Monday, February 22, 2016

धादिङमा महिला र पुरुषलार्इ समान ज्याला  

११ फागुन, धादिङ । गाउँमा काम गर्दा थोरै ज्याला पाउने हुँदा महिलाको काममा न्यून सहभागिता हुने गरेकामा गैरसरकारी निकायले बराबरी ज्याला दिने नियम लागू गरेपछि अहिले सहभागिता बढ्न थालेको छ ।

गाउँमा बाटो बनाउन, सिँचाइ कुलो मर्मत गर्न, पहिरो रोकथाम गर्नका लागि उत्तरी धादिङको गाउँमा महिलाको सहभागिता बढी देखिएको हो ।

सहयात्री समाजले केयर नेपालको साझेदारीमा बसेरी, बुढाथुम, मूलपानी, फूलखर्क, आगिनचोक र सल्यानटार गाविसमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा सहभागीमध्ये महिलाको सङ्ख्या आधाभन्दा बढी रहेका समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिइन् ।

एक एक जनाका दरले काम गर्ने गरी सो कार्यक्रममा सहभागी गराइने र सबैभन्दा गरिब परिवार छानेर यस्तो कार्यक्रम गरी ज्याला उपलब्ध गराइने भएपछि महिलाको सहभागिता बढेको कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

पहिले गाउँमा पुरुषले काम गर्दा दैनिक  ५०० र महिलाले त्यही काम गर्दा  ३०० रूपैयाँ ज्याला पाउने गर्थे । सामाजिक परिचालक शोभा कोइरालाका अनुसार बाटो र कुलो मर्मत वा पहिरो रोकथामका लागि काम गर्दा महिला वा पुरुषले ५२५ रूपैयाँ ज्याला र दैनिक खाजाका लागि १७५ रूपैयाँ खर्च पाउँछन् ।

यसरी दिइने ज्यालामा समानता भएकाले महिलाको सहभागिता बढेको बुढाथुम गाविसकी सुनु नेपालीले बताइन् । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment