Sunday, February 21, 2016

रणविरसँगको प्रेम वियोगमा रहेकी क्याटरिनालाई डिप्रेसन

काठमाडौं, १० फागुन । रणविरसँगको प्रेम वियोगमा रहेकी बलिउड नायिका क्याटरिना कैफ ‘डिप्रेसन’को सिकार भएको खबर सार्वजनिक भएको छ । सलमानसँग छुट्टिएर रणविरसँग प्रेममा परेपछिका अभिनेत्री क्याटरिना र रणविरको प्रेम वियोगको समाचारले पछिल्लो केहि समय यता बलिउड बजार तताएको छ । उनीहरुको प्रेम वियोगको कुरा सेलाउन नपाउँदै क्याटरिना ‘डिप्रेसन’को सिकार भएको खबर बाहिरिएको हो ।

उनी डिप्रेसनका कारण १३ घण्टाभन्दा धेरै सुत्ने गरेको एक एक भारतीय संचारमाध्यमले जनाएको छ । पहिले जस्तोसुकै अवस्थामा पनि फिटनेसको कसरत गर्ने गर्थिन, तर हिजोआज त्यो सिलसिला पनि बन्द भएकाने बताईएको छ । क्याटरिनाले यसलाई आफू धेरै सुत्ने ‘सिल्पोहोलिक’ भएको भने पनि श्रोतले भने यसलाई डिप्रेसनका कारण यस्तो भएको बताएका छन् ।

क्याटरिना निकवर्तीका क्याटरिनाको दिनको १३ घण्टाको सुताई आश्चर्यजनक भएको बताउँछन् । केहि मनोवैज्ञानिकहरुले क्याटरिनाको यस कामलाई ‘पोस्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । जसका अनुसार मानिस आफ्नो विचारबाट टाढा रहन आवश्यकता भन्दा बढी सुत्ने गर्छन् । गत वर्ष अर्की अभिनेत्री दिपिका पादुकोणले पनि कामको दबाबका कारण आफू डिप्रेसनको सिकार भएको स्विकार गरेकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment