Monday, February 22, 2016

प्रचण्डको चेतावनीपूर्ण सहकार्य प्रस्ताव– ‘एमालेसँग ५०–५० को तालमेल हुन्छ, नत्र …’

काठमाडौं, १० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसँग ५०–५० को तालमेल हुने जिकिर गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘इतिहासबाट सिकेर एमालेले एमाओवादीसँग ५०–५० प्रतिशत साझेदारी गर्नेछ, नत्र अर्कै गरिन्छ ।’ अध्यक्ष प्रचण्डले चेतावनीपूर्वक नत्र अर्कै गरिन्छ भने पनि के गर्ने भन्ने बारेमा खुलाएनन् ।

पहिलो निर्वाचनमा एमालेसँग साझेदारीको प्रस्ताव राख्दा एमालेले अस्वीकार गरेको र दोस्रो चुनावमा एमाओवादीले नमानेको उनले खुलाए । ‘पहिलो चुनावमा एमालेले मानेन, काठमाडौंको १६औं निर्वाचन क्षेत्रमा मात्र सहकार्य हुन्छ भन्ने कुरा आयो,’ उनले भने, ‘दोस्रो निर्वाचनमा हामीले मानेनौं ।’

अब एमाले र एमाओवादी दुवैले हार र जीत दुवै भोगिसकेकोले आगामी निर्वाचनमा ५०–५० को साझेदारी हुनुपर्ने उनले बताए । एमाले साझेदारी गर्न तयार नभए ‘अर्कै गरेर देखाइदिने’ भने पनि के गरेर देखाउने बारे उनले खुलाएनन् ।

साझेदारी गरेरै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा गरेपनि अहिलेको दोस्रो ठूलो दल एमालेले एमाओवादीलाई सबैभन्दा ठूलो दल बनाउने गरी कसरी साझेदारी गर्छ भन्ने कुरा प्रचण्डले कार्यकर्तालाई खुलाएनन् ।

देशभरीमा आउँदा निर्वाचनहरुमा उम्मेदवार मात्र ५९ हजार चाहिने भन्दै एमाओवादीसँग त्यति त उम्मेदवार नै नभएको संकेत गर्दै उनले आउँदो चुनावमा एमालेसँगको सहकार्यमा जोड दिए । वैद्य माओवादीसँगको एकताको जोड एमालेसँग ५०–५० को ‘बार्गेनिङ’को लागि भएको टिप्पणी भइरहेको उनले यस्तो कुरा बताएका हुन् ।

प्रचण्डले माओवादीहरुसँग मात्रै नभएर सबै सच्चा कम्युनिष्टहरुसँग एकता गरिने बताए । उनले वैद्य माओवादीसँग तत्काल एकता हुने जिकिर गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment