११ फागुन, काठमाडौं । नेकपा एमालका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका नेतालाई मात्र जिम्मेवारी दिएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले पार्टी नेताहरुलाई योग्यता र क्षमताका आधारमा भन्दा निकटताका आधारमा जिम्मेवारी दिएको आरोप नेपालले लगाएका हुन् ।
मंगलबार नेकपा एमालेको दोलखा-काठमाडौ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता नेपालले ओलीमाथि संकीर्ण विचारबाट प्रभावित नेताको रुपमा चित्रण गरे । सबैलाई समेट्नुको साटो अहिलेकै प्रवृत्तिलाई निरन्तरता दिए पार्टी नेतृत्व स्थापित हुन नसक्ने नेता नेपालको भनाई छ ।
उत्पादनमुखी काम नहुदा नेता कार्यकर्ता गलत काममा लाग्ने बताउदै नेता नेपालले सवै तहका नेता कार्यकर्तालाई उत्पादनसँग जोड्नुपर्ने विचार राखे । कार्यक्रममा नेता नेपालले एकीकृत नेकपा माओवादी लगायतका विभिन्न्ा पार्टीका कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment