Sunday, February 21, 2016

बैंककमा यसरी बन्यो बेबी किङको डिजाइन

काठमाडौं, १० फागुन । एक महिनाभन्दा लामो सयम (२०७२ माघ ६ गते) देखि बैंककमा रहेका पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा २०७२ फागुन ७ गते जारी गरेको विज्ञप्ति र उनले बैंककबाट गरिरहेको राजनीतिक भेटवार्ताहरुबीच कुनै सम्बन्ध नहुन सक्छ ।

तर, भारतको वर्तमान बीजेपी सरकारसँग निकट रहेको एउटा प्रभावशाली समूह र पूर्व राजा ज्ञानेन्द्र शाहबचि निरन्तर संवाद चलिरहनु र नेपालमा हिन्दू राज्यसहितको बेबी किङको पुनस्र्थापनाका लागि बलियो लबिङ सुरु हुन सायद संयोगमात्र नहुन सक्छ ।

२०७२ माघ ६ गते बैंकक गएका ज्ञानेन्द्र शाह फागुन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । बैंककको ३४ दिने बसाईका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलदेखि चिनियाँ उप विदेशमन्त्रीसम्मका प्रभावशाली व्यक्तिहरुसाग नेपालको अवस्थाबारे छलफल गरेको सूत्रहरुको दाबी छ ।

दुवै देशका प्रभावशाली व्यक्तिहरुसँगको भेटमा पूर्व राजाले नेपालमा राजतन्त्र अन्त भएपछि भारत र चीन दुवैतिर असुरक्षा बढेको दावी गरेका थिए । चिनियाँ विदेश मन्त्रीसँग नेपालमा राजतन्त्रको अन्त्यपछि ‘फ्री तिब्बत मुभमेन्ट बढेको’ मुख्य विषय र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोयलसँग नेपालमा पाकिस्तानबाट भारत विरोधी गतिविधि बढ्नेदेखि ‘नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न बन्ने’ सम्मका छलफल भएको स्रोतको दावी छ । साँघु साप्ताहिकमा खबर छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment