Sunday, February 21, 2016

जनमोर्चाको महाधिवेशनमा सरकार छाड्ने कि नछाड्ने भनेर मतदान

९ फागुन, काठमाडौं । सरकारमा बस्ने कि नबस्ने भन्ने बिषयमा एकमत नभएपछि राष्ट्रिय जनमोर्चाको महाधिवेशनमा मतदान भएको छ ।

मतदानमा सरकार नछाड्ने पक्षमा अत्यधिक मत परेको छ ।

रुपन्देहीको बुटवलमा जारी महाधिवेशनमा सरकारको काम कारबाही प्रभावकारी र सन्तोषजनक नभएको भन्दै केही नेताहरुले सरकारबाट बाहिरिनुपर्ने आवाज उठाएका थिए ।

महाधिवेशनमा सहभागीहरु सरकारमा बस्ने कि नबस्ने भनेर बिभाजित भएपछि मतदानबाट निर्णय गरिएको थियो । सरकारमा बस्ने पक्षमा २६३ र विपक्षमा १७ मत परेको छ ।

५२ जनाले भने मतदानमा भाग लिएनन् । कतिपय अनुपस्थित भएको र कतिपय ढिलो पुगेकाले मत खसाल्न नपाएको एक नेताले बताए ।

संघीयताविरुद्ध आन्दोलन जारी राख्ने निर्णय

सत्तारुढ जनमोर्चाले संघीयताको विरोधमा संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । संघीयताले देश बिखण्डन गर्ने भन्दै जनमोर्चाले त्यसविरुद्ध संघर्ष जारी राख्ने निर्णय गरेको हो ।

जनमोर्चाले पार्टीलाई संघीयताको ढाँचामा नलैजाने निर्णयसमेत गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment