काठमाडौं, १० फागुन । अखिल अध्यक्षमा निर्वाचित भएपछि नविना लामाले नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई निरन्तरता दिँदै विकास र समृद्धिसँग जोड्ने कुरालाई प्राथमिकता दिने बताएकी छन् ।
अखिललाई विद्यार्थी आन्दोलनको केन्द्रका रुपमा स्थापित गर्दै आन्तरिक रुपमा संगठनभित्र सबैलाई मिलाएरअघि बढ्ने उनको भनाइ छ ।
‘गौरवपूर्ण विद्यार्थी आन्दोलनको इतिहासलाई विकास र समृद्धिसँग जोड्नेछु, अखिललाई विद्यार्थीहरुको आकर्षणको केन्द्रबिन्दूका रुपमा स्थापित गर्दै आन्तरिक रुपमा पनि सबै साथीहरुलाई मिलाएर एकताबद्ध ढंगले संगठनलाई अघि बढाउनेछु,’ निर्वाचित भएलगत्तै लामाले भनिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment