९ फागुन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा राष्ट्रिय मातृभाषा कविता महोत्सव गरेको छ ।
प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव गरेको यो पाँचौं पटक हो । महोेत्सवको राष्ट्रपति विद्या भण्डारीले उदघाटन गरिन् ।
एक दिने महोत्सवमा ५३ वटा मातृभाषामा ५३ वटा कविता प्रस्तुत गरिएका छन् । प्रतिष्ठानले १ सय ४ वटा कविताबाट छानेका ५३ वटा कविता सम्बन्धित कवि र कवयित्रीले महोत्सवमा प्रस्तुत गरेका हुन् ।
महोत्सवमा प्रस्तुत सबै कवितालाई पुस्तकको रुपमा प्रकाशित गरिने प्रज्ञा प्रतिष्ठानले जनाएको छ । कवि तथा कवयित्रीहरुले कविता वाचन गर्नु पहिले महोत्सवमा विभिन्न जातजातिहरुले आ-आफ्नो जातीय पहिचान झल्किने पोशाकमा नाचगान प्रस्तुत गरेका थिए ।
महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाषाका आधारमा नेपाल निकै समृद्ध रहेको भन्दै सबै जातजातिको भाषा संरक्षणमा राज्यले उचित ध्यान दिनुपर्ने बताइन् ।
साहित्यकार वैरागी काईंलाले आफू प्रतिष्ठानको कुलपति हुँदा ०६८ सालमा मातृभाषा कविता महोत्सव सुरु गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment