Monday, February 22, 2016

दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने समझदारी भयोः प्रधानमन्त्री

Kp Oli१० फागुन, दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने समझदारी भएको बताएका छन् ।

तराई मधेसमा आन्दोलन चलेको बेला नेपाल र भारत सीमाको दशगजा क्षेत्र (नो म्यान ल्याण्ड)बाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको थियो ।

सोमबार दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीच दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिन सहमति भएको बताए । भारतले नेपालको संविधानलाई महत्वपूर्ण उपलब्ध भनेर स्वागत गरेको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

उनले संविधान जारी भएपछि नेपालीसँग विवाह गर्ने भारतीय महिलाले पनि नागरिकता पाइसकेको भन्दै यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।

सीमांकन विवादमा आफूहरु अहिले पनि सहमतिको प्रयासमा रहेको उनले बताए । भारतमा संविधान जारी भएको ६५ वर्ष पुग्दा समेत प्रदेशको संख्या थप्ने र घटाउने काम भइरहेको भन्दै उनले नेपालको संविधान पनि परिर्वतनीय रहेको र आश्वयकता अनुसार संशोधन गर्दै जाने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment