Monday, February 22, 2016

ट्राफिक चेक जाँचमा कडाइ गरिएपछि दुर्घटनामा कमी

११ फागुन, चितवन । ट्राफिक जनचेतना र चेक जाँचमा कडाइ गरिएसँगै गत सात महिनामा चितवनमा दुर्घटनाको सङ्ख्यामा निकै कमी आएको छ । जसका कारण दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्यासमेत घटेको छ ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्षको साउनदेखि माघसम्ममा १२३ वटा दुर्घटना भई ५६ जनाको मृत्यु भएको थियो । तर यस वर्षको सोही अवधिमा ७९ वटा दुर्घटना भई ३६ जनाको मृत्यु भएको छ ।

गत वर्षको सात महिनामा भएका दुर्घटनामा २०५ जना घाइते भएका थिए भने यस वर्ष ६१ जनामात्र घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनामा पनि निकै कमी आएको पाइएको छ । कार्यालयले यस वर्षको माघसम्ममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका एक हजार २०१ जनालाई कारबाहीसहित ट्राफिक सचेतना कक्षा लिएको छ । गत वर्षभरिमा एक हजार १६८ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटुवालका अनुसार ट्राफिक सचेतनासँगै मापसे र अन्य चेकजाँचका कारण दुर्घटनामा कमी आएको हो ।

कार्यालयले गएको सात महिनामा ४०० विद्यार्थी, २५० जना नेपाली सेना, सवारी धनी, चालक र परिचालक गरी ७२० जनालाई ट्राफिक सचेतना कार्यक्रममार्फत प्रशिक्षणसमेत दिएको छ । यसका अतिरित्त मापसे कारबाहीका क्रममा पक्राउ परेका एक हजार २०१ जनालाई पनि यो कक्षा दिइएको भेटुवालले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment