दुई दिन भित्रै तेल सहज गर्ने निगमकाे प्रतिवद्धता
९ फागुन, काठमाडौं । भारतबाट पर्याप्त तेल आएपनि बजारमा अभाव साम्य नभएको भन्दै अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमसँग स्पष्टीकरण सोधेको छ ।
आइतबार आयल निगमका अधिकारीहरुलाई आयोगकै कार्यालयमै बोलाएर स्पष्टीकरण सोधिएको हो ।
आयोग पुगेका निगमका पदाधिकारीले दुईदिन भित्र तेल आयात सहज हुने र सबै उपभोक्ताले सहज रुपमा तेल पाउने प्रतिवद्धता जनाएका छन् ।
निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अहिलेको वितरण प्रणाली त्रुटिपूर्ण भएको स्वीकारेको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरलाई जानकारी दिए ।
खड्काले गाउँ र शहरी क्षेत्रका पम्पहरुमा समान रुपमा तेल बाँडिएको र नाकाबन्दीका बेला तेल पाएका र नपाएका पम्पहरुलाई समान रुपमा वितरण भइरहेको लगायतका त्रुटीलाई दुईदिन भित्र सच्याउने प्रतिवद्धता जनाएका छन् ।
उनले सरकारी पम्पहरुमा बदमासी र मनलाग्दी धेरै भएको गुनासो समेत आयोग समक्ष राखेको प्रवक्ता पुस्करले बताए ।
आयोगले भने कुनै बाहानाबाजी नगरी आयात भएको तेल उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment