९ फागुन, काठमाडौं । कामदारकाे भिसा अवधि सकिएपछि स्वदेश नफर्किदा ठूलो अवैधानिक मानवीय जनशक्ति मलेसियामा छ । मलेसियन सरकारका अनुसार १० मध्ये ८ विदेशी कामदार अवैधानिक रुपमा आफ्नो देशमा बसिरहेका छन् ।
राज्यले स्थानीय कामदारलाई प्राथमिकतामा राखेर अवसर दिन नसकेको आरोप अहिले सरकारमाथि छ । त्यसैले पनि विदेशी कामदार लिन रोकेर नै मलेसियाले अवैधानिकलाई ‘वैधानिक’ बनाउने कार्यक्रममा जोड दिएको बताएको छ ।
मलेसियाका मानव संसाधन विकास मन्त्री शेरी रिचार्ड रोइटले गत डिसेम्बरसम्मको तथ्याङ्क प्रस्तुत गर्दै देशमा २१ लाख ३५ हजार विदशी कामदार रहेको बताएको दीमलेसियनइन्सडरले जनाएको छ ।
यसमध्ये १७ लाख कामदार अवैधानिक भएको दावी मन्त्री रोइटले गरेका छन् । मलेसियाले आफुलाई आवश्यक १५ प्रतिशत मात्रै कामदार विदेशबाट ल्याउने नीति लिएको छ । तर, अहिले त्यो भन्दा निकै ठूलो संख्यामा विदेशी कामदार कार्यरत छन् ।
२३ लाख जनशक्तिको माग रहेको मलेसियामा १५ लाख ३० हजार स्वेदशी कामदारले काम पाउनुपर्ने हो । तर, अवैधानिक कामदार नै १७ लाख भन्दा बढी भएपछि मलेसियाले पुनः रोजगारी कार्यक्रम सुरु गरेको छ ।
मलेसियामा ठूलाे संख्या नेपाली कामदार पनि अवैधानिक रूपमा बसिरहेका छन् । सरकारले खुलाएकाे पुनः दतार्मा सहभागी नहुने कामदारलार्इ पनि मलेसियाले पक्रिन सुरू गरेकाे छ । मलेसियाले १ सय ६१ जना नेपाली पक्राउ गरिसकेकाे छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment