Monday, February 22, 2016

एमाले अखिलमा माधव नेपाल गुट हार्नुका ४ कारण

११ फागुन, काठमाडौं । एमाले समर्थित अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनमा दीपक गौतमले नेतृत्व गरेको माधव नेपाल गुट पराजीत भएको छ भने नवीना लामाले नेतृत्व गरेको केपी ओली गुट विजयी भएको छ । आखिर दीपक गौतम समूह किन हार्‍यो ? एमालेनिकट नेताहरु यसका पछाडि ४ कारण रहेको बताउँछन् ।

पहिलो कारणः माधव पक्षको कमजोर पकड

एमालेभित्र संगठनात्मक पकडका हिसाबले केपी ओली समूह निकै बलियो मानिन्छ, जसको तुलनामा माधव नेपालपक्ष कमजोर छ । यही कारणले गर्दा विद्यार्थी संगठनमा पनि त्यसको ‘रिफ्लेक्सन’ का रुपमा संस्थापन पक्षले जित्नु र माधव नेपाल पक्षले हार्नु कुनै अनौठो नतिजा नै नभएको ओलीपक्षका नेताहरुको तर्क छ ।

यो स्वाभाविक परिणाम हो र यसले पार्टीभित्र माधव नेपाल पक्षको कमजोरीलाई उजागर गरिदिएको उनीहरु बताउँछन् ।

दोस्रो कारणः आफ्नै गुटभित्रको लफडा

uml student union (3)
राष्ट्रिय सम्मेलनमा माधव नेपाल गुटभित्रै आपसी झगडा देखियो । उम्मेद्वार छनोटमा पनि यसको प्रभाव पर्‍यो । बन्दशत्र सुरु भइसक्दा पनि माधव नेपाल पक्षले उम्मेद्वारको टुंगो लगाउन नसक्नुका पछाडि नेपाल पक्षकै नेताहरुको गुटबन्दी मुख्य कारण थियो ।

योगेश भट्टराईले आफ्ना मान्छेलाई अघि सार्ने र राजेन्द्र राईले आफ्नो मान्छेलाई अघि सार्न खोज्ने गरिरहँदा दीपक गौतम पक्ष अलमलमा पर्‍यो । साथै घनश्याम भुसालको ‘स्कुल अफ थट’ लाई समर्थन गर्ने विद्यार्थी नेताहरुको अर्को उपगुटले पनि ढीलोसम्म भागवण्डा मिल्न सकेन ।

नविना लामा पक्षले भने बेलैमा उम्मेद्वारहरुको टुंगो लगायो, जसले गर्दा ऊ बेलैमा प्रचार-प्रसारमा केन्द्रित हुन पायो । तर, गौतम पक्षचाँहि ‘पल्टनियाँ आइसके, खानादाना तयार छैन’ भनेजस्तो बन्दशत्र सुरु भइसक्दा बल्ल उम्मेद्वार छान्दै थियो ।

तेस्रो कारणः अस्वस्थ प्रतिस्पर्धा

Ain Mahar and Abdul

हुन त चुनावमा हार्ने पक्षले धाँधली एवं अस्वस्थ प्रतिपर्धा भएको बताउनु नेपालमा नौलो होइन । गौतम पक्षले सम्मलेनमा अस्वस्थ प्रतिस्पर्धा भएको आरोप लगाएको छ । सम्मेलनका बेला संस्थापन पक्षका महासचिवका उम्मेवार ऐन महरले माधव नेपाल पक्षका प्रतिद्वन्द्वी अब्दुल खानलाई हतियार देखाएको र धम्क्याएको भन्दै प्रहरीसँग हार गुहारसमेत गरियो । संस्थापन पक्षको पिटाइ खाएर केही घाइतेसमेत भएको चर्चा चल्यो ।

मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरु धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा पुर्‍याएपछि पनि लफडा भयो । कृष्णगोपाल श्रेष्ठले मतपेटिका ताला लगाएर राति विद्यार्थीहरुलाई घर जान भनेपछि नेपाल पक्षका कार्यकर्ताले रातभरि रुङेर बस्ने भन्दै आपत्ति जनाए ।

मतदान पनि राति भयो र मतगणना पनि राति नै सुरु भयो । मतदातासम्बन्धी विवाद मिलाउन नसक्दा दुईदिनसम्म बन्दसत्र लम्बियो ।

त्यसैगरी दुबै पक्षले आर्थिक चलखेल र फजुल खर्च गरेको चर्चासमेत चल्यो । यी सबै परिघटनाले सम्मेलनमा अस्वस्थ प्रतिपर्धा एवं अलोकतान्त्रिक संस्कार देखिएको हार्ने पक्षको गुनासोलाई निराधार मान्ने ठाउँ रहेन । यस्तो गठबडीलाई चिर्न नसक्दा गौतमपक्ष पछि पर्‍यो । तथापि सामान्य गुनासोबाहेक नेतृत्व चयनमा धाँधली नै भएको भन्ने प्रमाणचाँहि गौतम पक्षले प्रस्तुत गर्न सकेको छैन ।

चौथो कारणः नवीना र दीपकको नैतिक पक्ष

Nabina and Dipak

चुनावमा अपनाइने रणनीति र चातुर्यले भूमिका खेल्ने भए पनि चुनाव जित्नका लागि उम्मेद्वारहरुको छविले पनि भूमिका खेल्छ । र, अखिलको चुनावमा दीपक र नवीनाको फरक व्यक्तित्वले पनि काम गरेको एमाले निकट नेताहरु बताउँछन् ।

नवीनामा सरल एवं सोझोपन भएता पनि उनी गौतमको तुलनामा इमान्दार थिइन् । गौतम विगतमा डनहरुको संगतमा परेको र अनुशासनको कारवाहीमा समेत परेका नेता हुन् । गौतमको यस्तो प्रकारको ‘फौजदारी विगत’ले उनलाई चुनावमा हार्न मद्दत गरेको कतिपयको विश्लेषण छ । नविना संगठनभित्र विवादमा नपरेकी नेतृ हुन् । र, अखिलमा उनको निरन्तरता र लगनशीलता निकै लामो थियो । लोकपि्रयताको हिसाबले पनि उनी गौतमभन्दा निकै अगाडि थिइन् ।

नवीना महिला हुनु र जनजाति पृष्ठभूमिकी नेतृ हुनुले पनि उनको जीतका लागि थप बल मिल्यो । यो सहानुभूति गौतमले चाहेर पनि बटुल्ने स्थिति थिएन ।

तथापि अखिलको चुनावमा राम्रो र संघर्षशील छवि हुँदाहुँदै पनि पराजीत हुने विद्यार्थी नेताहरुमा उपाध्यक्ष राधिका खतिवडा, महासचिव अब्दुल खान लगायतका नेताहरु छन्, जसलाई नेतृत्वबाट गुमाउनु अखिलका लागि क्षति मान्न सकिने एमालेभित्रको बुझाइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment