Sunday, February 21, 2016

आँखा बन्द गरेर हेर्नुपर्ने टीभी कार्यक्रम

हिन्दी न्यूज च्यानल एनडीटिभी का प्राईम टाईम एंकर रबीस कुमारले शुक्रबार प्रशारण भएको आˆनो शो मा स्क्रीन कालो बनाइदिए । जसले भारतीय मिडियामा हुने गरेका ‘बहस’ कार्यक्रमप्रति अर्को बहस सुरु भएको छ ।

कार्यक्रमको सुरुमा आफ्नो अनुहार देखाएका रवीशले केही मिनेटमै स्किनलाई अँध्यारो बनाउँदै भने- तपाइँको टीभीमा समस्या देखिएको हैन, समस्या हामीमा छ ।’

पुरै चालिस मिनेटको कार्यक्रममा उनले टीभी च्यानलमा भइरहेका बहसले दर्शकलाई दिग्भ्रमित गरेको र अँध्यारोतिर लगेको तर्क गरे । टीभीमा हुने बहसले सही बिचार दिनुपर्नेमा दर्शकलाई यातना दिएको उनको दलिल छ ।

JNU

कार्यक्रम सुरु भएको केहि मिनेटपछि नै रबीशकुमार ट्वीटरमा ट्रेन्ड बनेका थिए । उनको साथमा करिव २८ हजारभन्दा बढि ट्वीट भएको छ ।

जेएनयू विवाद तथा दिल्लीको अदालतमा छात्र र पत्रकारहरुप्रति हमलापछि भारतीय मिडियाको भुमिकाप्रति पनि नयाँ बहस सुरु भएको छ ।

केहि टिभी च्यानलहरुमा नक्कली भिडियो प्रशारण गरि दर्शकलाई भ्रम छर्ने गरेको आरोप पनि लागेको छ । यस्तोमा रबीश कुमारको यस शोले मिडियाको भूमिकाप्रति भइरहेको बहसलाई अघि बढाउन प्रमुख भुमिका खेल्ने मानिएको छ ।

हेर्नुहोस् रवीशको कार्यक्रम

स्वामी मोतिराजले ट्वीटरमा लेखेका छन् । ‘रबीशले चर्को स्वरमा बोल्ले पत्रकारहरुलाई सानो स्वरमा बोलेर धेरै ज्ञान दिएका छन् ।’

यद्यपी रवीशको त्यस कार्यक्रमप्रति आएको धेरैजसो ट्वीट आम आदमी पार्टीका नेता र समर्थकहरुको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले फेसवुकमा लेखेका छन् । ‘मलाई रवीशकुमार प्रति गर्व छ ।’

आप कार्यकर्ता अतीशी मारलीनले लेखेका छन । ‘इतिहासले रवीश कुमारलाई मुस्किल समयमा एक साहस तथा स्पष्ट बक्ता पत्रकारका रुपमा सदैव सम्झनेछ ।’

सामाजिक कार्यकर्ता योगेन्द्र यादवले ट्वट गरेका छन्, – ‘रवीश कुमार एक दुर्लम आवाज हो, हामीलाई यस्तै साहसी पत्रकारको अवश्यकता छ ।’

ट्वीटरमा व्यंग्य गर्नका लागि चर्चित रमेश श्रीवत्सले लेखेका छन्, – ‘भर्खरै रवीश कुमारलाई सुने, बहसमा तपाई कसको पक्षमा हुनुहुन्छ त्यो चासोको विषय होइन । म सिर्फ यति चाहन्छु की उनीजस्ता अरु पनि पत्रकारहरु होउन ।’

कालो पर्दामार्फत् रवीशको आक्रमण थियो भारतकै टीभी च्यानलहरु आजतक, जीटीभी र टाइम्स नाउ लगायतलाई । जहाँ जेएनयु प्रकरणमा पत्रकारले आफ्नो ब्यबसायीक धर्म बिर्सदै आन्दोलनकारीलाई ‘देशद्रोही’ र ‘आतंककारी’ जस्ता शब्द प्रयोग गर्दै अशिष्ट भाषामा थर्काएका थिए ।

हेर्नुहोस् ती केही बहस कार्यक्रमहरु- 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment