबुलमा बसेर फेसबुक चलाएको र सेवाग्राहीको काम नगरेको कुरालाई लुकाउँदै कर्मचारी अभावको बहाना बनाउनुभयो । शुरुमा त प्रशासकीय अधिकृत महरालाई नै नागरिकता फाँटमा काम नभएकाले सेवाग्राहीले समस्या भोगेको कुरा जानकारी गराउँदा उहाँले त्यसलाई गम्भीरताका साथ नलिए प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिन बताउनुभएको थियो ।

करिब ३० जना कर्मचारीको दरबन्दी भएको जिल्ला प्रशासनमा बिहीवार २८ जना कर्मचारी उपस्थित भएको कर्मचारी शाखाका केशव जोशीले जानकारी दिनुभयो । दुई जना कर्मचारी अनुपस्थित भएपनि जिल्ला प्रशासनले कर्मचारी नभएका कारण जनताको काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीले आपत्ती जनाएका छन् ।

कैलालीको सुखडबाट नागरिकताका लागि धनगढी पुगेका हेमराज मालले तीन घण्टासम्म कुर्दापनि नागरिकता नपाएको गुनासो गर्नुभयो । नागरिकताको कागजात बुझाउन फाँटमा उमिएको एक घण्टा हुनलाग्यो कोही कर्मचारी नआएको अर्का सेवाग्राही माया रावतले बताउनुभयो । आफूहरुको काम नभएपछि नागरिकता फाँट अगाडीको चौरमा दर्जन महिलाहरु बसेका थिए । समयमा नागरिकता नबनेमा साँझ घर फर्किन समस्या हुने भन्दै कुराकानी गरिरहेका थिए । अरुलाई कर्तब्य सिकाउने जिल्ला प्रशासनको कर्तब्य सिकाउने अन्य निकाय कोही हुँदैन र भन्दौ गुनासो गरिरहेका थिए ।

जिल्ला प्रशासनका मुद्धफाँट लागायतका अधिकांश फाँटमा कर्मचारीविहिन अवस्थामा रहेको थियो । अन्य कार्यालयको छड्के जाँच गर्ने प्रमुख जिल्ला अधिकारी आफ्नै कार्यालयमा कति कर्मचारी आएका छैनन भन्ने बारेमा समेत जानकार छैनन् । जिल्ला प्रशासनका कर्मचारी नहुँदा फाँटहरु रित्तो भएको बारेमा सञ्चारकर्मीहरुले जानकारी गराउँदा प्रमुख जिल्ला अधिकारी खाँ र प्रशासकीय अधिकृत महराले फाँटहरुको निरिक्षण गर्नुभएको थियो । उहाँहरुले निरीक्षण गर्दा सवै अधिकाँश फाँटमा कर्मचारी थिएनन । तर त्यसको बारेमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासा बारेमा प्रजिअ खाँले कुनै प्रतिक्रिया दिन मान्नुभएन ।

कैलालीको प्रमुख जिल्ला अधिकारी भएर आएपछि जनतालाई छिटोछरितो सेवादिने बारेमा त्यति गम्भीर देखिनुभएको छैन । उहाँ कैलाली आएपछि जिल्लाको पूर्वी क्षेत्रको स्थलगत भ्रमण गरि काठमाडांै जानुभएका प्रजिअ खाँ केही दिन अघिमात्र कैलाली पुग्नुभएको छ । प्रमुख जिल्ला अधिकारीको टेबुलमा राखेको सिसी टीभिपनि विग्रेको अवस्थामा छ । बत्ति नभएपछि क्यामरा नचल्ने अवस्थामा रहेको छ । बत्ति नभएपनि इन्भटरबाट पंखाहरु चल्ने ब्यवस्था गरेपनि सिसी टिभी भने नचल्ने अवस्थामा राखिएको छ ।

कार्यालयका अधिकाँंश कर्मचारीहरुको मानसिकता जनताको कामलाई कसरी छिटोछरितो बनाउन सकिन्छ भन्दा पनि कसरी जनतालाई दुःख दिनसकिन्छ भन्ने मानसिकताबाट गुज्रिएको सेवाग्राहीको अनुभव छ । कर्मचारी अभाव भएपनि आवश्यक नभएको ठाउँबाट कर्मचारी ल्याएर भएपनि जनताको काममा ढिलाई गर्न नहुने नेपाली काँग्रेसका धनगढी नगरसभापति नृप वडले बताउनुभयो ।

यस बारेमा बुझ्दा गृह प्रवक्ता यादव कोइरालाले कर्मचारीको अभावमा सेवाग्राहीलाई सेवा दिन नसकेको भन्न नपाइने बताउनुभयो । सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई कर्मचारीको अन्तजिल्ला सरुवा गर्ने अधिकार दिएको छ, आवश्यक परेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कर्मचारी सरुवा गरेर काममा खटाउन सक्ने व्यवस्था गरेको छ । कुनै पनि बाहानामा सेवाग्राहिको काम रोक्न मिल्दैन प्रवक्ता कोइरालाले भन्नुभयो ।

सेवाग्राहिले समयमा सेवा नपाएको बारेमा बुझ्न विशेष टोली खटाएर सूचना लिने र आगामी दिनमा जिल्ला प्रशासनको कामलाई चुस्तदुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी खाँ लाई निर्देशन दिने प्रवक्ता कोइरालाले बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसी दिएकै दिन तुलसाको मृत्यु, दोस्रो परीक्षा दिनै पाइनन्

खोटाङ, १९ चैत । खोटाङमा प्रवेशिका परीक्षा एसएलसी दिएकै दिन एक छात्राको मृत्यु भएको छ ।

सामान्य बिरामी भएरपनि अंग्रेजी विषयको परीक्षा दिएर फर्किएकी छात्रा तुलसा माझी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महेन्द्रोदय उच्च मावि परीक्षा केन्द्रबाट एसएलसी दिँदैगरेकी शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसाको बिहीबार राति डेरामै मृत्यु भएको खोटाङका डीएसपी विद्यानन्द माझीले जानकारी दिनुभयो ।

हल्का ज्वरो आएपछि औषधि सेवन गर्दै छात्रा माझी एसएलसीको पहिलो दिनको परीक्षामा सामेल भएकी थिइन् । तर, दोस्रो परीक्षा दिन नपाएरै उनी संसारबाट विदा भइन् ।

राति एक्कासी पेट दुखेपछि स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर स्वास्थ्य जाँच गरेको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।

तर, उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन् । कुन रोग लागेको भन्ने बारेमा शवको मेडिकल परीक्षण भइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेस आन्दोलनबारे अमेरिकाको कडा प्रतिक्रिया, ओली सरकारलाई के भन्यो ?

काठमाडौं, १९ चैत । अमेरिकी सरकारका दुई जना वरिष्ठ अधिकारीहरुले मधेश आन्दोलनमा भएको सरकारी दमन र मानव अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट हेरिरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारकातर्फबाट अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरले नेपालमा नयाँ संविधान विरुद्ध जारी मधेशी तथा जनजाति आन्दोलनविरुद्ध सरकारी पक्षबाट भइरहेको दमन र अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले सुक्ष्म ढंगले निगरानीमा राखेको बताएका हुन् ।

अमेरिका भ्रमणमा रहेका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र श्रेष्ठसँग बिहिबार वासिङटन डिसीमा भएको भेटमा ती अधिकारीहरुले मधेश आन्दोलनका दौरान सरकारी पक्षबाट भएको दमन र मानव अधिकार उल्लंघनका हरेक घटनाबारे आफूहरु जानकार रहेको बताएका छन् ।

usaa

संविधानका अन्तरवस्तु, आन्दोलनकारीको माग र आन्दोलनबारे उनीहरुले विशेष चासो दिएको भेटवार्तापछि श्रेष्ठले बताए । नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका ती अधिकारीहरुले नेपालको दीर्घकालीन समाधानका लागि असन्तुष्ट पक्षलाई पनि वार्ता र सहमतिको माध्यमले समेटेर लैजान नेपाल सरकारलाई सुझाव दिएको फोरम नेपालका नेता श्रेष्ठले जानकारी दिए ।

‘मधेशी, आदिवासी जनजाति, दलित लगायतसँग विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनु पर्छ’– उनीहरुको भनाईर्ला उद्धरित गर्दै भेटमा सहभागी श्रेष्ठले भने, ‘इमान्दारीपूर्वक सहमतिको कार्यान्वयन र सबैलाई मिलाएर लैजानुको विकल्प छैन ।’

फोरम नेपालका नेता श्रेष्ठले नेपालको नयाँ संविधानका त्रुटिपूर्ण प्रावधान, सरकारको दमनकारी उपेक्षित रवैया, आन्दोलन गर्नु पर्ने कारण र औचित्यबारे अमेरिकी अधिकारीहरुलाई अवगत गराएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालका सात सय प्रजातिका जडीबुटी औषधिमा प्रयोग

१९ चैत, काठमाडौं । नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको वनस्पति विभागका उपसचिव एवम् वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले जानकारी दिए।

उनले भने, “पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचारप्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको हो ।” तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपात÷दालचिनी, सुगन्धवाल व्यावसायिक रुपमा खेती भएको छ ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ । विसं २०१६ मा स्थापना भएको विभागले सुरुको समयमा एलोपेथिक औषधिको गुण नियन्त्रण गर्ने कामसमेत गरेको वनस्पति विभागले पछिल्लो समय नेपालका वनस्पतिको अद्यावधिक तथ्याङ्क सङ्कलन, तालिम सञ्चालन, जडीबुटीको खेती विस्तार र संरक्षण गर्दै आएको छ । सबै वनस्पतिमा औषधीय गुण हुने र कुनैमा धेरै र कुनैमा थोरै मात्र हुने गरेको छ ।

अधिकृत क्षेत्री नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो गर्नुहुन्छ । उनी भन्छन्, “जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ ।” जडीबुटीबाट प्रशोधित तेलको बिक्री पछिल्लो समय बढेको छ । विदेश लैजाने तेल गुणस्तर छ कि छैन भन्ने हेर्ने प्राकृतिक सम्पदा अनुसन्धान शाखाका प्रमुख ज्योति जोशी भट्टले गत आर्थिक वर्ष २०७१÷७२ मा एक हजार १०० भन्दा बढी गुणस्तर जाँच गरेको जानकारी दिए।

उनले आव २०७०÷७१ मा भन्दा यो ६०० ले बढी भएको बताए। उनले भने, “गुणस्तर परीक्षण गरेकोमध्ये ९५ प्रतिशत विदेश निकासी हुँदै आएको छ ।” उत्पादन भएका जडीबुटीमध्ये १०० देखि १५० प्रजातिका जडीबुटी विदेश निकासी हुँदै आएका छन् । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकताअनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालयमार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको छ ।

विभागका महानिर्देशक रामदेवप्रसाद यादवकाअनुसार आगामी वर्ष विभागले १६ वटा क्षेत्र बनाएर व्यक्तिगत तथा सामुदायिक क्षेत्रमा जडीबुटी खेती विस्तार गर्नका लागि प्रस्ताव मन्त्रालयमा पठाएको छ। उनले भने , “गत आर्थिक वर्षमा ‘एक नगर अनेक उद्यान’ कार्यक्रम विराटनगर, विदुर, पोखरा, भक्तपुरलगायत १० नगरपालिकामा सञ्चालन ग¥यौँ, आगामी वर्ष जडीबुटी उत्पादन कार्यक्रमलाई प्राथमिकता दिन्छौँ ।”

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अप्रिल फूलः गजुरेलको गाई !

मनोज गजुरेल, हास्यब्यङ्ग्य अभिनेता

अधिकांश खस आर्यनहरुका पूर्खा पश्चिमी पहाड हुँदै पूर्वतिर आएको इतिहास भेटिन्छ । ‘गजुरेल’हरु पनि बैतडीबाट कालिकोट, सुर्खेत, धादिङ, काठमाण्डौ, सिन्धुली हुँदै ताप्लेजुङ पुगेका हुन् । त्यो ऐतिहासिक यात्रा कस्तो थियो होला ? त्यो जमानामा उनीहरु कसरी बैतडीदेखि ताप्लेजुङसम्म पुगे होला ? वयोवृद्ध डोट्याली इतिहासकार मायानाथ उपाध्यायको सहयोगमा आफ्नो तेह्र सय वर्ष पुरानो पुख्र्यौली इतिहास केलाउँदैछन्, अप्रिल फूलको अवसरमा हास्य व्यंग्य अभिनेता मनोज गजुरेलः

बैतडी जिल्लामा गाँजरी भन्ने एउटा गाउँ छ, जुन ‘गजुरेल’हरुको पुख्र्यौली थात् थलो हो । गजुरेलहरुको खास थर ‘जोशी’ हो । गाँजरीबाट पूर्वतिर लाग्ने क्रममा गाँजरीका जोशीहरु कालान्तरमा गजुरेल हुन पुगेका इतिहासकार मायानाथ उपाध्यायको तर्क छ ।

विक्रम संवतको आठौं शताब्दीको कुरा हो । गाँजरी गाउँमा एकजना नामी किसान थिए, गजु जोशी । जोशीसँग हजारौं जर्सी गाई थिए । सयौं भैंसी र चौंरीहरु पाल्दथे । दिल्लीका दरबार,  बम्बईका बादशाहदेखि इलाहावादका हवेलीसम्म गाँजरीकै दूध, दही, घिउ निर्यात हुने गर्दथ्यो । त्यो मध्ये अधिकांश गजु जोशीकै उत्पादन हुन्थ्यो ।

गजु सम्बन्धी एउटा गज्जबको किंवदन्ती अझै पनि गाँजरीमा सुन्ने गरिन्छ । बिहान तीन बजेदेखि गाई दुहुन थालेका गजु, खप्तडको लेकमा घाम आइपुग्दा डेढसय गाई एक्लै दुहिसक्थे । उनी यति बलिया थिए कि बर्खाको भेलमा दुईवटा गाई एक/एक हातले जुरुक्क उचालेर फुत्त खोलो तार्ने गर्दथे ।

विक्रम सम्वत् ८१२ को चैत्र शुक्ल पूणिर्माको दिन । गाँजरी गाउँमा एउटा अनौठो घटना घट्यो । जोशी वंशको गोठधूप थियो । पूणिर्माको जून आकाशबाट अलप भएर सूर्य देवताको आगमन हुँदै थियो । बन्धुहरु गोठमा भेला भैसकेका थिए । गजु जोशी जुरेली नामको गाई दुहुँदै थिए, जसले एक साँझमा पचास माना दूध दिन्थ्यो । आफन्तहरु गजुले गाई दुहेको वरिपरि उभिएर हेर्दै थिए । अचानक गाउँमा कोलाहल मच्चियो ।

कारण थियो, विशाल हावा हुण्डरी । हुण्डरी यति ठूलो थियो कि घरका छाना हल्लाउन थाल्यो । गोठका खम्बा उखेल्न खोज्योे । हेर्दा हेर्दै रुख, बिरुवा, घर, टहरा प्रत्येकलाई भत्कायो । स-साना नानीहरु पनि हावा हुण्डरीका कारण केही माथि उड्दै पछारिँदै गर्न थाले ।

Manoj-Gajurel1गजु जोशीले दुहुँदै गरेको गाईलाई पनि हल्लाउन थाल्यो । जोशीले गाईका थून बेस्कन समाए । हेर्दाहेर्दै हावा हुण्डरीले गाईलाई पनि उडायो । जोशीले गाईको थून छोड्दै छोडेनन्, बेस्कन समाए ।  स्वतः बाजे पनि गाईसँगै उडे ।

नजिकै उभिइरहेका नाति, नातिना, भाइ भतिजाहरु कोही खुट्टामा झुण्डिए, कोही काँधमा, कोही सुरुवालमा समाएर गाई र बाजेसँगै बैतडीबाट पूर्वतिर उड्न थाले । दूध चुस्दै गरेको बाच्छो पनि सँगै उड्यो । दूध दुहुदै गरेको दुधेरो अहिलेको कर्णाली नदीमा खस्न पुग्यो ।

हावा हुण्डरी रोकिने संकेत थिएन । उड्दै उड्दै उनीहरु नुवाकोट – धादिङ सीमानाको आकाशमा पुगे । एक भाइ त्यहीं झरे । त्यहाँबाट हुत्याएर त्रिशुलीमाथि पुगे, जहाँ दूध चुसिरहेको बाच्छो झ्र्यो, त्यस ठाउँलाई अहिले गजुरी भनिन्छ ।

त्यसपछि गाई र बाजेहरु सिन्धुली, ढुंग्रेबासको आकाशमा देखिए ।  त्यहाँ जोशीबाजेका एक नाति रुँदारुँदै झरे । इतिहासकार मायानाथ भन्छन्, कृषि मन्त्री हरिबोल गजुरेल तिनै रुन्चे बालकका बंशज हुन् ।

Haribol Gajurel cry
गजुबाजेसँगै उडेका धेरै भाइ भतिजाहरुलाई हुण्डरीले बिभिन्न ठाउँमा झार्दै गयो । कोही सिन्धुपाल्चोकमा, कोही तेह्रथुममा, भोजपुर, तेह्रथुम, पाँचथरका बिभिन्न ठाउँमा आकाशबाट मानिसहरु बर्सिइरहे । पूर्वी पहाडका बासिन्दाहरु त्यो दृश्य अचम्म मान्दै हेरिरहे ।

हप्तौं सम्म चलेको त्यो डरलाग्दो हुण्डरीमा गाई र बाजेपनि थुप्रै दिन आकाशमा उडि रहे । एकदिन तमोर नदीमाथी पुग्दा हुण्डरी कम भयो । त्यहांबाट पाथीभरा मन्दिरलाई एक फन्को मारेपछि उनीहरु कावेली खोलाको तिरैतिर उत्तरतिर बतासिए ।

गाई र बाजे कञ्चनजंगाको टुप्पो ठोकिए, हावाले उनीहरुलाई फर्काइदियो । यस बेलासम्म हावाको निकै गति कम भैसकेको थियो । बिस्तारै बिस्तारै उनीहरु तल झर्दै गए ।

त्यो दिन सम्बत् ८१२ बैशाख शुक्ल पूणिर्माको दिन थियो । अहिले ताप्लेजुंग जिल्लामा पर्ने मामांखे भन्ने ठाउँमा उनीहरु झर्ने प्रयास गर्दै थिए । मामांखेका आदिवासी लिम्बुहरु यो अलौकिक दृष्यलाई अचम्म मान्दै जमीनबाट हेरिरहेका थिए, हेर्दाहेर्दै गाई र बाजे एउटा चौरमा ल्याण्ड गरे ।

गाई चौरमा टक्क अडियो, बाजे पछारिए । गाउँलेहरु वरिपरि जम्मा भए ।

बाजे धुलो टक्टक्याउंदै उठे, गाई डोर्‍याउंदै हिँड्न खोजे । गाउँलेहरुले लिम्बु भाषामा सोधे, ‘लौ परमेश्वरी दुधको दुध पानीको पानी बताई दिनु पर्यो, तपाईंहरु को हो, यो चमत्कार के हो  ?’ बाजेले डोड्यालीमा जवाफ फर्काए, ‘हे परमेश्वरी, यो चमत्कार समत्कार केहीपनि हैन, प्रकृतिको अनौठो लिलामात्र हो । म जोशी गजु हुँ अनि उहाँ गौमाता जुरेली हुनुहुन्छ ।’

भाषाको कारण बाजे र गाउँलेहरुबिच केही छिन् अन्योलको स्थिति आयो । शतप्रतिशत लिम्बु जातिमात्र भएको मामांखेमा पहिलो पटक चुच्चो नाक भएको मान्छे देखिएको थियो । शुरुमा त सबैले गजुबाजेलाई अर्कै ग्रहको प्राणी ठानेर झण्डै झडप र त्रासको स्थिति बन्यो । तर, तुरुन्तै सुरवीर माबो लिम्बुले परिस्थितिलाई सहज बनाए ।

सुरवीरहाङ माबो लिम्बु लिम्बुवानका नामी बिजुवा थिए । उनी तन्त्र विद्याद्वारा संसारभरिका भाषा बोल्न सक्थे । गजुबाजेसँग डोट्यालीमा बात मारे । गजुले सबै बृतान्त सुनाए । सुरविरहाङ्ले गाउँलेहरुलाई उल्था गरिदिए । सबै घटना सुनिसके पनि अचम्मित भएका गाउँलेहरुले गजु र गाईलाई सम्मानपूर्वक आफ्नै गाउँमा राख्ने निर्णय सुनाए ।

Gajurelतर, गजु बाजे र गाईलाई नयाँ ठाउँमा बस्न पटक्कै मन लागेन, अघि बढ्न खोजे । सुरबीरहाङले आफ्नो ‘मितमन्त्रद्वारा गजुलाई त्यहीं बसौं बसौं लाग्ने बनाए । एउटामात्र जाति भन्दा मिश्रति जातजाति भएको समाज विकसित र विवेकशील हुने भएको ब्रम्हज्ञान प्राप्त गरेका बिजुवाले गजुबाजेलाई मामांखेमै राख्नका लागि उनीसँग मित बोले ।

मित साइनो त्योबेला रगतको भन्दा शक्तिशाली साइनो मानिन्थ्यो । आजकाल गाउँघरमा बस्ने बिभिन्न जातिहरुबीच यही ‘मित साईनो’कै कारण सम्बन्ध सुमधुर बनेको इतिहासकार मायानाथको धारणा छ ।

मित लगाएपछि गजु जोशीले सुरवीरहाङ माबो लिम्बुलाइ आफ्नो एकमात्र सम्पति जुरेली गाई मित सौगात चढाए । मित्रताका लागि ज्यान दिने लिम्बुले गजुलाई आफ्नो सिङ्गै अलैंची बारी उपहार दिए ।

भिन्न जाति र भिन्न भाषा भएका यी दुई ऐतिहासिक पात्रहरुलाई अहिले पनि लिम्बुवानमा मित्रता, सदभाव र एकताको प्रतीकको रुपमा हेरिन्छ । इतिहासकार मायानाथ उपाध्याय भन्छन्, ‘हाम्रा पूर्खा चिन्दा, हाम्रो समाज बुझ्दा, हाम्रो माटो टेक्दा त्यहाँबाट एउटा शक्तिशाली तरङ्ग पैदा हुन्छ, त्यो  तरङ्ग हाम्रो शरीर,मन र मष्तिष्कमा प्रभावित भएपछि नै मान्छे सुसंस्कृत र विवेकशिल हुन्छ ।’

यसरी प्रकृतिको चामत्कारिक खेलद्धारा सुदुर पश्चिमको गाँजरी गाउँबाट जुरेली गाईसँगै सुदुर पूर्वको मामाङखे गाउँमा पुगेका गजु जोशी नै कालान्तरमा ‘गजुरेल’ हुन पुगेको ऐतिहासिक कथा ‘अप्रिल फूल’को अवसरमा मनोज गजुरेलद्वारा तयार पारिएको विशुद्ध ‘मनोज-रञ्जनात्मक रचना’ मात्रै हो, किप स्माइलिङ, डन्ट बिलिभ !

ताप्लेजुङको मामांखेका ९० वर्षीय फूलबहादुर माबो लिम्बुमा परेको संस्कृतको प्रभाव (भिडियोमा हेर्नुहोस्)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कुरिलो, बुद्धचित्त र किवीबारे केही कुरा

राजु पान्डे, क्यालिफोर्निया

अनलाइनखबरमा सुमन पन्तको कुरिलोदेखि एलोभेरासम्म शीर्षकको लेख पढेपछि मलार्इ पनि केही थप कुरा लेख्न मन लाग्यो ।

सन् २००८−९ तिरको कुरा हो, मैले पश्चिम तरार्इको दाङदेखि कन्चनपुरसम्म जडिबुटी उत्पादन हुने क्षेत्रहरूको भ्रमण गरेको थिएँ । कुरिलोको समस्या बारे मैले सुने बुझेका केही कुरा राख्न चाहन्छु ।

१. पश्चिमी तरार्इका क्षेत्रमा लगाइएको कुरिलो फोटोमा देखाइएको जस्तो तरकारी खान प्रयोग हुने कुरिलो होइन । प्रशोधन गरिएको कुरिलोको जरालार्इ आयुर्वेदिक औषधि विज्ञानमा सतावरी भनेर भनिँदो रहेछ । डाबरले त्यही सतावरीका लागि भनेर कुरिलो खेती गराएको रहेछ ।

सतावरी प्रवर्ध्दनमा सरकारी निकाय र गैरसरकारी संघ संस्थाहरू संलग्न भएका रहेछन् । मैले भ्रमण गरेका क्षेत्रमा किसानहरूले सतावरीको खेती सामुदायिक वनमा गरेका थिए । कुरिलो लगाउन जग्गा तयार गर्नदेखि गोडमेल र मलजल गर्न उनीहरूको ठूलो परिमाणमा श्रम खर्च भएको थियो । उनीहरूलार्इ तीन वर्षमा बाली तयार हुने, एकै बोटबाट तीन केजी भन्दा बढी सतावरी फल्ने र त्यसको मुल्य प्रति केजी रू ३०० भन्दा बढी पाइने जस्ता हिसाब देखाएर किसानलार्इ हौस्याइएको रहेछ । करिब एक रोपनी जग्गाबाट झन्डै डेढ लाख रूपैयाँ आम्दानी हुने लोभ देखाइएको रहेछ ।

२. डाबर नेपालले सतावरी खरिद गर्छ भनेर लखनउबाट बीउ ल्यार्इ बेर्ना लगाइएको किसानहरूले बताएका थिए । उनीहरूका अनुसार कुरिलोको हाइब्रिड जातको बीउ लगाएका थिए । किसानहरू माझ सामान्यतया हाइब्रिड भन्ने बित्तकै प्रशस्त फल्ने बाली भनेर बुझ्ने गरेका छन् । तर, त्यहाँ लगाइएको कुरिलो जब बढ्न थाल्यो, कुनै बिरूवा एकदम अग्लो लहराजस्तो भयो भने कुनै सानो र ख्याउटे खालको थियो ।

किसानले गरेको बयानका आधारमा त्यहाँ लगाइएको कुरिलो निस्चित रूपमा हाइब्रिड बीउ थिएन भन्ने एकिन गर्न कुनै कठीनाइ परेन । वैज्ञानिक रूपमा विकाश गरिएका हाइब्रिड जातका बाली भिन्नखाले बंशाणुको संयोग गरार्इ एकनाशले बढ्ने, सँगै पाक्ने जस्ता उत्कृष्ट गुणहरू भएका हुन्छन्, तर त्यहाँ लगाइएको कुरिलोमा अनेक विभिन्नता थियो ।

सम्भावना के थियो भने त्यहाँ लगाइएका कुरिलोका बेर्ना कुनै हाइब्रिड जातको कुरिलोका दानाबाट उत्पादन गरिएका भने हुन सक्दथे। हाइब्रिड जातका बालीमा उत्पादित बीउलार्इ फेरि अर्कोपटक बाली उत्पादनमा प्रयोग गरिएमा तिनीहरूको बंशाणुको वियोग भर्इ अनेक रंग र रूपका विरूवा निस्कन्छन् । त्यहा करिब त्यस्तै भएको थियो ।

३. कुरीलोको जरालार्इ पानीमा पकाएर बाहिरी बोक्रा खुइल्याएर सुकाएपछि बल्ल औषधि बनाउन योग्य सतावरी हुने रहेछ । तीन वर्षको गोडमेलपछि जब उनीहरूले सतावरी खन्न सुरू गरे, जरा त परालको त्यन्द्रा जस्तो मसिनो र लामो भएको पाए । त्यस्तो जरालार्इ पकाएर बोक्रा खुइल्याएर सुकाउँदा धागो जस्तो हुने र ब्यापारीले रू ५० प्रति केजी दिन पनि आनाकानी गरे ।

किसानका अनुसार ५० रूपैयाँ प्रतिकेजीमा बेच्दा जरा खन्न, पानीमा पकाउन, बोक्रा खुइल्याउन र सुकाउन लाग्ने ज्यालासमेत नउठ्ने हिसाब निस्कियो । तीन बर्षको मेहनत माटोमा मिल्यो ।

४. अत्तरिया पुगेपछि त्यहाँको जडिबुटी प्रशोधन केन्द्रमा सतावरीका बारेमा सोधखोज गरें । त्यहाँ स्थानीय अर्थात जंगली कुरिलोको जराबाट बनाएको सतावरी देखाउँदै केन्द्रका प्रबन्धकले कसैले यस्तो, लोकल सतावरी ल्याउँछ भने रू ३०० प्रतिकेजीमा खरिद गर्न सकिने, तर दाङ क्षेत्रमा लगाइएको जस्तो सतावरीलार्इ भने रू ५० दिन पनि कठीनाइ पर्ने बताए ।

५. सरकारी निकाय तथा गैरसरकारी संस्थाका कर्मचारीले हल्लाका भरमा, प्राविधिक कुरो राम्ररी नबुझी जे पायो त्यही प्रचार-प्रसार गर्ने कार्य गर्दा सर्वसाधारण गरिब किसान मर्कामा परेको सत्य हो ।

त्यस्तै, अहिले बुध्दचित्तको एकै बोटबाट लाखौं आमदानी हुने हल्लाका भरमा कसैले बुध्दचित्तको खेती गर्नु अत्यन्त जोखिमपूर्ण छ । यसको बजार अत्यन्त साँघुरो छ ।

त्यस्तै कसैले किवी फल पनि रू २००० प्रति केजीमा बेच्न सकिन्छ भनेर खेती गर्नु भनेको हावा महल बनाउनुजस्तै हो । एक सय रूपैयाँमा स्याउ र सुन्तला बिक्री हुने बजारमा म पनि ५०० के एक सयभन्दा बढी हालेर किवी खान तैयार छैन ।Kiwi,-Final

बढाइ-चढाइ प्रचार गरेजस्तो यो कुनै जादुमय फल होइन । तर, यो खान मिल्ने फल भएकाले किवी फल बुध्दचित्त वा सतावरी जस्तो जोखिमपूर्ण नहुन सक्छ, तर बजारको ब्यवस्था भने बेलैमा गर्नुपर्दछ ।

थोरै फलाएर २००० आश गर्नु भन्दा धेरै फलाएर थोरै मुल्यमा बेच्दा बढी आम्दानी हुन सक्छ ।

६. सुमनजीले भनेजस्तै किसानको पेशा उत्पादन गर्ने नै हो । तर, उनीहरूलार्इ बेलैमा सही प्राविधिक ज्ञान दिनु बाली प्रवर्धकहरूको कर्तब्य हो । सही प्राविधिक ज्ञान नपाएमा उत्पादन नै हुँदैन र मेहनत खेर जान्छ । बस्तु उत्पादन भए पनि बजार भएन भने उत्पादन खेर जान्छ । जसो भए पनि आखिरमा मारमा गरिब किसान पर्ने हुन् । त्यसैले बजार विस्तार र ब्यवस्थापन गर्नेतर्फ बेलैमा सम्बन्धित निकाय नलाग्ने हो भने समस्या निकै जटिल हुन जान्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर

प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ ।

बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ ।

विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड गर्ने योजनाको घोषणा गरेको छ ।

दी टाइम्सले कम्पनीका प्रमुख कार्यकारीको हवाला दिँदै अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकाश गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको छ ।

सूचना प्रविधिको वर्तमान युगमा सायद एउटा मात्र गैर डिजिटल अर्थात् कागजी डकुमेन्ट भनेकै पासपोर्ट बाँकी छ । एयरलाइन्स टिकेट पनि प्रत्यक्ष रुपमा मोबाइल फोनमै उपलब्ध हुने भैसकेको छ ।

अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरुपमा ढाल्ने र सरकारबाट यसको स्विकृति प्राप्त गर्नु कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण छ ।

स्मरण रहोस् अमेरिकाको मियामी तथा एटलान्टामा मोबाइलमा आधारित इमिग्रेसन क्लियरेन्स सिस्टम परीक्षणका रुपमा लागु गरिसकिएको छ । जस अनुसार यात्रुहरुले आफ्नो भन्सार सूचना हाल्नका लागि फोनको प्रयोग गर्न सक्दछन् ।

तर कागजवीहिन पासपोर्टको विकाश गर्ने कुरा अझै निकै सुरुवाती अवस्थामा रहेको र तत्कालै यसले मूर्तरुप पाउन भने कठिन भएको डे ला रोए कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्टिन सुदरल्याण्डको भनाई छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुवै हात गुमाएपछि नाडीको भरमा एसएलसी

सुरुङ्गा (झापा) –  दुवै हात गुमाएका एक विद्यार्थीले झापाको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा (एसएलसी) दिएका छन् ।

एमराल्ड एकेडेमी भद्रपुरमा अध्ययनरत भद्रपुर नगरपालिका–४ निवासी १६ वर्षीय चन्दनकुमार महतोले पहिलो दिन अङ्ग्रेजी विषय र आज दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । उनका दुवै हातका औँला छैनन् । उनले दुवै नाडीको सहायतामा अरू विद्यार्थीसरह सजिलै परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए ।

परीक्षा समितिले अपाङ्गता भएका विद्यार्थीलाई तोकिएको समयभन्दा डेढ घन्टा बढी समय थप गरेपनि उनले नाडीको सहायताले तीव्रगतिमा लेखेकाले निर्धारित समयमै परीक्षा दिन सफल भएको भद्रपुर उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष कुलबहादुर गुरुङले बताए ।

परीक्षार्थी महतोको १० वर्षअघि घरको छतमाथि रहेको विद्युत्को नाङ्गो तार छुनेक्रममा करेन्ट लागेर दुवै हात गुमेका थिए ।

बिहीबारदेखि सुरु भएको एसएसली परीक्षा झापामा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । झापाका ५२ परीक्षा केन्द्रबाट यस वर्ष १६ हजार ९८५ जना परीक्षार्थी सहभागी हुने भनिएपनि पहिलो दिन २५५ जना अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

होसियार ! आज अप्रिल फुल

–  ईश्वर अर्याल

१९५७ अप्रिल १ मा स्विजरल्यान्डमा स्पागेटी नामक पास्ताको खेती हुँदैछ, भनेर बिबिसीले रिपोर्ट प्रस्तुत गरेपछि विश्वभरबाट उक्त खेती आफूले पनि गर्न चाहेको र त्यसको लागि बिउ बिजन चाहियो भनेर दुनियाँबाट पत्राचार र फोन गरिए । वास्तवमा बिबिसीले अप्रिल फुल मनाएको थियो । स्पागेटी नामको कुनै फल या तरकारी हुँदैन, यो सामान्य मैदाबाट बनाइन्छ ।

सम्भवतः बिबिसी जस्तो समाचार संस्थाले अप्रिल फुलको नाउँमा आफ्ना स्रोता र दर्शकहरुलाई झुक्याएको पहिलो पटक थियो । त्यसैको सिको गर्दै आजसम्म पनि संसारका धेरै ठाउँहरुमा अप्रिल फुल मनाउने चलन छ । धेरै मान्छेहरुले अरुलाई गलत समाचार दिएर दुख दिने दिनको रुपमा आजको दिनमा संस्थागत रुपमै झुट बोलिन्छ ।

के यो संस्कृति सहि हो ?  परम्परालाई डोर्याउने नाममा कसैलाई गलत समाचार या सुचना दिएर दुख दिनु भनेको साँच्चै मानविय संस्कृती हुन सक्दैन ।

गए सालको अप्रिल फुलमा दिल्लीमा अनौठो घटना घट्यो, एकजना मान्छे रेलको लिकमा दुर्घटनामा पर्यो, प्रहरीले घटनास्थलबाट उक्त मान्छेको घरमा बाबुआमालाई फोन गर्यो, तर, बाबुआमाले अप्रिल फुल भन्दै सो घटनालाई पत्याएनन् । यसबाट सहजै अनुमान लगाउन सकिन्छ, यो दिनको बारेमा मान्छेले के सोच्ने गर्दछन । ढाँट्न पाउने दिन भनेर अरुको मानविय संवेदनालाई पनि ख्याल नगरी मजाकमा उडाइने यो दिन हल्लैहल्लाको भरमा आउँछ र हल्लैमा बित्छ ।

सन् १५८२ मा फ्रान्समा ग्रोगरी तेर्हौंले जुलियन क्यालेन्डर विस्थापित गरेर नयाँ क्यालेन्डरको प्रचलन सुरु गरे । जसमा नयाँ बर्षलाई अप्रिल १ बाट जनवरी १ मा सारिएको थियो । तर, धेरै मान्छेहरुले नयाँ क्यालेन्डरलाई नजानेर या जानेर मान्न अस्विकार गर्दै, अप्रिल १ लाई नै नयाँ बर्ष मनाउँदै आए । तर, ती मान्छेहरु जसले जनवरी १ लाई नयाँ बर्ष मान्न थाले उनीहरुले पुरानो क्यालेन्डर मान्नेहरुलाई मुर्ख भन्न थाले र तिनै मुर्खहरुको लागि अप्रिल १ प्रचलित भयो भन्ने कुरा फ्रान्सको इतिहासमा पढ्न पाइन्छ । त्यही बेलादेखि युरोपमा यसको प्रचलन बढ्यो । त्यतिबेलाका पुरानो क्यालेन्डर मान्नेहरुलाई मुर्ख भनिने यो दिन युरोपमा मात्र होइन पुरै विश्वभरी नै प्रचलित भयो ।

नेपालमा यसको चलन कहिले भित्रियो भन्ने यकिन कसैलाई छैन् । विशेष गरेर युरोपियन क्रिश्चियनहरु नेपालमा भित्रिएर मिसिनरी टोलीहरु बनेपछि यसको प्रचार भएको हुनुपर्छ ।

आफ्नो संस्कृतीको वास्ता नगर्ने हामी नेपालीहरु विदेशी संस्कृतिको नक्कल गरेर अरुलाई दुख दिन पाउँदा भने दुई हातमाथि उफ्रन्छौं । अप्रिल फुलको दिन सामान्य हाँसिमजाकसम्म गर्न सुहाए पनि कसैलाई दुख दिने अभिप्रायले झुट बोल्न र कसैको मानविय संवेदनामाथि खेलवाड गर्न सर्वथा अनुचित छ ।

त्यसो त नेपाली राजनीतिक विसंगतिको बारेमा कुरा गर्ने हो भने हरेक दिन अप्रिल फुल भएको भान हुन्छ । हरेक दिन नेताले झुट बोल्ने गर्दछन, बोलेको कुरा कहिल्यै व्यवहारमा लागू हुँदैन । देश स्विजरल्यान्ड बनाउने होस् या सिंगापुर बनाउने कुरा होस्, जो कोहिले बोले पनि त्यो अप्रिल फुलमा बोले सरह नै भएको छ ।

april-fool6
तलाईं फलानोले बोलाएको छ, त्यहाँ जा अरे, फलानो साथी बिरामी भएर हस्पिटलमा छ, अथवा कोहि मर्यो अरे, मेरो प्रोमोसन भयो, आज पार्टी छ फलानो ठाउँमा आइज, जस्ता कुराहरुले हाम्रो यो दिनको दैनिकी चलेको हुन्छ । किशोर उमेरमा स्कुल मै पढ्दा पनि, तलाईं फलानो केटीले या केटाले भेट्न बोलाएको छ, सरले अफिसमा बोलाउनुभएको छ, जस्ता अरुले सामान्य रुपमा पत्याउन सक्ने तर, सत्यता नभएका कुराहरुले अरुलाई मुर्ख बनाउने चलन पहिल्यैदेखि चल्दै आएको हो । तर, यी सामान्य कुराहरु भए, योभन्दा बाहेक धेरै जटिल झुट पनि मान्छेले बोलेको हुन्छ । त्यसको परिणाम पनि नचाँहदा नचाँहदै जटिल नै निस्कन्छ, फलस्वरूप पछुताउने बाहेक अन्य विकल्प हुँदैन् ।

सामाजिक संजालहरुले सुचनामा अन्य साधनहरुलाई चुनौती दिइरहेको अहिलेको अवस्थामा सानो झुट पनि आगोको झिल्कासरी बढेर जताततै पुग्नसक्छ । यसले आधिकारिकता नपाउँदै त्यसको परिणामको शिकार हुने मान्छेहरु धेरै हुन सक्छन् । एक लाइक, कमेन्ट या सेयरले सो गलत सुचना हजारौं समक्ष पुग्नसक्छ र एउटा मानव अनियन्त्रित त्रास फैलिन सक्छ । अप्रिल फुल मनाउँदा यसको नियन्त्रणको बारेमा पनि उत्तिकै सोच्नुपर्छ र बिशेष गरेर दीर्घकालिन महत्व दिने बिषयलाई प्रयोग नगर्नु हामी सबैको हितमा हुन्छ । सकेसम्म यसलाई रमाइलोको रुपमै लिने तर, कसैलाई गम्भीर परिणामको सिकार बनाउने खालको कुरा चाहिँ नियन्त्रण गर्न सकियो भने, यो दिन हाँसीखुसी बित्न सक्छ ।
नेपालको कानुनमा होलीको दिन लोला हान्न पाउने र अप्रिल फुलको दिन झुट बोल्न पाउने भनिएर लेखिएको छैन् । गलत सुचना दिएर कसैलाई गम्भिर खालको परिणाम भोग्न बाध्य पारिन्छ, भने जनताको सुरक्षा गर्न भनेर बनेको कानुन पनि टुलुटुलु बसेर हेर्ने कुरा हुँदैन । हाँसीमजाक गरेकै सुचना पनि गम्भिर प्रकारको साइबर क्राइमको केसमा अल्झिन सक्छ, भन्ने कुरामा हामी सबै सजग बन्नुपर्दछ । कसैलाई दुख दिने नियतले गरेका हरेक कुराहरू अपराधिक बन्न सक्छन् र कानुनअनुसार दण्डित हुनुपर्ने त स्वाभाविक रुपमा हुन्छ नै ।

धेरै मान्छेहरु यसको बारेमा जान्न चाहन्नन्, तर अरुलाई कसरी मूर्ख बनाउन सकिन्छ भनेर चौबिसै घन्टा सोचेर बस्ने गर्दछन । सकेसम्म आफूले चिनेको मान्छेलाई मूर्ख बनाउने नभए बाटोमा हिँडिरहेका अपरिचितहरुलाई भएपनि मूर्ख बनाउन खोज्दा आफैँ फन्दामा पर्न सक्छन । सोझा–साझा जसलाई यो दिनको बारेमा थाहा हुन्न, उनीहरुले कसैले भनेको कुरा छिट्टै पत्याइहाल्ने हुनाले सोझासाझा नै यसको सिकार हुने गर्दछन । तर, यो बुझ्न जरुरी छ कि कसैलाई मूर्ख बनाउँदैमा आफ्र सज्जन हुन सकिन्न्, आफ्नो व्यक्तिगत उचाइको परिचय आफैं दिनुपर्दछ ।

शिकार त प्रहरी प्रशासन पनि हुन सक्छ, आजको दिनमा विशेष सुरक्षा व्यवस्था गर्नु र इमरजेन्सी रेस्पोन्स टिम खडा गर्नुपर्दछ । समाजमा नराम्रा मान्छेहरुको कमि हुन छोडेको छ आजकाल । सकेसम्म यो संस्कृतिलाई पालना नै नगर्ने, हुँदै नभए संयमित भएर पालना गर्नु भनेको मानविय सभ्यताको परिचय दिनु हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

असारदेखि काठमाडौंमा फोहोरबाट बिजुली बल्छः महानगर

१९ चैत, काडमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौंमा फोहरबाट बिजुली निकाल्न सुरु गर्ने जनाएको छ ।

नमूना परियोजनाका रुपमा स्थापना हुने बिजुली निकाल्ने प्लान्ट आगामी असारसम्म सञ्चालनमा ल्याउने महानरपालिकाको जनाएको छ । भारतबाट बिजुली निकाल्ने मेसिन किनेर ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले बताए ।

तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली निकाल्ने मेसिनको भारतमै पुगेर अवलोकन गरेर फर्किएको छ । विद्युत प्लान्ट भित्र्याउन राज एन्ड रिवाज नेपालीज वेस्ट कम्पनीले जिम्मा लिएको छ । भारतको इनिर्जी बीन नामक कम्पनीले निर्माण गरेको प्लान्टबाट बिजुली निकाल्ने मेसिन खरिद गर्ने तयारी छ । यो मेसिनको वारेन्टी ३ वर्षको हुनेछ ।

‘अहिले आउने ठूलो आकार र क्षमताको हैन । यो सामान्य डेमोजस्तै हुन्छ’ प्रमुख कार्यकारी तामाङले भने-‘तर, फोहोरबाट बिजुली निकाल्ने र जैविक फोहोरको व्यवस्थापन गर्ने सवालमा यसले नेपालका यसको परीक्षण गर्नेछ । त्यसैले यो निकै महत्वपूर्ण छ ।’

बिजुली निकाल्न कुहिने खालका जैविक फोहोरमात्रै प्रयोग गरिनेछ । काठमाडौंको टेकुस्थित फोहर स्टेशनमा जडान हुने मेसिनले फोहोरबाट पहिलो चरणमा बायो-ग्यास उत्पादन गर्नेछ । त्यही ग्यासबाट प्राप्त हुने शक्तिलेे बिजुलीको टर्वाइनलाई चलाइनेछ । टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान छ । फोहोरबाट उत्पादन हुने बिजुली टेकुको सडक बत्तीमा उपयोग गर्ने महानगरको योजना छ । परियोजनाका लागि १ करोड ८२ लाख रुपैयाँ खर्च हुने प्रमुख कार्यकारी तामाङले बताए ।

परियोजना अन्तरगत दैनिक तीन टन जैविक फोहोर प्रशोधन गरेर बिजुली निकालिने छ । छानिएको जैविक फोहरलाई सुरुमा मेसिनले धुलो बनाउनेछ । त्यसपछि फोहोरलाई प्लान्टमा कुहाइनेछ । कुहिएको फोहोरबाट बायो-ग्यास निकालेर त्यसबाटै बिजुलीको उत्पादन गर्ने योजना छ । महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा यो परियोजना नमूनाका रुपमा सञ्चालन गर्न लागेको हो ।

बिजुली निकाल्ने फोहोरका लागि महानगरका १९ र १२ नमबर वडामा सर्वसाधारणको घरमै जैविक फोहर बर्गीकरण गर्न लागिएको छ । त्यही फोहर बिजुली प्लान्टमा प्रयोग गरिनेछ । राजधानीमा दैनिक जम्मा हुने फोहोरमध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका हुन्छन । फोहोरका लागि वाषिर्क करोडौं रुपैयाँ खर्च गर्ने गरेको महानगरले यो परियोजना सफल भए सबै जैविक फोहोरबाट बिजुली निकाल्न प्रयोग गर्ने योजना बनाएको छ ।

यो परियोजनाबाट बिजुली निकाल्न सके देशभरका नगरपालिकाले यसलाई पछ्याउन सक्ने अधिकारीहरु बताउँछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दिशा धोइदिने अटोमेटिक ट्वाइलेट नेपाली बजारमा

१९ चैत, काठमाडौं । आफै दिशा धोइदिने अटोमेटिक ट्वाइलेट कमोड ! त्यो पनि मन पर्ने गीत सुन्दै ट्वाइलेट बस्न पाइने ! सुन्दा अचम्म लाग्न सक्छ । तर, यही अटोमेटिक ट्वाइलेट नेपाली बजारमा भित्रिएको छ ।

जापानमा लोकप्रिय रहेको अटोमेटिक ट्वाइलेट कमोड सजना ट्रेड लिंकले नेपाल भित्राएको हो । यो कमोडमा दिशा गरिसकेपछि एउटा बटन थिचेको भरमा हाइड्रोलिक नोजल बाहिर आएर पानीको फोहोरा फाली दिशा धोइदिन्छ ।

जापानमा अटोमेटिक ट्वाइलेट अनिवार्य भइसकेको छ । त्यहाँका सार्वजनिक ट्वाइलेटमा समेत अटामेटिक कमोड राखिएको हुन्छ । नेपालमा पाँचतारे होटलमा समेत अटोमेटिक कमोड राखिएको देखिदैन ।

Twailet 4सजना ट्रेडका सञ्चालक सरोज न्यौपानेले पाँच वर्षअघि जापान जाँदा आफै दिशा धोइदिने ट्वाइलेट देखेका थिए । जापानको प्रख्यात पानासोनिक कम्पनीको उत्पादन अटोमेटिक कमोड उनले नेपालमा व्यवसायीक रुपमा भित्राए ।

‘नेपालमा पनि खर्चालु र सौखिन मानिस बढेका छन्, त्यस्ता व्यक्तिहरु ट्वाइलेट गएपछि हातले दिशा धुन नपरोस भन्ने चाहान्छन्’ न्यौपानले अनलाइनखबरसँग भने- ‘नेपालमा यस्तो खालको ट्वाइलेट प्रयोगमा थिएन, त्यही भएर अटोमेटिक ट्वाइलेट बिक्री सुरु गरेको हुँ ।’

साधारण कमोडको तुलनामा अटोमेटिक कमोडको मूल्य अलि चर्को छ । तर, यसका सेवा सुविधाहरु हेरेमा खासै महंगो नभएको न्यौपाने बताउँछन् । नेपालमा ९८ हजार ५ सय रुपैयाँदेखि दुई लाख ३० हजारसम्म अटोमेटिक कमोड उपलब्ध छन् ।

दुई लाख ३० हजार पर्ने कमोड पूर्ण रुपमा सेन्सरवाला हुन्छ । ग्राहकले अर्डर गरेमा आफुले जापानबाट झिकाइदिने न्यौपानेले बताए । यो मूल्यमा फिटिङ, ढुवानी लगायतका शुल्क जोडिएको उनको भनाई छ ।

कमोडमा रहेको सेन्सरले दिश गरिसकेपछि पानीको फोहोरा फाली दिशा धोइदिन्छ । दिशा धोइदिने नोजल लेडिज जेन्स दुबैको एउटै हुन्छ । तर, लेडिजहरुका लागि पिसाव गरेपछि सफा गरिदिने छुट्टै नोजल समेत रहेको हुन्छ ।

सुरुमा सौखिन र धनाढ्य वर्गलाई तार्गेट गरी यो ट्वाइलेट भित्राए पनि विस्तारै अनिवार्य हुने विश्वास न्यौपानेको छ । विकसित मुलुकहरुमा यस्तो ट्वाइलेट धेरै प्रयोगमा आइसकेको छ । ‘४/५ वर्षअघि नेपालमा कम्यूटर पनि सौखिन वस्तुमा पथ्यो, अहिले त्यही वस्तु अत्यावश्यक बनेको छ । यो पनि भोलीका दिनमा अत्यावश्यक वस्तु बन्ने छ’ उनले भने ।

यो कमोड चलाउन इलेक्ट्रिक चाहिन्छ । कम पावरबाटै चल्ने हुँदा लोडसेडिङको बेलामा पनि नर्मल इन्भर्टरबाट पनि सजिलै चलाउन सकिने न्यौपाने बताउँछन् । उनका अनुसार यो कमोडले सुरुको ८ देखि १२ मिनेटसम्म ४८ वाट विद्युत खपत गर्छ । त्यसपछि भने ८ देखि १० वाटमात्र खपत गर्ने उनले बताए ।

Twailet 1कसरी काम गर्छ ?

यो कमोडमा एउटा सेन्सर जडान गरिएको छ । जुन सेन्सरले दिश गरिसकेपछि एउटा बटन थिचेको भरमा आफै पानीको फोहोरा फाली फोहोर पखालिदिन्छ । दिशा धोइदिने नोजल लेडिज जेन्स दुबैको एउटै हुन्छ । तर, लेडिजहरुका लागि पिसाव गरेपछि सफा गरिदिने छुट्टै नोजल समेत रहेको हुन्छ ।

आवश्यकता अनुसार कमोडको सिट कभर तताउन सकिन्छ । बटन थिचेर नै आवश्यकता अनुसार पानी तातो चिसो बनाउन सकिन्छ । यतिमात्र होइन, तातो हावा फालेर पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्ने प्रविधि पनि यसमा जडान गरिएको छ ।

यसमा म्युजिक समेत सुन्दै दिशा बस्न सकिन्छ । यसका लागि पेनड्राइभ वा हार्ड डिस्कको प्रयोग गर्नुपर्ने हुन्छ । गीत संगीतको मज्जा लिँदै ट्वाइलेट बस्दा मन आनन्दित हुने न्यौपाने बताउँछन् ।

Twailet 2कमोडमा ड्यासबोर्ड रहेको छ । दाहिनेतर्फ रहेको ड्यासबोर्डमा पानीको फोहोरा स्टप गरिदिने बटन, स्प्रे गरिदिने बटन, पानीको स्पिड बढाउने घटाउने बटन, लेडिजका लागि छुट्टै बटन, सिट तातो चिसो बनाउने बटन, पानी चिसो तातो बनाउने बटन, नोजल सफा गरिदिने बटन लगायत रहेका छन् ।

आफै दिशा धोइदिने हुँदा यो ट्वाइलेट खासगरी बुढाबुढी, अपाङ्ग, बालबालिका, पायल्स रोगी तथा मलद्धार सम्बन्धी रोगीहरु लगायतका लागि धेरै उपयोगी रहेको न्यौपानले बताए ।

कम्पनीले यो कमोडको निःशुल्क डेलिभरी व्यवस्था गरेको छ ।  साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी समेत प्रदान गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आजदेखि श्रीकृष्णको अन्तिम फिल्म

काठमाडौं । शुक्रवारदेखि नेपाली सिनेमा घरहरुमा स्व.नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘इन्द्रबती’ प्रदर्शन हुने भएको छ । बद्री अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपना थापाले पनि अभिनय गरेकी छिन् ।

साहित्यकार रमेश विकलको कृति ‘अबिरल बग्दछ इन्द्रावती’मा आधारित यस चलचित्रमा यस अघि निर्देशक अधिकारीले नै सिरियल समेत बनाएका थिए ।

शुक्रवारदेखि नै अर्को फिल्म ‘जन्मभूमी’ प्रदर्शन हुने भएको छ । मोहन निरौलाको निर्देशनमा बनेको ‘जन्मभूमी’मा अनु शाह, विनोद श्रेष्ठ, निश्मा घिमिरे, ओम प्रतिक, केशब भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । दिनेशराज शर्माको निर्देशन रहेको ‘लक्की सेभेन’ पनि आजैदेखि प्रदर्शन हुने भएको छ ।

अनाथ वालवालिकाको कथामा आधारित भनिएको लक्की सेभेनमा जय किशान बस्नेत र स्व.नायिका जेशिका खड्काको अभिनय रहेको छ । करिना कपुर र अर्जुन कपुर अभिनित हिन्दी चलचित्र ‘कि एण्ड का’ पनि आजै रिलिज हुने भएको छ ।

आर बाल्की निर्देशित यस फिल्ममा एक युवा जोडीको विवाहको कथा पेश गर्छ । कामकाजी युवति र वेरोजगार युवाको कथा रहेको छ यसमा ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्जुननरसिंहको घोषणाः म हिन्दु हुँ, तर यो संविधानलाई उधिन्न दिन्नँ

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धर्मको बाहना बनाएर नयाँ संविधानलाई उधिन्न खोजिरहेका कांग्रेसका नेताहरुविरुद्ध डटेर संघर्ष गर्ने बताएका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार बनेका केसीले आफू तीनवटा कारणले पराजित भएको बताए । आफ्नो विरुद्धमा व्यापक क्रस भोटिङ भएको उनले बताए ।

महाधिवेशनको सन्दर्भ र कांग्रेसभित्र उठेको धर्मनिरपेक्षताको विरोधबारे नेता केसीसँग गरेको संक्षिप्त कुराकानीः

१३ औं महाधिवेशनमा तपाईहरुको समूहबाट देउवाले सभापति जित्नु भो । तर, तपाईले जित्न सक्नुभएन । के भएछ ?

पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियामा जीत हार स्वभाविक हो । पार्टी नेतृत्वको निर्वाचनमा कोही पनि लुजर (पराजित) हुँदैन, विनर (विजयी) र रनर (सहगामी) मात्र हुन्छ । त्यसैले यो चुनावी परिणामलाई सामान्य र सहज ढंगले लिनुपर्छ । मैले त्यही रुपमा लिएको छु । तर, यसको वस्तुगत परिस्थिति र दूरगामी प्रभावबारे विश्लेषण गर्दैछु ।

मैले हेर्दा म विजयी हुन नसक्नुका तीनवटा कारकतत्व पाएको छु । पहिलो, म जुन टिमबाट चुनाव लडेँ, त्यहीँभित्रबाट ब्यापक क्रस भोटिङ भयो । दोस्रो, वीपी कोइरालाको लिगेसीले पनि काम गर्‍यो । तेस्रो, पारिवारिक अवस्थालाई संयोजन गर्न नसक्दा त्यसले मतदातामा मनोवैज्ञानिक असर गर्‍यो । त्यो मनोवैज्ञानिक उथल-पुथल (साइकोलोजिकल अप्हिभल) थियो ।

तर, गगनजी चुनाव लड्ने, वीपीको छोरा प्रतिस्पर्धी हुने त चुनाव अगाडि नै थाहा थियो नि हैन ?

बीपीको छोरा प्रतिस्पर्धी भएर मात्र म हारेको होइन । टिमबाट म्यासिभ रुपमा क्रस भोटिङ भयो ।

यो थाहा थिएन ?

यो हदसम्म गरिएला भन्ने मैले सोचेको थिईँन । म टिमलाई कसरी सशक्त बनाउने भनेर टिम बाहिरका साथीहरुसँग समेट्न लागेँ । टिम त टिम हो, त्यहाँ विश्वासले न राजनीति चल्छ । त्यो विश्वासमा म रहेँ र यतिसम्म होला भनेर मैले नकारात्मक विश्लेषण नै गरिनँ ।

उसोभए अन्तरघात भो ?

म क्रस भोटिङ भन्छु । त्यसलाई तपाई जुन शब्दले भन्नुहुन्छ, आफ्नो भाषा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईकै शब्दमा क्रस भोटिङ, मतदाताहरुको व्यक्तिगत थियो कि कुनै समूह उपसमूहको योजनामा ?

मसँग भित्रभित्रै असहमति राख्ने, इष्र्या गर्नेहरु थिए । त्यसमा समूहगत र वैचारिक स्वार्थहरु जोडिएका होलान् । सबै कुरा म अहिले भनिरहन पनि चाहन्नँ । यो हाम्रो पार्टीभित्रको आन्तरिक विषय भएकाले समय क्रममा खुल्दै जाला । किनभने म चुनाव हारेँ, भोट नपुगेर हारेँ । यसका विभिन्न कारक तत्वलाई सार्वजनिक गर्न बढी आवश्यक ठान्दिँन ।

क्रस भोटिङ गर्नेको समूह-उपसमूहको नाम होला ?

को मान्छे भन्ने थाहा त मलाई छ, तर, अहिले नै भन्न चाहन्नँ । किनभने म पहिलेदेखि नै निरन्तर रुपमा पार्टीमा भागवण्डा, विभाजन र गुट उपगुटको अन्त्य हुनुपर्छ भनेर दृढताका साथ आफ्ना दृष्टिकोण र विचार राख्दै आएको हुँ । लाखौँ कार्यकर्ताहरूको अस्तित्व र करियरका लागि पनि मैले आˆना मान्यता र अडान राखेको हूँ । म फेरि त्यो विभाजन र तिक्तता नयाँ रुपमा सिर्जना होस् भन्न चाहन्न ।

नाम नभने पनि प्रवृत्ति त भन्न मिल्छ होला नि ?

प्रवृत्ति पनि म नभनौं । किनभने कांग्रेसभित्र सबै कांग्रेसका आदर्श, सिद्धान्त र विचारसँग सहमत भएका काम गर्ने साथीहरु नै हुनुहुन्छ । उहाँहरूमध्ये कसैको डाहा र इष्र्या होला, कसैको कुनै निहित स्वार्थ र व्यक्तिगत कमजोरी होलान् । कसैले अर्जुननरसिंह केसीको नेतृत्व स्थापित भयो भने हामी पछि पर्छौं भन्ने होला । तर, म यसलाई केलाएर समय बर्वाद गर्न चाहन्नँ ।

किनभने, कांग्रेसका सामू चुनौतीहरु छन् । पहिला कांग्रेसभित्र समग्र एकता, त्यसपछि सम्पूर्ण लोकतन्त्रवादीहरुको एकता र राष्ट्रिय एकता प्रवर्द्धन गर्दै नयाँ संविधानमा विद्यमान कमी कमजोरी हटाएर पार्टीले संविधान कार्यान्वयनको नेतृत्व गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छु ।

तपाईँले संविधान कार्यान्वयन गर्ने भन्नु भो । संविधानलाई त कांग्रेसबाटै चुनौती आउने देखियो । धर्म निरपेक्षताविरुद्ध प्रस्ताव ल्याउँछु भन्न थाले ।

मलाई कसैले सोध्यो भने म हिन्दु हुँ । मलाई यसमा कुनै अप्ठ्यारो छैन । तर, अहिले संविधानको मौलिकतालाई नै उधिनेर हिन्दु राज्य, संघीयतामा ‘पुनर्विचार’  वा राजसंस्था पुनस्र्थापनाका कुरा निकालिएको छ, यो गलत दृष्टिकोण हो ।

कांग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधानका मौलिकताहरुलाई नै उधिनेर संविधान असफल बनाउने र देशलाई अस्थिरता-अराजकतामा लैजाने कुरा गर्न सक्दैन र हुँदैन ।

तपाईहरुको केन्द्रीय समितिमा जितेर आएका कतिपय नेतालाई धर्मनिरपेक्षता मन परेको देखिएन । केन्द्रीय कार्यसमितिमा प्रस्ताव नै ल्याउँछु भन्न थालेका छन्…..

तपाईँले धेरै साथी भनेको कति हो, त्यो मलाई थाहा छ । त्यो जनस्तरमै गएर बहस गर्नु परे म तयार छु ।

जहाँसम्म केन्द्रीय कार्यसमितिमा प्रस्ताव ल्याउने कुरा छ, उहाँहरुको त्यो अधिकार सुरक्षित छ । तर, संस्थागत निर्णयलाई उधिनेर यो संविधानले दिएको सन्तुलनलाई खल्बल्याउने, थिलथिलो बनाउने खेलमा कांग्रेस फस्नु हुँदैन ।

तर, संविधान निर्माणका क्रममा तपाई आफैंले धर्म निरपेक्षतामा संशोधन हाल्नुभएको थियो हैन ?

धार्मिक स्वतन्त्रता नै पर्याप्त हुन्छ भनेर संविधान निर्माण गर्नुभन्दा अगाडि मेरो विचार राखेँ । हाम्रो पार्टीको झण्डाका चार तारामध्ये एउटा तारा ‘धार्मिक स्वतन्त्रता’ को प्रतीक हो । तर, अहिलेको परिवेशमा धर्मनिरपेक्षता हामीले स्वीकार गरिसकेको विषय हो । त्यसलाई उधिन्ने र फेरि प्रश्न ठड्याएर संविधानको सर्वमान्यतालाई विवादको कठघरामा पुर्‍याएको म हेर्न चाहन्न । कुनै पनि काँग्रेसजनको त्यो काम होइन ।

उसोभए कांग्रेस मुख्य चुनौती यही हो ?

कांग्रेसले अहिले समग्र रुपमा जुन संविधान उपलब्धिका रुपमा हासिल गरेको छ, त्यसलाई समेट्दै संशोधनको प्रक्रिया अघि बढाउन सकिन्छ ।

संशोधन गर्नुपर्छ भनेपछि त धर्म निरपेक्षताको वा हिन्दु राष्ट्रका लागि पनि होला नि त ?

यो संसदको मुख्य काम संघीय संरचनालाई पूर्णता दिने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र त्यसमा देखिएका कमी र कमजोरीलाई सुधार गर्दै जाने हो । संविधानको एउटा चक्र पूरा भएपछि संशोधनतिर प्रवेश गर्न सकिन्छ । संघीयता,  लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गरेर एउटा प्रादेशिक संरचनासहित चुनावपछि अर्को संसदमा उठाउनेमध्ये एउटा मै पनि हुन सक्छु ।

तर, अहिले निर्मित संविधानका मौलिक विशेषतामा कहीँ कतैबाट चुनौती आउँछ भने म त्यसको खिलाफ हुन्छु । ६५ वर्ष लामो संघर्षपछि प्राप्त भएको संविधानलाई छिन्नभिन्न बनाउने कुरा न राष्ट्रको हितमा छ, न लोकतन्त्रको हितमा छ, न त कांग्रेसको हितमा  नै छ ।

फेरि हामी मात्रै यो देशको अन्तिम सत्य होइन, २९ दल संसदमा छन् । के यहाँ हामीले अराजकता र अस्थिरता निम्त्याउन खोजेको ? अराजकताबाट कसैलाई प्रवेश गराउन खोजेको ? यो मलाई मान्य छैन ।

संघीयताको सीमांकनमा पनि असन्तुष्टि कायमै छ नि ?

मधेसका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ भन्ने म निरन्तर लागेको मान्छे हुँ । ५/१० दिन रोकेर भएपनि मधेसलाई सम्बोधन गरेर मात्र संविधान जारी गरौं भनेर लिखित र मौखिक रुपमा भनेको थिएँ । त्यसैले मधेसको चाहना, त्यहाँका जनताका इच्छा-आकांक्षा र मधेसले खोजेको सम्मान र पहिचानलाई सम्बोधन गर्न हामी सहज मानसिकताका साथ तयार हुनुपर्छ ।

तर, मधेसलाई सम्बोधन नगर्नेमा कांग्रेसका नवनिर्वाचित सभापति पनि हो भन्ने आरोप छ नि ?

यो कसैलाई आक्षेप लगाउने भन्दा पनि फेरि नयाँ ढंगबाट कहाँ, कसरी सम्बोधन गर्न सकिन्छ भनेर कुराकानी गर्नुपर्छ । मधेसका धेरै कुरा त सम्बोधन भएकै छन् । संविधानमा पहिलो संशोधन कांग्रेसकै नेतृत्वमा भयो, यसले धेरै अन्योल र अस्पष्टतालाई हटाएको छ । अब केही बाँकी छ भने छलफल र सहमतिबाट टुङ्गो लगाउनुपर्छ ।

तर, कांग्रेसको ध्यान मधेसलाई सम्बोधन गर्ने भन्दा पनि सरकारमा गएको हो ?

महाधिवेशनको काम सकिएपछि संसदीय दलको निर्वाचनमा हाम्रो ध्यान केन्दि्रत छ । त्यसपछि केन्द्रीय कार्यसमितिलाई पदाधिकारी र सदस्य मनोनित गरेर पूर्णता दिएपछि सबैभन्दा ठूलो दलको हैसियतले सरकार गठन गर्ने पहिलो जिम्मेवारी र दायित्व पनि काँग्रेसकै हो ।

सरकारको अभयदानमा चर्किरहेको महंगी, कालोबजारी, ग्यास र इन्धनको अभावलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । आवश्यक पर्‍यो भने सरकार परिर्वतनबारे पनि सोच्छौं

कहिलेसम्म बन्ला कांग्रेस नेतृत्वमा सरकार ?

अहिले सरकार बनाउने कुरा मात्र हाम्रो प्राथमिकतामा छैन । तर, सरकारले गरेका गतिविधि र अहिलेसम्मका विकृतिबारे हामी गम्भीर छौं । र, यसलाई गम्भीरताका साथ उठाउने र आवश्यक परे जनतामा पनि जान्छौं ।

सरकारको अभयदानमा चर्किरहेको महंगी, कालोबजारी, ग्यास र इन्धनको अभावलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । यसलाई सुधार गर्न सरकारलाई दबाव दिन्छौं । र, आवश्यक पर्‍यो भने सरकार परिर्वतनबारे पनि सोच्छौं ।

अहिले चाँहि बेला भएको छैन ?

बेला भएको छैन । र, हतार गर्नु पनि हुन्न । सरकारलाई सुधि्रने उचित मौका हामी दिइरहेका छौँ ।

– See more at: http://www.onlinekhabar.com/2016/04/408952/#sthash.405W5Csy.dpuf


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा, महत्वपूर्ण निर्णय हुने

काठमाडौं, १९ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा आहिले केही समयपछि बस्ने बैठकमा विशेष गरेर मन्त्रालयका नियमित विषयमा छलफल हुनेछ ।

बैठकमा पुनःनिर्माणका विषयमा भइरहेको ढिलासुस्तीमा पनि छलफल हुने एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका विषयमा पनि मन्त्रीहरूलाई जानकारी गराउनु हुने बुझिएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कराण आजका लागि सारिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारविरुद्ध प्रदर्शन हुँदै, महँगी र कालोबजारी नियन्त्रण गर्न माग

काठमाडौं, १९ चैत । सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेको भन्दै विद्यार्थी संगठनहरूले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछन् ।

भारतले लगाएको नाकाबन्दी र मधेस आन्दोलनका नाममा भइरहेको कालोबजारी र महँगी नियन्त्रका लागि सत्तारुढ र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरूका विद्यार्थीले संयुक्तमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सरकारविरुद्ध प्रदर्शनको कार्यक्रम राखिएको नेविसंघका प्रवक्ता यूपी लामिछाने जानकारी दिनुभयो । ‘सरकारले कालोबजारी र महँगीलाई बढावा दिएको हाम्रो ठहर छ’, उहाँले भन्नुभयो, ‘सरकारलाई दबाब दिनका लागि सबै विद्यार्थी संगठनहरूले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हौँ ।’

संयुक्त विद्यार्थी आन्दोलनमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारीसहित झण्डै दर्जन विद्यार्थी संगठन रहेका छन् । यसअघि बिहीबार बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले महँगी र कालोबजारी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विन्द्रा रावलको मृत्युको कारक को ? किन आत्महत्या गरिन् ?

अछाम, १९ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् ।

आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताउनुभयो ।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ ।

अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताउनुभयो । मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार बताउँदै ठग्ने युवती पक्राउ

१९ चैत, काठमाडौं ।  सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार भएको बताउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले माङ्खा गाविसकी कोपिला बोहोरालाई पक्राउ गरेको हो ।

अाफ्नो नामथर ढाँटेर रकम सापटी लिएर नतिर्ने चौविस वषिर्या बोहरालाई स्थानीय प्रहरीमा बुझाइएको छ । बोहराले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको भन्ने जानकारी पाएपछि खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

बोहराले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भनि ओखलढुंगा जिल्ला नारायणस्थान गाविस वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका ३४ पुरानो बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरी वस्ने परदेश राईसँग १६ लाख रुपैयाँ लिएकोमा ११ लाख ७५ हजार रुपैयाँ फिर्ता नगरेपछि राईले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकमा पत्रगरेका थिए ।

यस्तै बोहोराले  काठमाडौं  महाँकाल वस्ने लक्ष्मी प्रधानसँग ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एबीसी टेलिभिजनले भन्यो- सिके राउत आतंककारी होइनन्

१९ चैत, काठमाडौं । देश टुक्र्याउने अभियानमा लागेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको एबीसी टेलिभिजनले राउत आतंककारी नभएको बताएको छ ।

सिके राउतको अन्तरवार्ताबारे प्रेस काउन्सिलले स्पष्टीकरण सोधिसकेपछि एबीसी टेलीभिजनले वक्तव्य जारी गर्दै भनेको छ- हामीलाई अहिलेसम्म थाहा भएअनुसार सिके राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् । यदि आतंकारी भएको भए राज्यले खुलम खुला हिंडडुल गर्न छुट किन दिएको ? सिके राउतलाई नेपाल प्रहरीले न त सर्वाधिक खोजीको सूचिमा राखेको छ, न त इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको छ ।

टेलिभिजनको वक्तव्यमा भनिएको छ- देशको कानुन व्याख्या गर्ने सर्वोच्च सम्मानित निकाय अदालतले सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।

तर, सिके राउतले अन्तरवार्तामा दिएके अभिव्यक्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसँग मेल नखाने र उनीसँग एबीसीको फरक मत रहेको वक्तव्यमा उल्लेख छ ।

हेर्नुहोस् वक्तव्यको पूर्ण पाठ

बुधबार साँझ कार्यक्रम एबीसी वाचमा सीके राउतको अन्तर्वार्ता प्रसारित भएपछि यसबारे क्रिया प्रतिक्रियाहरु आउन थालेका छन् । राउतको अन्तर्वार्ता प्रकरणप्रति एबीसी फरक मत राख्दछ ।

एबीसी न्यूज स्थापनाकालदेखि राष्ट्र, राष्ट्रियता र जनताप्रति सबैभन्दा बढी समर्पित छ । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानलको रुपमा हामीले स्थापनाकालदेखि आम जनताको चासो र चिन्ताको पक्षमा समाचारहरु प्रसारित गर्दैआएका छौं । हामी दावीका साथ भन्छौं, हाम्रो, हाम्रा प्रत्येक समाचार र रिपोर्टहरु जनताप्रति उत्तरदायी छन्, राष्ट्रियताप्रति प्रतिवद्ध छन् । जनताका प्रत्येक सरोकारमा चासो राख्नु हाम्रो दायित्व हो ।

एबीसीमा बुधबार लाइभ अन्तर्वार्ता प्रसारित भएपछि बुधबार रातिदेखि नै क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । ती सबैको एबीसी सम्मान गर्दछ । सिके राउतका कुनै पनि अभिव्यत्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसंग मेल खांदैनन् ।

बरु, ती अभिव्यत्तिप्रति एबीसी टेलिभिजन खेद व्यक्त गर्दछ । तर, सीके राउतले प्रत्यक्ष प्रसारणका क्रममा भनेका कुराहरुलाई लिएर अहिले बाहिर आइरहेका क्रिया प्रक्रियाहरुप्रति भने हामी संवेदनशील भएका छौं ।  सीके राउतका अभिव्यत्तिबारे व्याख्या र विश्लेषण गर्ने आम जनताले हो । उनका अभिव्यत्तिले एबीसीको प्रतिनिधित्व गर्दैनन् ।

प्रत्यक्ष प्रसारणमा गरिएका कुराकानीलाई सेन्सर हुँदैन भन्ने सबैलाई जानकारी भएकै हो । बरु, अन्तर्वार्ताकारले उनका अभिव्यक्तिप्रति बारम्बार आपत्ति जनाएका छन् ।

एबीसीमा प्रसारित अन्तर्वाताले सीके राउतलाई कतै प्रमोट गरेको छैन । बरु, उनको चरमपन्थी अभिव्यक्तिप्रति आम जनताले जान्न पाएका छन् र उनी कस्तो खाले व्यक्ति हुन भन्ने बुझ्न पाएका छन् ।

सीके राउतले राष्ट्र विखण्डन गर्ने पहिलो अभिव्यक्ति एबीसीबाट दिएका पनि हैनन्  पहिल्यै दिएका थिए भने उनलाई अहिलेसम्म कारवाही गरिसकेको हुनुपथ्र्यो । हामीलाई अहिलेसम्म थाहा भएअनुसार सिके राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् । यदि आतंकारी भएको भए राज्यले खुलम खुला हिंडडुल गर्न छुट किन दिएको ?

सिके राउतलाई नेपाल प्रहरीले नत सर्वाधिक खोजीको सूचिमा राखेको छ नत इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेको छ रु देशको कानुन व्याख्या गर्ने सर्वोच्च सम्मानित निकाय अदालते सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।

एबीसीमा प्रसारित सिके राउतको अभिव्यक्तिकै कारण आम जनताको राष्ट्रियताप्रतिको मनोविज्ञानमा गम्भीर चोट पुगेको छ भने एबीसी न्यूज त्यसमा क्षमायाचना गर्न तयार छ । तर, यही नाममा एबीसी विरुद्ध प्रयोग हुने तत्वहरुहरुप्रति भने एबीसी खेद प्रकट गर्दछ ।

राष्ट्रियता र सार्वभौमिकताप्रति सबैभन्दा बढी सचेत एबीसी छ । राष्ट्रियता र देशभक्तिप्रतिको हाम्रो निरन्तरको अडान कसै कसैलाई पाच्य हुन नसकेको पनि प्रष्टै छ ।

सीके राउतको अन्तर्वार्ताका क्रममा उनले दिएका अभिव्यक्तिप्रति एबीसीले प्रष्ट फरक मत राख्छ । तर, यही नाममा एबीसीप्रति गरिने आक्रमण भने स्वीकार हुन सक्दैन ।

एबीसी प्रत्येक मैत्रिपूर्ण आलोचनालाई स्वीकार गर्न, दर्शकको सुझाव अनुसार सुधार गर्न तयार छ, तर, ध्वंसात्मक आलोचनालाई भने एबीसी कतै स्वीकार गर्न बाध्य छैन । गाउँ सहर दुनियाँ ब्यूँझाउने हाम्रो अभियान जारी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अब सशस्त्र प्रहरीका निरीक्षक डिएसपी कहिले बन्ने ?

काठमाडौं, १९ चैत । सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरिक्षक (इन्स्पेक्टर)को पहिलो ब्याच आधारभूत तालिम पूरा गर्ने बित्तिकै डिएसपीमा बढुवा भएको थियो ।

१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् ।

संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले बनाउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास हुने

पोखरा, १८ चैत । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनुभयो ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश नं ४ का लागि गौरवको विषय भएको बताउँदै उहाँले निर्माण कार्यलाई सफल बनाउन प्रदेश नं ४ का सांसद, राजनीतिक दलका नेता तथा पर्यटन एवम् सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, कार्यालय प्रमुखसमेत रहेको मूल समिति गठन गरिएको जानकारी दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय शब्द हटाइने बताउँदै उहाँले विमानस्थलको नाम के राख्ने भन्ने सम्बन्धमा उच्चस्तरीय समितिलाई सिफारिस गर्न आग्रह गर्नुभयो ।

उहाँका अनुसार शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने छ । “विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ,” उहाँले भन्नुभयो – “निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल निर्माण सम्पन्न गर्न स्थानीयवासी र नागरिक समाजको सहयोग आवश्यक हुने बताउनुभयो ।

“विमानस्थल निर्माण भएर मात्र हुँदैन पोखरामा पर्यटक ल्याउन सक्नुपर्छ,” उहाँले भन्नुभयो – “धेरै पर्यटक पोखरा भित्र्याउन सकिए मात्र विमानस्थल निर्माणको सार्थकता पुष्टि हुन्छ ।”

पोखरा आउने सडक पनि व्यवस्थित गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयरुपमा गरिएका निरन्तरका प्रयत्नबाट वर्तमानसम्म आइपुगिएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

सांसद शारदा पौडेलले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको माग समेतलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद सीता गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताउनुभयो ।

सांसद चूडामणि जङ्गलीले विमानस्थलको माग गर्दै पोखरेली जनताले पोखरा विमानस्थल अगाडि १५१ दिन रिले अनशन बसेको स्मरण गर्दै लामो सङ्घर्ष पछि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न लागेको बताउनुभयो ।

सांसद तेजकुमारी पौडेलले विमानस्थल निर्माणसँगै यस क्षेत्रका विकासको सम्भावना बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

सांसद डिबी नेपालीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पहुँच अन्तर्राष्ट्रियस्तरमा सिधै पुग्ने बताउनुभयो ।

स्थानीयवासी भीमसेन थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

​सरकारले सार्‍यो झापालाई तराईबाट पहाडी जिल्लामा, ३४ दिन हुनेछ सरकारी विदा

काठमाडौँ :  सरकारले झापा जिल्लालाई तराईको जिल्लाको सूचीबाट सारेर पहाडी जिल्लामा राख्ने निर्णय गरेको छ।

विक्रम संवत् २०७३ सालमा होलीको विदा झापा जिल्लाले पहाडी जिल्लामा पाउने विदाका दिन पाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले पहिलोपोस्टलाई बताए।

होलीमा एक दिन काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरुमा मात्र विदा दिने गरिन्छ भने त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा।
यस पटक प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाले पहाडी जिल्लामा पाउने दिन विदा पाउने छ।

प्रवक्ता कोइरालाका अनुसार राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनानन्द लिङदेनको जन्मदिनको अवसरमा पनि सार्वजनिक विदा हुनेछ।

लोकतन्त्र दिवसमा हुने छैन विदा

यो वर्षदेखि लोकतन्त्र दिवसमा वैशाख ११ गते विदा हुने छैन। जनआन्दोलन २०६२/६३ उत्कर्षमा पुगेपछि राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरुको माग बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना गरेको दिनको सम्झनामा २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउने गरिएको थियो।

लोकतन्त्र दिवसको साटो अब असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसको विदा दिइएको छ।

यो वर्ष ३४ दिन सार्वजनिक विदा हुनेछ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वैशाखदेखि कडा आन्दोलनमा जाने मधेसी मोर्चाको निर्णय, चैत अन्तिम साता कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौँ : तराई-मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको निवासमा आज दिउँसो बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठकले आफ्ना माग पूरा नभए वैशाखको पहिलो सातादेखि पुनः कडा आन्दोलनमा जाने निर्णय गरेको छ। 
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालका अनुसार आन्दोलनका कार्यक्रमहरु मोर्चाको सचिवालयले चैतको अन्तिम सातामा सार्वजनिक गर्नेछ।

बैठकमा मोर्चाको सचिवालयले प्रस्तुत गरेको रिपोर्टमाथि छलफल भएको थियो। सचिवालयले आन्दोलनको समीक्षाका साथै आगामी आन्दोलनको तैयारी र त्यसकालागि ध्यान दिनु पर्ने क्षेत्र-समूहहरु, चरणवध्द आन्दोलनको स्वरुप आदिबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो।

अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारी र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताको सहभागिता थियो ।

मोर्चाका मागहरु मध्ये सीमाङ्कनको विषयमा सम्बोधन गर्न तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने गरी उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा मधेसी मोर्चाको सहभागिता बिना उच्चस्तरीय समिति गठन गरिएको थियो। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अघिल्लो रात हतारहतार गठन गरिएको समिति अहिले निस्क्रिय झैँ छ।

उता, भारतले हिजो इयुसँगको संयुक्त विज्ञप्तिमा समयसीमा समेत उल्लेख गर्दै संविधानका बाँकी विषय सल्टाउनु पर्ने बताएको छ। नेपाल सरकारले आज त्यसको कडा प्रतिक्रिया जनाएपछि अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच कुटनीतिक दोहोरी चलेको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भेनिसा लिम्बु ‘सेक्स–हत्या’ प्रकरणमा नयाँ रहस्य, यसरी बनेको थियो योजना

काठमाडौं, १९ चैत । ‘युवतीलाई मायाजालमा पारेर करोडौँ ठगी’, ‘पूर्वप्रेमिकाको अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ’, सामूहिक योनसम्पर्क गर्न नमान्दा युवतीको हत्या’ । यसपालि यस्तौ शीर्षकका समाचारले सनसनी मच्चाए । अनौठो त के भने ती सबै घटनाको मियो थियो– फेसबुक ।

यद्यपि गल्ती फेसबुकको थिएन । बरु, त्यसलाई गलत ढंग र कु–नियतले प्रयोग गर्नुको विरुप नतिजा थिए सहरी समाजमा घटेका ती आपराधिक घटना ।

सामाजिक सञ्जालले व्यापकता पाएसँगै कसरी युवाहरू यसको जालोमा जेलिँदै गएका छन् भन्ने कुराको एउटा दृष्टान्त पनि हो यो । सामाजिक सञ्जालको प्रयोगमा सावधानी नअपनाउँदा वा त्यसको सही प्रयोग विधि थाहा नहुँदा यो कति घातक र विषलु बन्छ ? उल्लेखित घटना तिनकै चोटिलो नमुना हुन सक्छन् ।

लाखौँ नेपाली फेसबुकसँग जोडिएका छन् । एक अध्ययनअनुसार प्रयोगकर्ताले एक दिनमा औसत ४६ मिनेट फेसबुकमा बिताउँछन् । उक्त अवधिमा उनीहरू के–के गर्छन् ? साथीसँग कुराकानी अथवा भावना मात्र सेयर गर्दैनन् । कतिपयले यसलाई ‘ठगीखाने भाँडा’ समेत बनाएका छन्, भनेकतिले फेसबुकमै ‘अपराधको पासो’ बिच्छेयाएका छन् ।

मदिरा सेक्स र हत्यासँगै फेसबुक

मोरङ, पथरीका राजनराई र धनकुटाकी भेनिसा लिम्बुबीच फेसबुकमार्फत सम्पर्क भयो । अपरिचित भए पनि उनीहरूले एकअर्कालाई भर्जुअल साथीका रुपमा स्वीकार गरे अनि च्याट गर्न थाले । समयक्रमसँगै उनीहरूको मित्रताले अफेयरमा बदलियो । यो क्रम तीन महिनासम्म चल्यो ।

फेसबुक साथी राजनले उनीसँग भेट्ने इच्छा गरे । त्यही सल्लाहअनुरुप फागुन ८ गते मध्यान्ह कपनबाट बौद्ध गेट पुगिन्, भेनिसा । भेट हुनासाथ राजनले चिया पिउन प्रस्ताव राखे । दुवै जना नजिकैको पसलमा पुगे । त्हाँ राजनका साथीहरू सजित लामा, सनी लामा र अर्का युवा (जसलाई फरार भनिएको र परिचय खुलाइएको छैन) भेटिए । केटाहरू मदिरा सेवन गर्न थाले, भेनिसा चिया पिउन थालिन् । त्यसपछि फरार भनिएका युवाको कारमा चढेर उनीहरू ठमेल पुग, रमाइलो गर्ने बहानामा ।

ठमेल हार्ड रक डिस्कोमा मस्त नाचे, बियर पिएँ । उनीहरूले भेनिसालाई पनि बियर पिउन बाध्य पारे । मदिराले लट्ठिएका युवाहरूले भनिसालाई हग गर्न र चुम्बन गर्नसमेत भ्याए । रात निकै छिप्पिएपछि उनीहरू त्यहाँबाट बाहिरिए । फरार भनिएका युवाको कारले सजित र राजनलाई बौद्ध गेटमा पुगाएर छाडिदियो । त्यसपछि कारलाई ती युवाले आफ्नो अपार्टमेन्टतर्फ सोझ्याए ।

उक्त घटना भएको दुई दिनपछि अर्थात् फागुन १० गते महानगरीय अपराध महाशाखामा एउटा उजुरी दर्ता भयो, ‘भेनिसा हराएको’ । लगत्तै प्रहरीले खोजीकार्य सुरू थाल्यो । डिएसपी दीपक रेग्मीको नेतृत्वमा अनुसन्धान टोली खटाइयो । यद्यपि भेनिसा कतै फेला परिनन् ।
फागुन १४ गते प्रहरीलाई खबर आयो– ‘नगरकोटको बाँसघारी नजिकै पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव फेला परेको छ ।’ त्यही सूचनालाई पच्छ्याउँदै प्रहरी घटनास्थल पुग्यो र त्यो शव भेनिसाको थियो । मृतकको प्रकृति हेरेरै प्रहरीले यो हत्यो भन्ने अनुमान लगायो । अग्लो स्थानबाट लडेको वा लडाइएको भन्ने टुंगोमा पुगेपछि थप अनुसन्धान अगाडि बढ्यो । साप्ताहिकले आफ्नो कभर स्टोरीमा छापेको छ ।

पोष्टमार्टममा के पनि खुल्यो भने युवतीको भित्र पहिरन थिएन । त्यसले यौनसम्पर्कपछि युवतीको हत्या भएको हुन सक्ने संकेत देखायो ।
घटनाको मियो केलाउँदै प्रहरी अपराधीको खोजीमा लाग्यो । यही क्रममा यवतीको पछिल्लो सम्पर्क राजन राईसँग भएको पत्ता लाग्यो । मोरङ, पथरीका राजन काठमाडौंको थलीमा बस्दै आएका थिए । भेनिसा बेपत्ता भएसँगै उनी पनि सम्पर्कबाहिर थिए । अन्ततः उनलाई सर्लाहीको त्रिभुवननगर गाविसबाट पक्राउ गरियो । उनकै साथमा लुकिछिपी बसेका सनी लामा पनि पक्राउ परे । यी दुईलाई पक्राउ गरेपछि बौद्धमा बसिरहेका सजित लामा पनि पक्राउ परे । लामा पहिलेदेखि नै प्रहरी निगरानीमा थिए ।

यसरी अभियुक्तहरू पक्राउ गरेपछि फेसबुकमा जोडिएका अपरिचितसँगको मित्रता कति घातक र विषालु हुन्छ भन्ने कुरा छर्लङ्ग भयो । वास्तवमा उनीहरूले जुन रात मस्ती गरेका थिए, त्यही रात भेनिसाको हत्या भएको थियो ।

ठमेलबाट फर्केर फरार भएका युवा दुई जना साथीलाई बौद्धमा छाडेपछि सनी र भेनिसालाई लिएर आफ्नो अपार्टमेन्टमा पुग । त्यहाँ पुगेपछि उनले सनी र भेनिसालाई एउटा कोठामा छाडेर आफू अर्को कोठामा सुत्न गए । सनी र भेनिसाले थप एक बोतल बियर पिए र सहमतिमा शारीरिक सम्पर्क गर्न थाले । ठीक यति नै बेला सत्न गएका युवा फर्किएर आए । सनी लामासँग उनको केहीबेर विवाद भयो ।

पछि दुवै जना भेनिसासँग यौनसम्पर्क गर्ने मनिस्थितिमा पुगे । यद्यपि त्यसका निम्ति भेनिसा तयार भइनन् । उनी आफूलाई जोगाउन बाथरुपमा छिरिन् । ती युवाले उनलाई जबरजस्ती तान्न थाले । यहि घम्साघम्सीमा भेनिसा झ्यालबाट धेकेलिइन् र गम्भीर घाइते भइन् ।

आवेगमा आएर गरिएको यो कृत्य लुकाउन ती युवाहरूले भेनिसालाई अस्पताल पुगाउनुको साटो कतै लगेर फ्याकिदिने योजना बनाए । त्यसैअनुरुप घाइते भेनिसालाई कारमा राखेर नगरकोट जानेबाटो छेवैको बाँसघारीमा फ्याकिदिए । त्यतिबेलासम्म उनको प्राणपखेरु उडिसकेको थियो । भर्खरै टिनएज पार गरेकी भेनिसा कपनमा बस्थिन, आफ्ना परिवारका साथमा । प्लस टु उत्तीर्ण भेनिसा चाबहिलको एक हाइस्कुलमा पढाउँथिन्  ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी ठग्दै छन् बीमा कम्पनीले नेपाली जनता

काठमाडौं, १९ चैत । महाभूकम्पले क्षति भएर बीमा दाबी गरेका करिव ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् ।

यो कुल दाबी संख्याको २७ दशमलव ८ प्रतिशत हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीहरुले बीमा गर्दा सही गरेको कागज बीमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने जनाएका छन् ।

पीडितहरु भने यो मान्न तयार छैनन । बीमा कम्पनीकै लापरवाही र ठग्ने प्रवृतिले गर्दा दाबी नपाएको उनीहरुको गुनासो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसी दिनुअघि यी खानेकुरा खाए सफल हुने पक्का !

काठमाडौं, १९ चैत । छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ । बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् ।

पढदैँ जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन् । यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सहप्राध्यापक डा. जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ । कार्बोहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।’

तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन् ।

उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बोहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् ।

यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन् ।

दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ । त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन् । जस्तैः मैदामा बाहिरको बोक्रा हुँदैन ।

त्यसैले चोकरसहितको आटाको रोटी स्वास्थ्यकर हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ए नेपाली जनताका लुटेरा ‘चरीहरु’ ! ह्यारीबाट केही सिक्ने कि ?

बेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको माया र सद्भाव देखेर माया र सद्भावका पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिपÞक्षमा लेख्ने मिडियाहरु पाठकको आलोचनाको तारो बने । ह्यारीप्रति अनौठो प्रेम दर्शाए नेपालीहरुले, ह्यारीको सादगी र समर्पणको त मान्छेहरु फ्यान नै भए ।

ह्यारी शक्तिशाली देश बेलायतका राजकुमार हुन् तर राजनीतिमा उनको पकड वेलायतको संबिधानमा छैन, अर्थात कार्यकारी अधिकार छैन । तर पनि अन्तर्रा्ष्ट्रिय मञ्चमा उनको प्रतिष्ठा कुनै कार्यकारीहरुको भन्दा कम छैन् ।

तिनै ह्यारी नेपाल आईरहँदा नेपाल चरीमय थियो अर्थात कुर्सी र यसको वरपर चरीहरु घुमिरहेका थिए । केहि आन्तरिक चरीहरु र केहि बाह्य चरीहरु । ह्यारी सर्बगुण सम्पन्न होइनन, तर उनले बिगतमा आफूले गरेका गल्तीको प्रायश्चित गरिसकेका छन्, युरोपको सन्दर्भ र यौवनका सन्दर्भमा उनका हर्कतहरु क्षमा गर्न मिल्ने खालका होलान–नहोलान तर प्रायश्चित गरिसकेपछि किन कोट्याईरहनु र ?

हाम्रो यहाँ त न टाउकोको मूल्य गर्नेहरुले प्रायश्चित गरे, न त टाउको छिन्नेहरुले नै ।

जनतासँग माग्न या लुट्न मात्र जाने र अरुबाट राम्रो कहिल्यै नसिक्ने ‘चरी’चेहरा भएका राजनीतिकर्मीहरुले ह्यारीबाट सिक्न सक्ने कुरा धेरै छन् । जनतासँग पालभित्र अटाउन सक्ने नेता मात्र मनमा पनि अटाउन सक्छ भन्ने ह्यारीले सिकाएको पाठ घोकेर जनतासँग भिज्ने कि भुर्र भुर्र गर्दै नौ रुपैयाँको हराएको कुखुरा खोज्न नब्बे रुपियाँ खर्च गरिरहने ?

ह्यारी जताजता गए, उतै उतै हार्दिकता र अपनत्व छर्दै गए । त्यहीबेला राज्यका आठ दर्जन जनयुवराजहरु बिदेश भ्रमणमा थिए । मानौँ त्यो जत्था अनिवार्य थियो, सत्ता सोपान बचाईराख्नका लागि । कति धित मर्ने हो त्यो त हेर्नु नै छ । तर दक्षिण जाँदा फरिया माग्ने र उत्तर जाँदा चोली माग्ने हाम्रो मगन्ते स्वाभिमानको अभिमान हामीलाई कहिले सम्म हुने हो ?

मधेस टुक्र्याउने सि.के. राउतले आफैले नमान्ने संबिधानको उपयोग गरेर तराईलाई टुक्याएर छुट्टै देश बनाउने भनेको भन्यै छन् । त्यही संबिधानको घेराभित्र बाँधिएका जनताहरु बारम्बार देशका चौँथो अंग भनिने पत्रकारहरुले लगातार प्रसारण गरिरहेका बिरोधाभास भनाइ सुनिरहेका छन्, हेरिरहेका छन् । चुरो कुरो गुप्त छ ।

Sargam-bhattarai

लेखकः सरगम भट्टराई

राज्यको जात, धर्म र क्षेत्र हुँदैन, राज्यले आफ्नो क्षेत्रभित्र बस्ने जनतालाई बर्ग, जाति र वितरणका आधारमा भेदभाव गर्नुहुन्न । यदि गरिएको छ भने त्यसको बिरोधका लागि सबैले हातेमालो गर्नुपर्छ ।

मैले नबुझेको कुराः मधेसमा भूमिगत रुपमा सेनाको दस्ता तयार गर्ने सिके राउतहरुले संबिधानमा सबै खाले शंसोधनको ग्यारेन्टी हुँदा हुदै सार्वजनिक रुपमा लगातार देशबिरोधी, जातिबिरोधी र सम्प्रदायबिरोधी अभिब्यक्ति दिँदा त्यस्ता भनाइलाई रटान गर्ने केही कलमचरीहरु पनि छन जसले गर्दा सबै खाले कुमार घैँटे र दिनेश अधिकारी ‘चरी’ प्रवृत्तिको मलजल भइरहेको छ ।

देशको सार्बभौमिकतामाथि वारम्बार धक्का दिँदै आएका दक्षिणका बाजहरु जस्ता ठूला चरीहरुलाई मालिक र नोकरको हैन्, मालिक मालिकको सम्बन्ध पनि प्रमाणित गर्नुछ । ह्यारीको भ्रमणलाई चरी प्रबृत्तिसँग भर्सेज गराउनु कत्तिको सान्दर्भिक हुन्छ त्यो कुरा बेग्लै हो तर जनतासँग माग्न या लुट्न मात्र जाने र अरुबाट राम्रो कहिल्यै नसिक्ने ‘चरी’चेहरा भएका राजनीतिकर्मीहरुले ह्यारीबाट सिक्न सक्ने कुरा धेरै छन् । जनतासँग पालभित्र अटाउन सक्ने नेता मात्र मनमा पनि अटाउन सक्छ भन्ने ह्यारीले सिकाएको पाठ घोकेर जनतासँग भिज्ने कि भुर्र भुर्र गर्दै नौ रुपैयाँको हराएको कुखुरा खोज्न नब्बे रुपियाँ खर्च गरिरहने ?

सिक हो सिक ! मनुवा हो डाहा नगर, ह्यारीका राम्रा कुरा सिक । चरीमय चेहरा बदलेर च्यातिएका पाल भित्र पस । त्यहाँ पो छ नयाँ नेपाल ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत हार्‍यो, वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा

१८ चैत, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

भारतले जितका लागि १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम दुर्इ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।

अन्तिम दुई ओभरमा वेष्टइण्डिजलाई २० रन चाहिएको थियो । जडेजाको बलमा रसेलले पाँचौ बलमा छक्का र छैटौंमा चौका हानेपछि अन्तिम ओभरमा ८ रन चाहियो ।

भारतीय कप्तान एमएस धोनीले विराट कोहलीलाई बल थमाए । पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा रन जोड्ने मौका नै दिएनन् ।

तर, तेस्रो बलमा चौका हानेका रसेलले चौथो बलमा छक्का हान्दै जित दिलाए ।

वेष्टइण्डिजको सुरुवात भने खराव थियो । क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाादा टिमको स्कोर मात्र १९ रन थियो ।

तर, जोनसन चार्ल्स र लेन्डल सिमोन्सले पारी सम्हाले । उनीहरुले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे । चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो पारी खेले ।

सिमोन्स ८३ रनमा अविजित रहे । ८१ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का हाने । रसेलले २० बलमा ४ चौका र ४ छक्काको मदतमा हविजित ४३ रन बनाए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले विराट कोहलीको शानदार प्रर्दशनको मदतमा २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

को सुरुवात निकै राम्रो रहृयो । रोहित शर्मा र अजिन्क्या रहाणेले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे ।

आठौं ओभरमा रोहित ४३ रनमा आउट भएपछि कोहली आए । उनले आक्रामक पारी खेले । रहाणेसँग ६६ रनको साझेदारी गरे । रहाणने ४० रनमा आउट भए ।

त्यसपछि कोहलीलाई कप्तान महेन्द्र सिंह धोनीले साथ दिए । कोहलीले ४७ बलमा ११ चौका र एक छक्काको मदतमा अविजित ८९ रन बनाए भने धोनी १५ रनमा अविजित रहे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘बाबुराममा पनि नाटकीय चरित्र’

१९ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटकीय चरित्र देखापरेको आरोप लगाएका छन् ।

‘हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छ’ एक कार्यक्रममा राईले भने ‘उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ति हो ?’ आजको राजधानी दैनिकमा समाचार छ ।

सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको बताउदै नेता राईले काँग्रेस, एमाले र एमाओवादीले अहिलेको संविधानलाई ‘विश्वकै सर्वाेत्कृट’ संविधान भन्दै प्रचार गरिररेहको उल्लेख गरे । उनले मधेस आन्दोलनले यो संविधान प्रतिगामी भएको प्रमाणीत भइसकेको जनाए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित !

१९ चैत, काठमाडौं । एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्यादित बनाइरेहको छन भन्ने उदाहण परीक्षाको पहिलो दिनको घटनाले प्रस्ट पारेको छ ।

परीक्षा केन्दको निरीक्षक रुपमा खटिएका मुलुक भरका नौ जना निरीक्षक निष्कासनमा परेका आजको अन्नपूर्णमा समाचार छ ।

परीक्षा हलमा चिट चोर्नेलाई कारवाही तथा निष्कासन गर्ने चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउने देखि परीक्षाको सम्पुर्ण जिम्वेवारी निरीक्षककै हुन्छ ।

तर परीक्षाको पहिलो दिन मुलुकभर ९ जना निरीक्षकले जिम्मेवारी विपरित क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।

उनका अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसीमा चोराउन नपाउँदा प्रहरीमाथि ढुंगामुढा

१९ चैत, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका आजको अन्नपूर्णमा समाचार छ ।  स्थानीयको ढुंगा आक्रमणबाट एकजना प्रहरी जवान घाइते भएका छन् ।

जाजरकोटको पैँक गाविसस्थित जनता उचच मावि परीक्षा केन्द्रमा खटिएका प्रहरीमाथि बिहीबार बिहान स्थानीले ढुंगामुढा प्रहार गरेका हुन् ।

मध्यपश्चिमा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका खनुसार स्थानीयले प्रहार गरेको ढुंगाा लागेर प्रहरी जवान अम्मर थापा घाइते भएका हुन् ।

उनको दाँत भाचिएको प्रहरीले जनाएको छ । प्रहरीले परीक्षा केन्द्रमा स्थानीयको भीडभाड भएपछि हटाउन खोजेको थियो । स्थानियले भने आफूँहरुलाई हटाउन खोजेको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली नोट चीनमा धमाधम छापिँदै

१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् ।

सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको आजवको नागरिक दैनिकमा समाचार छ ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ‘अहिले द्रुत गतिमा पि्रन्टिङ भइरहेको छ, उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्म्मा आइपुग्नेछ ।’

सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ । सय दरका २० कारोड नयाँ नोट आगमी तीन महिनाभित्र बजारमा ल्याउने तयारी बैंकले गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Nepal takes exception to EU-India joint statement over new constitution, urges all to respect Nepalis’ sovereignty

KATHMANDU: The Government of Nepal today expressed its serious concerns over the reference to Nepal and its new constitution that European Union and India made in their joint statement issued on Wednesday after the 13th European Union-India Summit in Brussels.

Nepal’s Ministry of Foreign Affairs said the EU-India statement — which pointed out the need for “a lasting and inclusive constitutional settlement in Nepal that will address the remaining Constitutional issues in a time bound manner, and promote political stability and economic growth” — not only hurt the sentiments of the people of Nepal but also defied the fundamental principle of non-interference in internal affairs of a country in breach of UN Charter and norms of international law.

Responding to the EU-India joint statement, MoFA issued a statement and maintained that the constitution making and its promulgation are essentially internal matters of a country.

Nepal promulgated the Constitution through a democratically elected Constituent Assembly and the Constitution has fully accommodated the aspirations of the people of Nepal, MoFA added.

Nepal has now moved ahead along the path of political stability and economic development, MoFA further said.

MoFA made it clear that promulgation of the Constitution formally concluded the nationally-driven peace process initiated in 2006 and institutionalised significant democratic gains including federal and republican system.

“Against this backdrop, the EU-India Joint Statement not only hurts the sentiments of the people of Nepal but also defies the fundamental principle of non-interference in internal affairs of a country in breach of UN Charter and norms of international law,” the statement said.

The Government of Nepal further called on all to fully respect the sovereign and democratic rights of the people of Nepal and refrain from making uncalled for statements.

“The Government and people of Nepal are fully capable of resolving their issues themselves within the framework of the constitution,” it added.

Press Release

Serious attention of the Government of Nepal has been drawn to the reference to Nepal made in the Joint Statement of the 13th EU-India Summit held in Brussels on 30 March 2016.
As is known to all that Nepal has promulgated the constitution through a democratically elected Constituent Assembly. The constitution fully accommodates the aspirations of the people of Nepal. The promulgation of the constitution formally concludes the nationally-driven peace process initiated in 2006 and institutionalizes significant democratic gains including federal and republican system. The constitution making and its promulgation are essentially internal matters of a country. Nepal has now moved ahead along the path of political stability and economic development.
Against this backdrop, the EU-India Joint Statement not only hurts the sentiments of the people of Nepal but also defies the fundamental principle of non-interference in internal affairs of a country in breach of UN Charter and norms of international law. The Government of Nepal calls on all to fully respect the sovereign and democratic rights of the people of Nepal and refrain from making uncalled for statements. The Government and people of Nepal are fully capable of resolving their issues themselves within the framework of the constitution.

Ministry of Foreign Affairs
Government of Nepal
31 March 2016


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रवेशिका परीक्षाः प्रहरीमाथि ढुङ्गा प्रहार

जाजरकोट, १८ चैत । प्रवेशिका परीक्षामा कडाइ गरेको जनाई पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुङ्गा हान्दा एक प्रहरी घाइते भएका छन् ।

अङ्गे्रजी विषयको परीक्षामा जनता उमावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई कडाइ गरेर चिट खोसेको आरोपमा भएको ढुङ्गा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । नेपालीलाई पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । चिट चोराउँदै गर्दा छ निरीक्षक पक्राउ परेका छन् ।

औषधोपचार
जिल्लाका १९ परीक्षा केन्द्रमा बिरामी भएर परीक्षा दिन नसक्ने विद्यार्थीलाई परीक्षा केन्द्रभित्र उपचार गरिएको छ । स्वास्थ्यकर्मीले आज बाह्रभन्दा बढी विद्यार्थीको उपचार गरेका छन् । उपचार गरिएका विद्यार्थी परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ । महिनावारी भएका छात्रालाई प्याडको व्यवस्थासमेत गरिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रचण्डले औल्याए संविधानका चुनौति, समाधान गर्न कानुन व्यवसायीलाई आग्रह

काठमाडौँ, १८ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वय अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनसँग आबद्ध कानुन व्यवसायीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ संविधानको कार्यान्वयन गरेर मुलुकलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिनुभयो ।

संविधानमा समावेश गरिएका समावेशी, समानुपातिक व्यवस्था एवम् जनताका पक्षमा प्राप्त भएका अधिकारका आधारमा थप अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने अध्यक्ष दाहालको कथन थियो ।

उहाँले संविधानको पहिलो व्याख्याकार कानुन व्यवसायी भएकाले जनताका पक्षमा सूत्रबद्ध भएका अधिकारलाई जनतामाझ लैजान सुझाव दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो- “संविधानलाई सर्वस्वीकार्य संविधान कसरी बनाउने भन्ने अझै चुनौती छ, यसलाई समाधान गर्ने दायित्व कानुन व्यवसायीको हो ।”

कार्यक्रममा एमाओवादीका सांसद् रामनारायण बिडारी र नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले संविधान राम्रो भएरमात्र नहुने र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष हो भन्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओली र प्रचण्डलाई एकैदिन देउवाको फोन, अगाडि नबढ्न चेतावनी

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एकैदिन विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनबाट सम्पर्क गरेका छन् ।

टेलिफोनमा सभापति देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधिश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नु भएको छ ।

विहीबार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधिशहरुको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेपछि देउवाले ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न अनुरोध गर्नुभएको हो ।

सभापति देउवाले यस्तो कार्य संसदमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसलाई मान्य नहुने बताउनुभयो ।

आजै सभापति देउवाले सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत टेलिफोन गरी अध्यादेश प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नु भएको सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ लाईनै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएपछि सभापति देउवाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्नुभएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच

काठमाडौं – राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ विषयको गोष्ठीमा दुई बीच घोचपेच भएको हो ।

प्रधानमन्त्री केपी ओलीले सहकारी क्षेत्रलाई प्राथमिकता दिएका कारण पाको उपप्रधानमन्त्री दिएको भनाइ कार्यक्रममा सार्वजनिक गरेपछि उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले असन्तुष्टि जनाएका थिए । प्रधान मन्त्रीलाई प्रश्न गर्दै उनले भने –‘कुराले पेट भरिन्न’ । उनको दुखेसो थियो – “उपप्रधानमन्त्री बनाइदिएर मात्र हुन्छ ? अधिकार कहीँ छैन ।”

“सहकारी तथा गरिबी निवारणको बोर्ड मात्र छ, गरिब जनता मन्त्रालयमा आउँछन् तर उनीहरुलाई केही दिन सकिन्न, दिने अधिकार त प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग मात्र रहेछ,” उपप्रधानमन्त्री केसीले भने ।

 गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री  ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले भने – “आत्मविश्वास जगाउँदै ती समुदायको आर्थिक उत्थान सहकारीले मात्र गर्न सक्छ, यसैले सहकारीलाई व्यापक बनाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सहकारी प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमा परेका कारण यो क्षेत्र हेर्न सहायक, राज्य वा मन्त्री नदिई उपप्रधानमन्त्री नै दिएको बताए।

विपन्न समुदायलाई आर्थिकरुपले माथि उकास्न तथा देशको आर्थिक उन्नति गर्न सरकारले निजी, सरकारी तथा सहकारी तीन खम्बे अर्थनीति लिएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

नेपालको संविधान ऐतिहासिक

नेपाली जनताको चाहना र हकअधिकारलाई सुनिश्चित गर्न संविधानसभाबाट जारी संविधान ‘ऐतिहासिक र युगान्तकारी’ भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने – “संविधानमा रहेका प्रावधान र व्यवस्था अधिकांश जनताले रुचाएका छन् । केही असन्तुष्टि पनि होलान् । अहिले यो असन्तुष्टिलाई सम्बोधन गर्न लागिएको छ । अब संविधानको कार्यान्वयनमा लाग्नुपर्छ ।”

संविधानको कार्यान्वयनले नै अहिले उठेका आन्दोलनको माग सम्बोधन हुने उनको भनाइ थियो ।

पराधीन छैनौं

हालै छिमेकी देश भारत र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएका प्रधानमन्त्री ओलीले भने – “सार्वभौम र स्वतन्त्र मुलुक नेपाल दुई देशको तुलनामा भौगोलिक हिसाबले सानो होला तर हामी हाम्रो बारेका निर्णय आफैँ गर्न सक्षम छौँ ।”

“कुनै पनि बहानामा यसो गर र उसो गर भनेर आत्मसम्मानमा चोट पुग्ने गरी कसैले पनि बोल्नुहँुदैन,” प्रधानमन्त्री ओलीले भने । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यको पात्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले आर्थिक रुपले नेपाल गरिब भएपनि पराधीन नरहेको बताए ।

आफू जतिदिन प्रधानमन्त्री पदमा बसे पनि देश र जनताको हितमा खटेर लाग्ने उनको भनाइ थियो ।

दुई दिने गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा आबद्ध संस्थाका तीनसय कार्यकारी अधिकृतको सहभागिता रहेको छ । सहकारी संस्थामा आधुनिक प्रविधि कसरी अङ्गिकार गर्ने भन्ने विषयका नौवटा कार्यपत्र गोष्ठीमा प्रस्तुत गरिने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं