९ फागुन, काठमाडौं । धनुषामा नेपाली कांग्रेसका नेताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ७ जना पक्राउ परेका छन् ।
माघ २२ गते धनुषाको बालाबखर ४ स्थित बैरिया टोलमा कांग्रेस नेता राजेन्द्र प्रसाद यादवको हत्या भएको थियो ।
भोलिपल्ट वीरेन्द्र बजारमा नसिव मियाँ राईन र कमला पुलमा राम सोगारथ महतोमाथि गोली प्रहार भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोको टोलीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरुले जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामको भूमिगत संगठनका नाममा हत्या तथा हत्या प्रयासका घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सैन्य कमाण्डर बताउने सिराहा राजापुर १ रजोखरका अजय भन्ने रामरिझन यादव छन् । यस्तै जोगिन्द्र महतो, प्रमोदकुमार पुर्वे, नागे साह, शुभनारायण यादव, बेचन पासवान र जसलाल यादव पनि पक्राउ परेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment