Monday, February 22, 2016

भूकम्पप्रभावित बालबालिकालाई ४ हजार भत्ता

११ फागुन, काठमाडौं । सरकारले भूकम्पप्रभावित ११ जिल्लाका ६ वर्षमुनिका सबिै बालबालिकालाई ४ हजार रुपैयाँका दरले भत्ता दिने चयारी थालेको छ ।

केन्द्रीय पञ्जीकरण प्राधिकरण विभागले ती जिल्लाहरुका २ लाख ४० हजार बालबालिकाकालाई भत्ता दिने तयारी गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषको सहयोगमा भत्ता वितरण गर्न लागिएको विभागका महानिर्देशक बसन्तराज गौतमले बताए । गौतमका अनुसार गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप,सिन्धुली, मकवानपूर र ओखलढुंगाका बालबालिकालाई भत्ता वितरण गरिने छ ।

भूकम्प अतिप्रभावितमा पर्ने काठमाडौं, भक्तपुर र ललितपुरमा भने भत्ता बाँडिने छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment