१० फागुन, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम सीमा (कोटा) खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् ।
यसैगरी मन्त्रालयले आधा सिलिन्डरको निर्णय उल्ट्याउँदै अब १४.२ किलोकै भरी सिलिन्डर बेच्न दिने निर्णय गरेको छ ।
सोमबार आपूर्ति मन्त्री गणेशमान पुनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् ।
भारतीय नाकाबन्दीले बजारमा तेलको अभाव भएपछि निगमले मोटरसाइकललाई ५ लिटर र कारलाई १५ लिटरको सीमा तोकिदिएको थियो ।
‘कोटा राखेर अधितम् परिमाणत्मक बन्देज लगाउँदा एउटै उपभोक्ता दिनदिनै लाइनमा आएको पाइयो । त्यसैले अब भरी ग्यास सिलिन्डर र फूल ट्यांक पेट्रोल पाउने व्यवस्था गरेको हौं’ मन्त्री पुनले भने-‘कुल मागको ७० प्रतिशत तेल आईरहेको छ, यसैलाई उचित व्यवस्थापन गरेर वितरण हुन्छ ।’
बजारमा पेट्रोलको आपूर्ति बढ्न थालेपछि कोटा प्रणाली हटाएको मन्त्री पुनकाे भनाइ छ । मन्त्री पुनले कम्तिमा ९० दिन र अधिकतम १ सय २० दिनलाई पुग्ने गरी पुग्नेगरी तेलको भण्डारण बढाउन लागिएको जानकारी पनि दिए । त्यसका लागि ठोस प्रस्ताव मन्त्रिपरिषदमा लैजाने उनले बताए ।
निगमले अहिले काठमाडौं उपत्यकामा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल वितरण गरिरहेको छ । जसले गर्दा केही दिनमा आपूर्ति सहज हुने विश्वास सरकारको छ ।
आपूर्ति मन्त्रालयले अनावश्यक रुपमा पेट्रोलियम भण्डारण नगर्न र कालोबजारीमा संलग्न नहुन पनि सबैलाई आग्रह गरेको छ ।
ग्यासको वितरण प्रभावकारी बनाउन ‘ग्यास कन्ट्रोल रुम’लाई थप सशक्त बनाउने योजना पनि मन्त्री पुनले सुनाए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment