Monday, February 22, 2016

नाकाबन्दीले नेपालीलाई आत्मनिर्भरताको पाठ सिकायो: खनाल

१० फागुन, झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भम्रणबाट नेपाल-भारत सम्बन्धमा सुधार आउने बताएका छन्  ।  नाकाबन्दीपछि दुई देशको सम्बन्धमा आएको असहज परिस्थित प्रधानमन्त्रीको भम्रणले अन्त्य गरिदिने उनको भनाई छ ।

आइतबार झापाको बाँहुनडाँगी-५ मा निन्दा खोला पुलको उद्घाटन कार्यक्रममा नेता खनालले प्रधानमन्त्री  ओलीको भारत भ्रमणले नेपाल-भारत सम्बन्ध पूर्ववत् अवस्थामा आउने जिकिर गरे ।

नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुनपर्ने पाठ सिकाएको भन्दै उनलेे अब प्रत्येक नेपाली उत्पादन मुलक क्षेत्रमा लाग्नुपर्ने दिन आएको धारणा राखेे ।’नाकाबन्दीबाट हामी सम्पूर्ण जनताले अत्यन्तै तितो पाठ सिक्नुपर्छ’ उहाँले भन्नुभयो, ‘हामीले आत्मनिर्भर भएर अघि बढ्नुपर्छ ।’

७० वर्षको लामो सर्घष पछि देश नवयुगमा प्रवेश गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले विकास निर्माण र आर्थिक समृद्धि अबका सरकारको मुख्य एजेण्डा हुनुपर्ने धारणा राखेे । अब सरकारले ग्रामिण क्षेत्रको विकासलाई केन्द्रमा राखेर बजेट बनाउनु सकेमात्र मुलुकले समृद्धि हासिल गर्ने उहाँको धारणा थियो ।

शान्तिनगर चुरेमार्ग पर्ने निन्दा खोला पुल ३ करोड ६३ लाख लागतमा तीन वर्षमा सम्पन्न भएको हो । पुल निर्माण पछि बाहुँनडाँगी, शान्तिनगर तथा इलामको इरौटार र जिर्मलेका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment