११ फागुन, काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री भारत जानु अघि सरकारले भारतलाई झुक्याउन मात्र राजनीतिक संयन्त्र बनाएको बताएका छन् ।
पार्टीको राष्ट्रिय कार्यसम्पादन समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महतोले संयन्त्र टिप्पणी गर्न योग्य नभएको बताए । ‘कमल थापाको नेतृत्वमा संयन्त्र बनेको छ रे के गर्ने हो थाहा छैन’ उनले भने-्भारतलाई झुक्याउनलाई बनाएको ‘षड्यन्त्र’ हो । टिप्पणी गर्न जरुरी छैन । जुन बेला संयन्त्रका रुपमा आउँछ, त्यसबेला भनौला ।’
यद्यपि राजनीतिक संयन्त्रको कार्यक्षेत्र सन्तोषजनक रुपमा आए मधेसी मोर्चाले स्वीकार गर्न सक्ने उनले बताए ।
अहिले आन्दोलनको स्वरुप मात्र परिर्वतन गरेको भन्दै महतोले यो समयको सदुपयोग गर्न र आन्दोलनका माग पुरा गर्न सरकारलाई आग्रह गरे । नभए निणर्ायक आन्दोलन गर्ने भन्दै उनले भने, अहिलेको आन्दोलनलाई टेलरका रुपमा बुझेहुन्छ । मधेस पुरै ताकताका साथ अझ लड्न तयार छ ।’
आफूहरु अहिले शक्ति संचयसँगै निणर्ायक आन्दोलनको तयारीमा जुटेको भन्दै मधेसी मोर्चाका नेता महतोले भने-आन्दोलन सकियो, जनता हार्यो भन्ने सरकारको दिमागमा रहृयो भने आन्दोलनमा होमिन बाध्य हुन्छौं । चैत मसान्ततिर मुलुक निणर्ायक आन्दोलनमा जान्छ ।’
सद्भावना पार्टीले युवा दस्ता मधेस रक्षा बाहिनी बनाउने निर्णय गरेको छ । साथै राज्य पुन संरचना आयोगको प्रतिवेदनका आधारमा मधेसमा २ प्रदेश हुने गरी सीमांकन परिर्माजन गर्न, आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता र रिहाइको माग समेत गरेको छ ।
मधेसी मोर्चाको एक घटक सद्भावनाले संसदमा नभएका दलहरुलाई पनि समावेश गरेर मोर्चालाई विस्तार गर्नु पर्ने र महागठवन्धन बनाउनु पर्नेमा जोड दिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment