Monday, February 22, 2016

वर्तमान सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको एमाओवादीको निष्कर्ष

काठमाडौं, १० फागुन । एकीकृत नेकपा माओवादी स्थायी समितिको विस्तारित बैठकले वर्तमान सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा सोमबार मध्याह्न सम्पन्न बैठकले सरकारलाई थप गतिशीलताका साथ जनपक्षीय काम गर्न सुझाव दिने निर्णय गरेको छ ।

बैठकपछि पार्टी महासचिव कृष्णबहादुर महराले सरकारको कामकारबाहीबारे समिक्षा भएको जानकारी दिए । ‘बैठकमा सरकारको कामकारबाही बारे समिक्षा भयो । समग्रमा जटिल राजनीतिक अवस्थाका कारण सरकार अफ्ठ्यारोमा छ, प्रभावकारी काम गर्न सकिरहेको छैन,’ महराले भने, ‘सरकारलाई थप गतिशील बनाउन र जनपक्षीय काम गर्न सुझाव दिने निर्णय भएको छ ।’

यद्यपी महराले एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर चलेको हल्लामा कुनै सत्यता नभएको दावी गरे । ‘समर्थन फिर्ता लिने भन्ने कुरा होइन, सरकारलाई थप गतिशीलताका साथ जनताका पक्षमा काम गर्न सुझाव दिने निर्णय भएको हो,’ महराले भने ।

साथै बैठकले प्रदेश कमिटीको विस्तारका लागि २० गते संगठनात्मक कार्यशाला गोष्टी आयोजना गर्ने पनि गरेको । सातवटै प्रदेशबाट ५-५ जना गरी ३५ जना प्रतिनिधि गोष्टीमा सहभागी हुनेछन् । गोष्टीबाट सबैको सुझाव लिएर २५ गतेपछि प्रदेश कमिटी विस्तारका लागि केन्द्रीय कार्यालयलाई जिम्मा दिने निर्णय भएको छ ।

यस्तै केही नेताहरु नयाँ शक्तिमा गएपछि जनवर्गीय संगठनहरुमा रहेका केही रिक्त स्थानमा पदपूर्तिको जिम्मा पनि केन्द्रीय कार्यालयलाई दिने निर्णय भएको महराले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment