काठमाडौं– कांग्रेसभित्रको संस्थापन पक्ष मानिने महामन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको दाबेदार रहेको बताएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको निधन भएसँगै संस्थापनबाट सभापतिका लागि भरपर्दा उम्मेद्वारा नभएको भन्ने चर्चा भइरहेको बेला सिंहले यस्तो बताएका हुन् ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिका लागि आफूपनि सक्षम रहेको बताए ।
‘पार्टी सभापतिका लागि म पनि सक्षम छु, पार्टीभित्र आफूलाई मात्रै सक्षम नदेख्न आग्रह गर्न चाहन्छु ’, उनले भने ।
उनले अगाडि भने,‘अहिले रहेको प्रतिश्पर्धी भन्दा म कुनै पनि कारणले कमजोर छैन, मलाई देशभरबाट पार्टी नेतृत्व लिनको लागि कार्यकर्ताको दवाव पनि आएको छ ।
यस्तै कार्यक्रममा नेता सशांक कोइरालाले कांग्रेसमा रहेको ६०– ४० भागबण्डा अन्त्य गर्न आवश्यक रहेको बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment