बाबुले भने- ‘ओली मण्डले राष्ट्रवादका सरदार ‘
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीमा कालो झण्डा देखाउँदा नेकपा (माओवादी)का संयोजक मातृका यादवका माइला छोरा पनि पक्राउ परेका छन् ।
पक्राउ परेका २२ जनालाई तिहाड जेल चलान गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी विमानस्थलमा मधेस केन्द्रित दलहरु निकट विद्यार्थीले कालोझण्डा देखाएका थिए । कालो झण्डा देखाउनेहरुलाई तत्कालै प्रहरीले पक्रेको थियो ।
पक्राउ परेकाहरुमा मात्रिका यादवका छोरा सूर्यकिरण यादव छन् । उनी दिल्ली विश्वविद्यालयमा एमएससी विषय अध्ययनरत छन् ।
छोरो पक्राउ परेपछि आक्रोशित भएका मातृका यादवले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । यादवले प्रधानमन्त्री ओलीलाई मण्डले राष्ट्रवादको सरदार र मधेसी, जनजाति तथा सम्पूर्ण उत्पीडित वर्गको दुश्मनको संज्ञा दिएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment