राम ढुंगाना, दुबई
रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपाली चलचित्रप्रेमी लक्षित गर्दै यहाँका सिनेमा हलमा साप्ताहिक रुपमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ ।
नेपाली चलचित्रका पारखीहरुले यूएईभरी सञ्जाल रहेको भक्स सिनेमाका करिब ८५ वटा पर्दाहरुमा हरेक शुक्रबार र शनिबार नेपाली चलचित्र हर्न पाउनेछन् ।
आगामी मार्च ११ तारिकदेखि प्रत्येक शुक्रबार र शनिबार नेपाली चलचित्र दुबई र अबुधाबीका हलमा प्रदर्शन हुने नेपाली चलचित्रमा कलरिस्टका रुपमा स्थापित सुदिप श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको पहलमा गत जनवरी ३१ मा युएईको भक्स सिनेमा प्रालिसँग व्यावसायिक सम्झौता भएसँगै अब नेपाली चलचित्र युएईमा साप्ताहिक रुपमा प्रदर्शनी पक्कापक्की भएको हो ।
सुविधा सम्पन्न अत्याधुनिक चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन हुने भएपछि नेपाली दर्शकमा खुसियाली छाएको छ । नेपाली चलचित्र नियमित प्रदर्शनका लागि जनवरी ३१ मा युएईको भक्स सिनेमा प्रालिसँग व्यावसायिक सम्झौता भएको हो । भक्स सिनेमाको विभिन्न १३ स्थानमा रहेको ७ दर्जन बढी पर्दामा अब एकसाथ नेपाली चलचित्र हेर्न सकिने छ भने हलिउड र बलिउड चलचित्रको बीचमा नेपाली चलचित्रहरुका ट्रेलर समेत प्रदर्शन गरिने सम्झौता भएको छ ।
मध्यपूर्वी राष्ट्रहरुमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शनका लागि आधिकारिक सम्झौता भएको श्रेष्ठले दावी गरेका छन् ।
यूएईबाट नेपाली चलचित्र प्रदर्शनको विधिवत् सुरुवात हुने भएको जनाउँदै कलरिस्ट श्रेष्ठले अब नेपाली चलचित्रप्रेमी दर्शकका लागि नयाँनयाँ चलचित्रहरुको यूएईमै पि्रमियर गरिने बताएका छन् ।
उक्त सम्झौता अनुरुप गत फेब्रुवरी १५ तारिक देरास्थित सिटीसेन्टरको भक्स सिनेमामा नेपाली चलचित्र कबड्डी कबड्डीको विशेष प्रदर्शनी सम्पन्न पनि भएको एभरेस्ट मिडिया एलएलसीका मुनाल शिशिर कोइरालाले जानकारी दिए ।
एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, समाजसेवी सालिक सुवेदी, अन्तर्राष्ट्रिय कलाकार समाजका कोषाध्यक्ष लक्ष्मण दियाली, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोइराला लगायत दुई दर्जन सामाजिक ब्यक्तित्वहरुको उपस्तिथिमा नेपालि चलचित्र कबड्डी कबड्डीको विशेष शो सम्पन्न भएको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment