१० फागुन, काठमाडौं । तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्र्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्ता यादव कोइरालाको नेतृत्वमा तीन वटा शंस्कास्पद ढोकामा ताल्चा लगाइएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कोइराला शनिबार अनुगमन तथा बैठकका लागि विमानस्थल पुगेका थिए । कोइरालाकै नेतृत्वमा गृहले विमानस्थल तथा अध्यागमन सुधारका लागि कार्ययोजना बनाइरहेको छ ।
अख्तियार अनुसन्धान आयोगले पनि विमानस्थल र अध्यागमनमा आमूल सुधार जारी रहेकेा भन्दै सुधारका कार्ययोजना बनाएर लागू गर्न गृहलाई बारम्बार निर्देशन दिँदै आएइको छ ।
इमर्जेन्सी एक्जिट लेखिएका तीनवटै ढोकाबाट प्रवेश हुनासाथ चेकिङविना सिधै प्लेन चढ्ने ठाँउसम्म पुगिन्छ । त्यस्तै प्नेबाट झर्नासाथ सोही ढोका हुँदै निस्किए एकैपटक बाहिर आइपुगिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment