Monday, February 22, 2016

यस्तो छ निलम्बनको चेतावनीसहित आइसीसीले नेपाललाई पठाएको पत्र

१० फागुन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटलाई निलम्बन गर्न सक्नेे चेतावनी दिएपछि क्रिकेट समर्थकहरु आश्चर्यमा परे ।

क्रिकेट संघमा नेतृत्व विवादमा लडिरहेकाहरुले भने आईसीसीको चेतावनीलाई त्यति गम्भीर रुपमा लिएको देखिँदैन । बरु आईसीसीले पठाएको पत्रलाई आफू अुनुकुल ब्याख्या गर्ने र एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

नेतृत्व विवादले क्यान अहिले कर्मचारीको भरमा चलेको छ । तर, बैंक खाता समेत रोक्का भएकाले उनीहरुले कुनै काम गर्न सक्ने अवस्था छैन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा क्रिकेट संघको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकलाई समेत विपक्षी बनाइएको छ । सोही कारण बैंकले विवाद अन्त्य नभएसम्मका लागि खाता रोक्का गरेको पत्र सम्वद्ध पक्षलाई पठाएको छ ।

क्रिकट संघ सम्वद्ध एक अधिकारी आईसीसीको पत्रले निकासका लागि मौका दिएको बताउँछन् । ‘नेपालमा क्रिकेटको बढ्दो क्रेज, खेलाडीहरुको लगावका कारण मात्र हामीलाई आईसीसीले केही सहुलियत दिएको छ । नभए प्रतिवन्ध लागिसक्थ्यो’ उनले भने, ‘अब पनि हामीले विवाद अन्त्य गर्न सकेन भने नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्छ ।’

आईसीसीले पठाएको सो पत्रलाई बिबादसँग जोडिएका सवै पक्षले आ-आफ्नै स्वार्थमा ब्याख्या गरिरहेका छन् । निर्वाचित समिति, राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समिति र क्यानका कर्मचारीले चिठीको बिषयवस्तु र मर्मलाई फरक फरक ब्याख्या गरिरहेका छन् ।

आखिर के छ त आइसीसीले पठाएको पत्रमा ? के भनिएको सो पत्रमा ? अनि कसलाई दोष लगाइएको छ ? यिनै कौतुहलता मेट्न हामीले क्यानले पठाएको सो पत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेका छौं ।

icc-latter-to-nepal-650

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment