Sunday, February 21, 2016

मागेरै चलाउछ प्रहरीले गुजारा !  

१० फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, झपासँग चार गाडी र आधा दर्जनभन्दा बढी बाइक छन् । अञ्चल प्रहरी र इलाका प्रहरीका पनि आआफ्नै गाडी छन् ।

सरकारले अलग्गै खर्च नदिँदा यी गाडी मर्मत गर्न र तेल हाल्न समस्या परेको गुनासो प्रहरी बारम्बार दोहोर्‍याइरहन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

तर, झापामा दौडने प्रहरी गाडी चौबीसै घण्टा व्यस्त रहन्छन् । मर्मत वा तेल अभावमा थन्किएका घटना बिरलै मात्र छन् । आखिर कसरी चल्छ छ प्रहरीका गाडी ? यसको उत्तर प्रहरी अधिकारी नै निर्धैक्क दिन्छन्-‘मागेर ।

सरकारले सबैभन्दा धेरै बजेट लागानि गर्ने मध्येको नेपाल प्रहरी आफैँ भने मागेकै भरमा काम चलाईरहेको छ । गाडी मर्मत र इन्धनखर्च मात्र होइन, भवन निर्माणजस्ता ठूला लगानी र बिजुली, खानेपानी महसुल सम्म पनि प्रहरीले मागेको भरमा जुटाउदै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment