Monday, February 22, 2016

१२.६४ अर्ब ऋण नतिरी बोनस जम्मा गर्दै निगम

११ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेपनि नेपाल आयल निगमले घटाएको छैन ।

पुरानो ऋण तिर्ने नाउँमा उसले पेट्रोल, डिजेल र मटितेलमा उच्च नाफा राखेर बोनस खातामा रकम जम्मा गरिरहेको आजको कारोबार दैनिकमा समाचार छ । यसको मार सबैतिरबाट उपभोक्तालाई परेको छ ।

निगमले सरकारसँग लिए०को १२ अर्ब ६४ करोड ऋण पूरै भुक्तानी नगर्दासम्म बोनस बाँड्न नपाउने भएकाले गत वर्ष र चालू आवका ६ महिनाको नाफबाट १० प्रतिशत रकम बोनस शीर्षकमा छुट्याएर राखेको छ । निगमले ऋण चुक्ता गर्ने बित्तिकै यो बोनस बाँडिनेछ ।

निगम श्रोतको दावी अनुसार ऋण यही वर्षभित्र चुक्ता हुने सम्भावना छ । त्यसपछि कर्मचारीको खातामा लाखौं रकम जम्मा हुने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment